चक्कु देखाएर इटहरीमा दिनदहाडै २ लाख लुटपाट गर्ने सात जना पक्राउ

 न्यूज विराट
चक्कु देखाएर इटहरीमा दिनदहाडै २ लाख लुटपाट गर्ने सात जना पक्राउ

विराटनगर । सुनसरीको इटहरीमा चक्कु देखाएर दिनदहाडै दुई लाख रुपैयाँ लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलका प्रहरी कार्यालय इटहरीले उनीहरुलाई इटहरी उपमहानगरपालिका ४ ट्याङग्रा खोला नजिकबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सुनसरी रामधुनी नगरपालिका ३ बस्ने बर्ष २२ का अनिस कोईराला, इटहरी ४ का २४ वर्षिय बिशाल तामाङ, रामधुनी ३ का १९ वर्षीया शुसन थापा, सोही ठाउँका बर्ष १८ का सुनिल बस्नेत, बर्ष १८ का निश्चल बस्नेत, बर्ष १८ का साकार भण्डारी, इटहरी १६ का बर्ष १८ का रिचन खत्रीलाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

भदौ १८ गते ३ बजेको समयमा इटहरी उपमहानगरपालिका वडा नं. ३ तालतलैया चोक स्थित झापा बाह्रदशी गाउँपालिका ३ राजगढ बस्ने बर्ष २२ का अमन भगत र सोही ठाउँका बर्ष २३ का निखिल भगतलाई उनीहरुले बाटो छेकी चक्कु देखाएर साथमा भएको दुई लाख रुपैयाँ लुटपाट गरी फरार भएका थिए । त्यसपछि इप्रका इटहरीबाट प्रहरी अधिकृतको कमाण्डमा बिशेष टोलि परिचालन भएको थियो । गहन रुपमा गरेको अनुसन्धान पछि लुटपाटमा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको सुनसरी प्रहरी प्रमुख विपिन रेग्मीले जानकारी दिए । पक्राउ परेकाहरुलाई सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट तीस हजार २ सय ५५ रुपैयाँ, एक थान चक्कु बरामद गरेको छ ।

सम्बन्धित समाचार

झापाका चोकबजार सुनसान

विराटनगर, चैत ११–लकडाउन शुरु भएसँगै झापाका बजार चोकहरु समेत सुनसान बनेका छन् । लकडाउन सुरू भएसंगै बिहानै देखि अस्तब्यस्त हुने झापाका बजारहरु, राजमार्ग, चोक तथा सार्वजनिक स्थलहरू सुनसान भएका छन् । झापाका मुख्य शहरहरु बिर्तामोड,...

बिओपी भुटहाको सक्रियता, तस्करी हुन लागेको ६० केजी गाँजा बरामद

विराटनगर । भारत तस्करी हुन लागेको गाँजासहित सशस्त्र प्रहरीले ६० केजी गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बिओपी भुटहाका प्रहरी निरीक्षक दिपक दाहालको नेतृत्वमा खटिएको टोलीले विराटनगर १८ लावाघाटबाट गाँजा बरामद...

किड्स भिलेजमा खेलकुद सप्ताह सम्पन्न

विराटनगर । बिराटनगर – ५ स्थित किड्स भिलेज स्कुलमा खेलकुद सप्ताह सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नानीबाबूहरुलाई १२ वटा बिधामा विभिन्न प्रकारका खेलकुदहरू खेलाईएको थियो। ऊक्त खेलमा प्ले ग्रुपका र सो भन्दा माथिका सबै विद्यार्थीहरूले...

चौरजहारी घटनाको छानबिन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, १३ जेठ-पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्...

हवाई भाडामा भारी छुट

काठमाडौं, २५ जेठ-हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर...

मोरङ कारागारका एक कैदीको मृत्यु

विराटनगर १० भदौ–विराटनगरस्थित कोशी अस्पतालमा बुधबार मोरङ कारागारका एक कैदीको मृत्यु भएको छ । कारागारमा कैद भुक्तान गर्दै आएका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको मृत्यु भएको हो । क्षयरोगका विरामी रहेका उनमा स्वाश्वप्रश्वासमा...

सुझाबको भोको छु : एसपी दीपक पोखरेल

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेले शान्ति सुरक्षा कायम गराउन आफ्नो पहिलो प्राथामिकता भएको बताएका छन् । मोरङ प्रहरी प्रमुख भएर आएको भोलीपल्ट मंगलबार पत्रकार सम्मेलन गरी एसपी पोखरेलले यस्तो बताएका हुन् ।...

अमेरिकाले पठाएको कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं, २८ असार । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौं आइपुगेको छ । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्