चोरीको पेट्रोलिय पदार्थ महासचिब कार्कीको पम्पमा : संचालक रुद्रा कार्की सम्र्पकविहीन, ट्याङकर चालक प्रहरी नियन्त्रणमा

 न्यूज विराट
चोरीको पेट्रोलिय पदार्थ महासचिब कार्कीको पम्पमा  : संचालक रुद्रा कार्की सम्र्पकविहीन, ट्याङकर चालक प्रहरी नियन्त्रणमा

विराटनगर । चोरीको पेट्रोलिय पदार्थ पेट्रोलिय डिलर्स एसोसेसन कोशीको महासचिब रूद्र कार्कीले संचालन गरेको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित राउल एण्ड निसम पेट्रोल पम्पले खरिद गरेको पाइएको छ । ट्याङक चालकसँग मिलेर उक्त पेट्रोल पम्पले चोरीको डिजेल खरिद गरेको पाइएको हो ।


आयल निगमबाट निस्किएको को १ ख ७६६८ नम्बरको ट्याङक चालकले राउल एण्ड निसम पेट्रोल पम्पमा चोरी गरेर पेट्रोलिय पदार्थ रातीको समयमा विक्री वितरण गर्ने गरेको सूचना संचारकर्मीहरुलाई आएको थियो । बिहीबार राती ८ बजे सो पेट्रोल पम्पमा संचारकर्र्मीसहित प्रहरीको टोली पुग्दा ट्याङकर चालक उर्लाबारीको झारसाधी घर भएका २९ वर्षीय सवर्ण माझिले राउल एण्ड निसम पेट्रोल पम्पमा डिजेल अनलोड गरेर निस्किए । त्यसपछि प्रहरीले उक्त ट्याङकर नियन्त्रणमा लिएर नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरका प्रमुख नवविनोद पोखरेललाई खबर गयो । निगमका सहायक प्रबन्धक सन्जय दाहालसहितको प्राविधिकले टोलीले परीक्षण गर्दा ६५८ लिटर डिजेल ट्याक्टरको तीन नम्बर च्याम्बरबाट झिकेर राउल एण्ड निसम पेट्रोल पम्पमा विक्री गरेको पाइएको छ ।

‘पाँच वटा च्याम्बर भएको ट्याङकर डिपोबाट दिउँसो चेक गरेर पठाउँदा एउटा च्याम्बरमा १४०.३ सेन्टिमिटर डिजेल थियो । तीन नम्बर चेम्पर परीक्षण गर्दा ११७.२ सेन्टिमिटर आयो । १४०.३ सेन्टिमिटर तेल हुनुपर्ने हो । ३ नम्बर च्याम्बरबाट २३ सेन्टिमिटर अर्थात ६५८ लिटर तेल हराएको पाइएको छ,’ जिल्ला प्रहरी कार्यालय मोरङमा शुक्रबार परीक्षण गरेपछि निगमको सहायक प्रबन्धक कार्कीले भने ।

प्रहरीको अनुसार बुढीगंगा गाउँपालिका ३ स्थित दुगड एक्स्पाइसेजमा आयल निगमले पठाएको तेल चोरी भएको बताएको छ । आयल निगमबाट बिहीबार दिउँसो पाँच वटा पेट्रोल पम्पको पेट्रोलियम पदार्थ बोकेर ढालिवाल रोडलाइन्स नाममा रहेको ट्याङकरले बोकेर हिडेको थियो । जसमा दुहबीको पाथिभारा पेट्रोल पम्प, बाँसवारीको एसिया फ्यिुल, विराटनगरको डिविजया पेट्रोल पम्प, झोराहाटको न्यू कान्तिपुर पेट्रोल पम्प र दुगड एक्स्पाइसेजको डिजेल पम्पसम्म पुर्याउनुपर्ने थियो । एसिया, डिविजया र कान्तिपुरको पेट्रोलपमा डिजेल पुर्याएपछि ६५८ लिटर डिजेल ट्याङकरको ३ नम्बर च्याम्बरबाट झिकेको पाइएको हो । दुहबीको पाथिभारा पेट्रोल पम्पमा पठाएको तेलको च्याम्बरको परिमाण ठिक भएपनि दुगडमा पठाएको च्याम्बरबाट तेल चोरी भएको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले बताए । चालकलाई नियन्त्रणमा लिएर मुद्दाको प्रक्रिया अगाडी बढेको उनले बताए । ‘अहिले चालक मात्रै नियन्त्रणमा रहेका छन् । थप अनुसन्धानपछि पेट्रोलिय पदार्थ खरिद गर्नेलाई पनि कारवाहीको दायरमा ल्याउनेछौं,’ उनले भने, ‘चोरीमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडी बढनेछ ।’

पेट्रोल पम्प संचालक कार्कीलाई पनि प्रहरीले तेल मापन गर्ने समयमा खबर गरेको थियो । एकछिनमा आउछु भनेको कार्की पछि मोवाइल आफ गरेर सम्र्पकविहनी भएको प्रहरीले जनाएको छ ।
यता नेपाल आयल निगम कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख नवविनोद पोखरेलले ढुवानीकर्ताले सम्बन्धी पम्पसम्म नपुर्याइ बिच बाटोबाट पेट्रोलिय पद्धार्थ निकालेको पाएपछि यस घटनाको अनुसन्धान प्रहरीले गर्ने बताए । ‘प्रहरीले गरेको अनुसन्धानपछि चोरी देखिए प्रहरीले कारवाहीको प्रक्रिया अगाडी बढाउने हो । अन्य केही भए हामीलाई पत्र पठाएपछि थप प्रक्रिया हामी पर्ने गर्नेछौ,’ उनले भने ।
महासचिव कार्कीले संचालन गरेको पेट्रोल पम्पले यसरी नै अयन्त्र पठाएको पम्पको पेट्रोलिय पदार्थ चालकसँग मिलेर खरिद गर्ने गरेको स्रोतको दाबी छ । यसअघि पनि पटक पटक उक्त पम्पले चोरीको पेट्रोलिय पदार्थ खरिद गरेका थिए ।

सम्बन्धित समाचार

प्रदेश-१ मा ८ हजारमा कोरोना परीक्षण

मोरङ, २३ वैशाख-प्रदेश-१ मा द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने परीक्षणबाट आजसम्म ८ हजार ३५ जनाको नमुना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ...

बजेटका कमजोरी सच्याउने मुख्यमन्त्री राईको प्रतिबद्धता

विराटनगर,  १७ असार-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा केही कमजोरी रहेको हुन सक्ने स्वीकार गरेका छन् ।आगामी दिनमा ती कमजोरी सच्याउने दिशामा आफू केन्द्रित भएको उनले बताए । प्रतिपक्षी...

तेस्रो पटक सांसद चुनिए अमनलाल मोदी

विराटनगर । मोरङको क्षेत्र नं. ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मतका साथ बाजी मारेका छन् । उनका प्रतिस्पर्धी नेकपा...

प्रिमियर लिगका खेलाडीलाई सानो समूह बनाएर प्रशिक्षण गर्न दिने तयारी

एजेन्सी, जेठ ५-इंग्लिस प्रिमियर लिगका क्लबहरूले यस सातादेखि आफ्ना खेलाडीहरूलाई सानो समूहमा प्रशिक्षणका लागि स्वीकृति दिने तयारी गरेका छन् । हालसम्म खेलाडीहरूले एक्लै प्रशिक्षण गर्दै आएका छन् । आगामी १२ जुनदेखि प्रिमियर लिग सुरु गर्ने...

सुर्खेतमा भारतबाट आएका १ युवकको  मृत्यु

सुर्खेत, १४ जेठ-सुर्खेतमा भारतको गुजरातबाट आएका १ युवकको मृत्यु भएको छ । ५ दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल भर्ना गरिएको र मंगलबार राती मृत्यु भएको प्रदेश अस्पताल...

तिन थान भरुवा बन्दुक सहित तिन जना पक्राउ

विराटनगर, १२ असार । तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्के स्थितबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६...

प्रदेश १ मा आज संक्रमण पुष्टि भएका भन्दा डिस्चार्ज हुने बढी

विराटनगर, ७ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा चार सय ६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ६२, सुनसरीमा एक सय ३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा चार, तेहथुममा तीन, धनकुटा र...

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

विराटनगर, ५ भदौ-विराटनगर–६ सरोचियास्थित ४५ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । घरकै होम आईशोलेशन बसेका संक्रमित पुरुषको बिहीबार राती ८ बजे मृत्यु भएको हो । भदौ ३ गते मृतक पुरुषलाई कोरोना संक्रमण पुष्टि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्