नेपाल खेलकुद महासंघ दुहवी नगर कमिटी गठन, अध्यक्षमा धिरज राई

 न्यूज विराट
नेपाल खेलकुद महासंघ दुहवी नगर कमिटी गठन, अध्यक्षमा धिरज राई

विराटनगर । नेपाल खेलकुद महासंघ दुहवी नगर कमिटीको अध्यक्षमा धिरज राई निर्वाचित भएका छन् । दुहवीमा मंगगलबार सम्पन्न नगर कमिटीको दोस्रो अधिवेशनबाट राई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

कमिटिको उपाध्यक्षमा सहवाज आलम, रचना राई , सचिवमा अनुज कट्वाल , उपसचिवमा आशु मण्डल , अनिता राई र कोषाध्यक्षमा आशिष कुमार तब्दार रहेका छन् ।

दोस्रो नगर अधिवेशको उद्धाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले खेलकुद क्षेत्र नेपाललाई विश्व माझ चिनाउने शसक्त माध्यम भएको बताए । उनले राज्यले खेलकुदलाई सफ्ट पावरुका रूपमा लगानी गर्दै अघि बढाउने गरि नीति निर्माणमा लाग्नु पर्नेमा जोड दिए ।

उनले निर्वाचित कमिटीलाई महासंघको केन्द्रीय नीति, एक कमिटी , एक खेलकुद गतिविधि, एक कमिटी , एक रचानात्मक गतिविधिलाई अनुसरण गर्दै कार्यक्रम गर्न शुभकामना दिए ।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विप्लव घोष , स्थायी कमिटी सदस्य तथा दुहवी इञ्चार्ज सन्तोषी श्रेष्ठ , महासंघ सुनसरी अध्यक्ष विकल पौडल लगायतले शुभकामना दिए ।

सम्बन्धित समाचार

सरूवा बदरको माग राख्दै अदालतमा रिट, ९ माघमा छलफलको लागि आउन आदेश

विराटनगर । मोरङ कारागारका चौकीदार अभिषेक गिरीले कारागार व्यवस्थापन विभागले गरेको सरुवा गृह गैरकानुनी भन्दै सरूवा रोक्न माग राख्दै उच्च अदालत विराटनगरमा रिट दर्ता गराएका छन् । गिरीले उच्च अदालत विराटनगरमा सरुवा रोक्न अन्तरिकम आदेशको...

४० हजार घूससहित प्रहरी जवान पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घूससहित एक जना प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई ४० हजार अतिरिक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।...

छारेरोग दिवसमा न्यूरो हस्पिटलले विराटनगरमा निकालो प्रभातफेरी

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामूलक ¥याली निकालेको छ । बुधबार बिहान विराटनगरमा सचेतनामूलक ¥याली निकालेको हो ।न्यूरो हस्पिटलदेखि सुरु भएको ¥यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो ।...

८९७ को नतिजा नेगेटिभ, १८९ रेड जोनमा, ८२ जना आइसोलेसनमा, ६२ हजारको क्वारेन्टाइनमा बास

काठमाडौं, २९ चैत-कोरोना भाइरस संक्रमणको आशंकामा देशभर ८२ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आजको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले देशभर ८२ हजार जना क्वारेन्टाइनमा रहेको जानकारी दिए । उनका...

मेलम्ची पहिरो अपडेट : बेपत्ता भएका ८ जना मृत भेटिए

काठमाडौं, १९ साउन-सिन्धुपाल्चोकको मेलम्चीमा गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । पहिरोमा परी बेपत्ता भएका सबै ८ जनालाई मृत अवस्थामा फेला पारिएको हो । मृत भेटिएकामा ७ जना नेपाली र १ जना भारतीय...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, १९ साउन । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको छ । क्लबले स्वच्छ वातावरणका लागि सुरु गरेको बृक्षारोपण कार्यक्रम अन्तर्गत दोस्रो चरणमा विभिन्न स्थानमा बृक्षारोपण गरेको हो । क्लबले उद्योग...

मेरिल्याण्डका प्रिन्सिपल ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका छन् । विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका हुन् । बैठक बसेर...

प्रदेश २ मा मन्त्री यादवले लगाए कोरोनाविरुद्धको पहिलो खोप

प्रदेश २ मा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन् । बुधबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा मन्त्री यादवले कोरोनाविरुद्धको खोप लगाएर अभियानको सुरुवात गरेका हुन् । कोरोनाविरुद्धको खोपले साइड इफेक्ट नगर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्