विराटनगरको हिमालय रोडमा महोत्सव रोक लगाउन माग, व्यवसायीले बुझाए मेयरलाई ज्ञापनपत्र

 न्यूज विराट
विराटनगरको हिमालय रोडमा महोत्सव रोक लगाउन माग, व्यवसायीले बुझाए मेयरलाई ज्ञापनपत्र

विराटनगर । विराटनगरस्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् ।

मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन उनीहरूले महानगरसित माग गरेका हुन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने उनीहरूको भनाइ छ ।

५० जनाभन्दा बढी स्थानीय व्यापारीको हस्ताक्षरसहित मेयर कोइरालालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘वर्तमान अवस्थामा बनेको अपूर्ण संरचनाले व्यापार व्यवसायमा पारेको असर यहाँहरूलाई बारम्बार अवगत गराइएकै हो । त्यसमाथि पनि आउँदो असोजमा लगाउने भनिएको खाना मेलाले थप मार पार्ने हुँदा त्यो निर्णयलाई अनेत्र सार्नका लागि जोडदार माग गर्दछौं । त्यस्ता कार्यक्रमले हाम्रो व्यवसाय ठप्प हुने, आवतजावतमा असर पर्ने, विभिन्न मासुजन्य परिकारको गन्ध फैलिने हुँदा त्यस्तो मेला कुनै स्थानमा गर्नसमेत सुझाव दिइन्छ ।’

सो स्थानमा मञ्जिना मुभिज क्रिएसनका नामबाट आगामी असोज १७ देखि २३ गतेसम्म सडक खाना महोत्सव गर्ने भनेर केही दिनअघि पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो । गत वर्ष पनि मेला नलगाउन आग्रह गरेको स्मरण गर्दै स्थानीय व्यापारी विनोद पोद्दारले भने, ‘अर्कोपटकदेखि हिमालय रोडमा मेला नलगाउने बचन दिइएको थियो आयोजकले । तर फेरि यस वर्ष पनि मेला लगाउने भनेर सञ्चारमाध्यमबाट थाहा भयो ।’ उनले सो मेला अन्य स्थानमा आयोजना गर्न आग्रहसमेत गरे ।

स्थानीय व्यापारी गंगाधर मैनालीले कुनै पनि हालतमा सो स्थानमा मेला गर्न नहुनेमा जोड दिए । ज्ञापनपत्र बुझाउन महानगर पुगेका मैनालीले आक्रोशित हुँदै भने, ‘रोड भनेको हिंड्नका लागि हो । पूरै सडक ढाकेर व्यापार गर्नका लागि होइन ।’
सो रोडमा नयाँ संरचना बनेपछि ६० प्रतिशतले व्यापारसमेत गिरावट आएको उनको भनाइ थियो । हिमालय रोडमा पुस्तक, कम्प्युटर, मोबाइल, होटल, चियानास्ता, किराना, कपडालगायतका करिब ७५ वटा पसल सञ्चालनमा रहेका छन् । मैनालीका अनुसार ती सबै पसलमा ३ सय ५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘एक त नयाँ संरचना बनेपछि आवतजावतमा समस्या छ । सवारी साधन एकतर्फी मात्रै प्रवेश गर्न दिइन्छ,’ उनले भने, ‘अर्कोतर्फ मेला लाग्दा आवतजावत पूर्ण रुपमा बन्द हुन्छ । मेला अवधिभर गत वर्ष पनि बिक्री ठप्प भएको थियो ।’

सम्बन्धित समाचार

प्रदेश १ः भीम आचार्यका पालमा भएका सबै निर्णय र राजनीतिक नियुक्ति पुनरावलोकन गर्ने पहिलो मन्त्रीपरिषदको निर्णय

विराटनगर, १६ कात्तिक । प्रदेश १ सरकारले निवर्तमान मुख्यमन्त्री भीम आचार्यका पालमा भएका सबै निर्णय र राजनीतिक नियुक्ति पुनरावलोकन गर्ने भएको छ । राजेन्द्र राई मुख्यमन्त्री बनेपछि पहिलोपटक बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आचार्यका पालमा भएका...

चितवनमा स्कर्पियो दुर्घटनामा १ जनाको मृत्यु, २ गम्भीर

हेटौंडा, १५ असार-नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत् सत्रकिलो भन्ने स्थानमा ग्यास बुलेट र स्कर्पियो एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार नै दुर्घटनामा परेको छ । स्कर्पियोमा कृष्णसहित पत्नी...

गगन थापा भन्छन् : सरकार ! अब त चेतौँ

नेपालका एक स्थानीयमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएपछि नेपाल कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले सरकारलाई सचेत हुन आग्रह गरेका छन् । उनले कोरोना भाइरसको नमुना परीक्षणको दायरा फराकिलो बनाउन, परीक्षणको गति र...

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, पाँच जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुदूधकुण्ड गाउँपालिकाको लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड गाउँपालिका...

पाँचथरमा बाढीपहिराेमा परी मृत्यु भएका २६ जनाको सनाखत

पाँचथरमा बाढीपहिराेका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन...

कोशी प्रदेश : विश्वासको मत फेल गराउने गठबन्धन दलको निर्णाय

विराटनगर । कोशी प्रदेशसभाको अधिवेशन आव्हान भएलगत्तै विपक्षी चार दलीय गठबन्धनले नयाँ सरकार गठनको कसरत सुरु गरेका छन् ।नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको बैठक काठमाडौंमा बसेको छ...

मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेकपा एमालेद्धारा खेद ब्यक्त

विराटनगर । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । आज सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा...

विविएसमा भर्ना भएका विद्यार्थीहरूलाई मेरिल्याण्डको अभिमुखीकरण

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरिल्याण्ड कलेजले विविएसमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेजले सोमबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका विविएस प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्