तस्करीको कपडा ट्रान्सपोर्टमा : अवैध कपडालाई वैधानिक पार्न भ्याट बिलको प्रयोग

 न्यूज विराट
तस्करीको कपडा ट्रान्सपोर्टमा : अवैध कपडालाई वैधानिक पार्न भ्याट बिलको प्रयोग

विराटनगर । भारतदेखि तस्करी गरेर ल्याइएको कपडाको भ्याट बिल असम्बन्धित फार्मले काटिदिने गरेको पाइएको छ ।
राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले विराटनगर महानगरपालिका–८ मा रहेको जेबी ट्रान्सपोर्टमा छापा हानेको ठूलो परिमाणमा तस्करीको कपडा बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
तस्करसँग मिलेर भारतदेखि अवैध रुपमा भन्सार लगि गरिको लत्ता कपडाको स्थानीय गर्मेट उद्योगबाट खरिद गरेर ल्याएको भन्दै विराटनगरको कृष्ण ट्रेडर्स र ग्लोबल ट्रेडर्सले भ्याट बिल काटिदिएने गरेको पाइएको छ । उनीहरुले तस्करीको कपडालाई बैध बनाउन बिल काटेबापत निश्चित रकम पाउने गरेका छन् । बिल बेचेबापत ५ सयदेखि १ हजार रूपैयाँसम्म लिने गरेको पाइएको राजस्वले जनाएको छ ।
तस्करीको कपडा रहेको सूचनाका आधारमा राजस्वका अधिकृत सरोज कोइराला नेतृत्वको टोलीले शुक्रबार दिउँसो जेबी ट्रान्सपोर्टमा छापा हानेर २७ बोरा कपडा बरामद गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए ।

काठमाडौं पठाउन ठिक्क पारिएको कुर्त सलवारलगायतका कपडा बरामद गरिएको उनले बताए । बरामद गरिएका कपडा भारतबाट भन्सार छली गरी तस्करी गरेर विराटनगर ल्याइएको राजस्वको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बरामद गरिएकामध्ये २३ बोरा कपडाको कृष्ण ट्रेडर्स र ४ बोराको ग्लोबल ट्रेडर्सले भ्याट बिल काटिदिएको पाइएको लुइँटेल बताए । ‘व्यापारिक कारोबार गर्ने उद्देश्यले दर्ता गरिएका फार्ममार्फत भ्याट बिल काटेर कपडाको तस्करी गर्ने गरेको पाइयो,’ उनले भने, ‘कृष्ण र ग्लोबल ट्रेडर्सले भ्याट बिल मात्रै काटिदिँदा रहेछन् ।’
दुवै फार्मले कपडाको कारोबार, खरिद, बिक्री भने नगर्ने गरेको पाइएको छ । ‘भ्याट बिल र भीसीटीएसको बिल बनाउँदा रहेछन् । तस्करीको कपडालाई वैधानिक देखाउन मात्रै बिल काट्ने गरेको पाइयो,’ उनले भने, ‘दुवै फार्म कपडाको कारोबारमा कतै जोडिदैनन् । बिल चैं बेच्ने गरेको खुलेको छ ।’

राजस्वका अनुसार दुवै फार्मबाट भ्याट र भीसीटीएसको बिल काटेर जेबी ट्रान्सपोर्टमार्फत कपडा काठमाडौं पठाउन लागिएको थियो ।

कृष्ण ट्रेडर्स विराटनगर–१४ र ग्लोबल ट्रेडर्स विराटनगर–९ मा छ । राजस्वको टोलीले कृष्णका संचालक सुव्रत देलाई पक्राउ गरेको छ । देसँग मिलेर कपडा तस्करी गर्ने ओमप्रकाश साह र मनिष चौधरीलाई पनि राजस्वको टोलीले नियन्त्रणमा लिएको थियो ।
देलाई थुनामा राखेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको बताउँदै लुइँटेलले साह र चौधरीलाई सोधपुछ गरेर खोजेका बेला उपस्थित हुने गरी छाडिएको जानकारी दिए । उनका अनुसार तस्करीमा संलग्न भनिएका गणेश साह र शंकर साह फरार छन् ।
ग्लोबल ट्रेडर्सका सञ्चालक मञ्जर आलम पनि फरार छन् । राजस्वको टोलीले जेबी ट्रान्सपोर्टमा छापा हानेर कृष्ण ट्रेडर्सका संचालकलाई पक्राउ गरेको थाहा पाएपछि मोबाइल अफ गरेर मञ्जर भागेको अधिकृत लुइँटेलको भनाइ छ । उनका अनुसार फरार भएकाको खोजी भइरहेको छ ।
बरामद गरिएको कपडा अन्दाजी लाखौं मुल्य बरावरको रहेको रहेको बताइएको छ । ‘कपडाका पोका खोल्न बाँकी छ । खोलेर मूल्यांकन गरेपछि वास्तविक मूल्य थाहा हुन्छ । थप अनुसन्धान भइरहेको छ,’ लुइँटेलले भने ।
उनका अनुसार कपडाको तस्करी गरिरहेका राजकुमार रौनियारको गोदाममा पनि यसअघि छापा हानिएको थियो । विराटनगर भन्सार कार्यालयका एजेन्टसमेत रहेका रौनियारको कपडासहितको ट्याक्टर राजस्वले नियन्त्रणमा लिइएको थियो । रौनियार नामुद कपडा तस्कर रहेको राजस्वले जनाएको छ ।

सम्बन्धित समाचार

पद चाहिने भए महाधिवेशन कुर्नुपर्छ : गोकुल बाँस्कोटा

नेकपाका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिने पार्टीको आउँदो महाधिवेशन कुर्न आग्रह गरेका छन् । उनले शुक्रबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१, सापिङस्थित रिट्ठेमा आज सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे भवनको उद्घाटनका क्रममा नेकपामा पदको...

कोरोनामुक्त भइन् अभिनेत्री निरिशा

काठमाडौं, ७ असार-अभिनेत्री निरिशा बस्नेत कोरोनामुक्त भएकी छन् । २ सातादेखि भारतको एउटा अस्पतालमा उपचारत उनले कोरोनालाई जितेकी हुन् । अहिले उनी कोरोनामुक्त भएर घर फर्किसकेकी छन् । मुम्बईमा रहेकी निरिशाले स्वस्थ्यमा समस्या आएपछि कोरोना...

बुद्धोदय सहकारीको मुनाफा २४ लाख ३७ हजार

विराटनगर । विराटनगर – ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. को आर्थिक वर्ष २०७९/ ०८० मा २४ लाख ३७ हजार ७ य ७२ रुपैयाँ मुनाफा गरेको छ ।विराटनगरमा सोमबार भएको सहकारीको...

प्रदेश १ : कोरोना रोकथाम र नियन्त्रणमा भएको खर्च सार्बजनिक

विराटनगर, असार ९–प्रदेश–१ को सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिक गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सोमबारको प्रदेश सभा वैठक अबरुद्ध पारेपछि प्रदेश सरकारले खर्च विवरण...

सुम्निमा स्कुलको क्याप्टेनमा सुशान्त र भाइस क्याप्टेनमा सृष्टि

विराटनगर । विराटनगर ११ पिचरास्थित सुम्निमा बोर्डिङ स्कुलमा स्कुल क्याप्टेन र भाइस क्याप्टेन निर्वाचनबाट चयन गरेको छ ।स्कुलमा अध्ययरत विद्यार्थीहरुले मतदान गरी स्कुल क्याप्टेन र भाइस क्याप्टेन निर्वाचनबाट चयन गरेका हुन् । स्कुल क्याप्टेनमा सुशान्त...

कोरोना भाइरसविरुद्ध मिलेर लडौँः मोदी

काठमाडौं, चैत २–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा अहिले सार्कमा आवद्ध मुलुकका सरकार प्रमुख भिडियो कन्फ्रेन्सिङ मार्फत छलफल गरेका छन् । छलफल कार्यक्रम मोदीले नै सञ्चालन गरेका छन् । सम्बोधनका क्रममा मोदीले कोरोना भाइरसविरूद्ध मिलेर अघि...

विराटनगरमा ३६ करोड सामाजिक सुरक्षा भत्ता वितरण

विराटनगर, १५ साउन-विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा सामाजिक सुरक्षा भत्ताबापत ३५ करोड ७३ लाख ३८ हजार ९ सय रुपैयाँ वितरण गरेको छ । महानगरपालिकाले पहिलो चौमासिक भत्ताअन्तर्गत अशक्त ३ सय ७ जनालाई १९...

‘प्रधानमन्त्री सत्ताको खेलमा, जनता कोरोनाको सन्त्रासमा’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले लकडाउनको समयमा पनि सरकारको कामप्रति भएको विरोध बुझ्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा ट्वीटरमा सरकारको काममा हजारौँले कालो झण्डा देखाएको हेर्न पनि प्रधानमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्