कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

 न्यूज विराट
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरीएको थियो । सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काँग्रेस सहभागी भएको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोश्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ताघटक काँग्रेसका २९ सांसद रहेका छन् । कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । गत बैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक बैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

सम्बन्धित समाचार

विराटनगरमा पहिलो पटक ट्राफिक लाइट संचालनमा , दुर्घटना न्यूनिकरण हुने अपेक्षा

विराटनगर । विराटनगरमा पहिलोपटक ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ । विराटनगरको बरगाछी चोकमा जडान गरिएको ट्राफिक लाइट औपचारिक कार्यक्रम आयोजना गरी सोमबारदेखि संचालनमा ल्याएको हो । उक्त लाइटको उद्घाटन आन्तरिक मामिला तथा कानुन...

पूर्वमन्त्री आलमको घरमा मध्यराती प्रहरीको छापा

जनकपुर, ८ जेठ-पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले खानतलासी गरेको छ । राजपुर बमकाण्डका अभियुक्त रहेका आलम अहिले काठमाडौंस्थित नख्खु कारागारमा रहेका छन् । सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राती...

संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन: उपेन्द्र यादव

जनकपुर, माघ २७–समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अभ्यासरत संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासंघले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालालाई...

भारतमा एकै दिन ६ सय ८१ जना कोरोना संक्रमितको मृत्यु

एजेन्सी, साउन ५ भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४ सय २५...

थारू कल्याणकारिणीमा विवाद : निर्वाचन रोक्न माग

विराटनगर । थारु कल्याणकारिणी सभा मोरङले विधान विपरीत हुन लागेको निर्वाचन रोक्न माग गरेको छ ।थारु कल्याणकारिणी सभा मोरङले शुक्रबार एक विज्ञाप्ती जारी गर्दै यस्तो माग राखेको हो । निर्वाचन मण्डलीले एक पक्षीय रुपमा थारु...

पूर्वराजाप्रति देउवा आक्रोशित, शासन गर्ने मन भए चुनाव लड्न चुनौती

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रबाट दसैँका अवसरमा व्यक्त भएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । देउवाले पूर्वराजालाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने मन भए चुनाव लड्न चुनौती दिएका छन् । गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना...

आजदेखि बडादसैं समापन हुँदै

काठमाडौं, १४ कात्तिक-धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैं समापन हुँदैछ ।  आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष...

विराटनगर महानगरको बजेट तीन अर्ब ६२ करोड

विराटनगर, १० असार । विराटनगर महानगरपालिका नगर सभाको १० औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक भएको छ । आगामी आर्थिक वर्षमा कुल रु.तीन अर्ब ६२ करोड ५५ लाख ६७ व्यय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्