अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गर्नुको विकल्प छैन : मेयर

 न्यूज विराट
अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गर्नुको विकल्प छैन : मेयर

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गरिने बताएका छन् ।
विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउँदै उनले अब पनि सुधार नभए मर्चमा लानुको विकल्प नभएको बताएका हुन् ।
वृहत राष्ट्रिय शिक्षा अभियान नेपालको प्राविधिक सहयोगमा विराटनगर महानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको वडा क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालय रुपान्तरण अभियानलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरका कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी रहेको उल्लेख गरे । उनले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने उद्देश्यले महानगरले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसित कार्य सम्पादन सम्झौता गरेको स्मरण गराए । गुणस्तर वृद्धिका लागि प्रअ र शिक्षकहरुको मुख्य भूमिका हुने उनको भनाइ थियो । ‘सबै सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि हुनुपर्छ । पछिल्लो समय केही विद्यालयले राम्रो प्रगति गरेका छन्,’ उनले भने, ‘वडा नम्बर ४ मा पनि गोग्राहा र आधारभूत विद्यालय कञ्चनबारीले राम्रै प्रगति गरिरहेका छन् ।’
मेयर कोइरालाले गुणस्तर वृद्धिका लागि विद्यालय–विद्यालयबीच प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष जितन थापाले वडाभित्रका सबै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने उद्देश्यले रुपान्तरण अभियान सुरु गरेको प्रस्ट पारे । उनले कार्यक्रममा वडाभित्र सञ्चालित ४ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष, राजनैतिक दलका अध्यक्षलगायतलाई राखेर अभियान सुरु गरिएको बताए । शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले शिक्षाको गुणस्तर बिना रोजगारीका अवसर प्राप्त हुन नसक्ने बताए । उनले दक्ष जनशक्ति उत्पादनका लागि विद्यालय तहदेखि नै पढाइको गुणस्तर राम्रो हुनुपर्नेमा जोड दिए । सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपानेलगायतले महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनु आवश्यक रहेको औंल्याए ।
कार्यक्रममा शैक्षिक अभियन्ता अभिषेक घिमिरेले सबैले आ–आफ्नो दायित्व पूरा गरेमा शिक्षामा सुधार आउने बताए । उनले आफूहरुको प्रयासले मधेश प्रदेशका अत्यन्तै कमजोर विद्यालयमा पनि सुधार देखिन थालेको दाबी गरे ।

सम्बन्धित समाचार

मोरङमा शान्ति सुरक्षा स्थापनाका लागि प्रविधि र जनशक्तिको प्रयोग

विराटनगर, असार ६–मोरङ प्रहरीले जिल्लामा अमनचयन काम गर्न तथा शान्ति सुरक्षा स्थापना गर्न सबै प्रविधि र जनशक्तिको प्रयोग भइरहेको जनाइएको छ । सोही कार्य अन्तर्गत मोरङ प्रहरीले बन्दाबन्दी शुरु हुनु भन्दा पहिले चार महिनाको अवधिमा...

एम्बुलेन्स देख्ने वितिकै छिः छिः दुरदुर गर्छन : एम्बुलेन्स चालक

पथरी, जेठ २०–‘हामी एम्बुलेन्स चालक दिनरात नभनी खटिइराखेका छौँ । हामीले कुन विरामी कस्तो भनेर कसैलाई भेदभाव गर्दैनौँ तर यो लकडाउनको समयमा हामीले पानी पनि किनेर खान्छु भन्दा होटलवालले दिँदैनन् ।’ यस्तो समस्या एकजना एम्बुलेन्स...

कोरोना झन खतरनाक हुँदै गएको डब्लुएचओको चेतावनी

एजेन्सी, जेठ २७-संसारभरको धेरै देशमा कोरोना भाइरसका संक्रमितको संख्यामा कमी आइरहेका बेला विश्व स्वास्थ्य संगठनले यो संक्रमण थप खतरनाक हुँदै गएको चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानम गेहब्रेससले सो कुरा बताएका हुन् ।...

आरडीटी पोजिटिभ देखिएका प्रदेश सांसदको पीसीआर रिपोर्ट नेगेटिभ

बुटवल, ९ जेठ-प्रदेश ५ का २ सांसदसहित सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । बिहीबार प्रदेश सभा सचिवालय परिसरमा गरिएको आरडीटी परीक्षणमा २ सांसदसहित ११ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनीहरू सबैको हिजो...

पूर्वाञ्चल विद्या सदनमा भव्य भयो किड्स कार्निभल, कुन इभेन्टमा को भए बिजेता ?

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा पूर्वाञ्चल किड्स कार्निभल भएको छ । शुक्रबार स्कुलले एक भव्य कार्यक्रम आयोजना गरी किड्स कानिर्भल कार्यक्रम आयोजना गरेको हो । पूर्वाञ्चल किड्स कार्निभल अन्र्तगत गणित र विज्ञान...

काेराेनाका कारण डाेल्पामा एकजनाकाे मृत्यु

काठमाडाैं, २४ जेठ-डोल्पामा मृत्यु भएका एक व्यक्तिमा काेराेना भाइरस (काेभिड-१९) पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब इन्चार्ज विवेक पुनका अनुसार जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि थ्रोट स्वाब आरटी पीसीआर...

आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागु हुँदै

काठमाडौं, चैत २५। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचार संहिता आज मध्यरातिदेखि लागु हुँदैछ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन...

लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

धादिङ, ३१ भदौ-पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहाडबाट लेदो झर्ने क्रम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्