शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापमा पनि अगाडी, कविता प्रतियोगितामा मानसी पोखरेल भइन प्रथम

 न्यूज विराट
शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापमा पनि अगाडी, कविता प्रतियोगितामा मानसी पोखरेल भइन प्रथम

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको विराटनगरस्थित शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापहरुमा पनि अगाडी रहेको छ ।

zविद्यार्थीको प्रतिभा उजार गर्ने उद्देश्यले शिक्षादीप कलेजले अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ । विद्यार्थीको रोजाइ अनुसार कलेजले बिहीबार कविता प्रतियोगिताको आयोजना गरेको छ । कलेजको सभाहलमा ‘शान्तिका लागि निश्शस्त्रीकरण’ शीर्षकमा आयोजना गरेको कविता प्रतियोगिताको प्रथम कक्षा ११ विज्ञान संकायकी छात्रा मानसी पोखरेल घोषित भइन् ।
यस्तै, इशान पौडेल, सिरिन भट्टराई, प्रतीक भट्टराईले दोस्रो स्थान हासिल गरे भने सम्पता रायमाझी, रितिक्षा भट्टराई, अपेक्षा राई, साम्राज्ञी बस्नेत तृतीय भए । यसैगरी, अफ्रिन खातुन, अमित पटेल, रोशनकुमार मण्डल, रमण मण्डल, मर्यादा भट्ट, प्रगति अधिकारी, सशन दाहाल, खुस्बु ढकाल र समीर साहले सान्त्वना पुरस्कार पाए ।
कक्षा ११ र १२ का २५ सय विद्यार्थीहरूमध्येबाट पहिलो चरणको छनोटबाट ८० जनालाई कविता प्रतियोगितामा सहभागी गराइएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । साहित्यकारहरू चुणामणि नेपाल ‘अकिंचन’, मीनकुमार नवोदित र कमलकिशोर श्रीवास्तवले प्रतियोगितामा निर्णायक रहेका थिए । बिजेता हुने विद्यार्थीहरुलाई कलेज प्रिन्सिपल ज्ञानबहादुर खड्का र निर्णायकहरुले प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन कलेजले अतिरिक्त क्रियाकलापहरुमा जोड दिदै आएको बताए । गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि अगाडी बढाएर लगेको उनले बताए । ‘कविता सुन्दा यति धेरै आनन्द आउँछ कि आफ्ना थकान मेटिन्छ,’ उनले भने, ‘कवितामार्फत् विद्यार्थीहरूले आफ्नो भावना पोख्न सक्नेछन्, मन शुद्ध बनाउने छन् । धेरै प्रतियोगी भएका कारण सबैलाई सहभागी गराउन सकेनौं । फेरि पनि यस्ता कार्यक्रम गरेर उनीहरूलाई मौका दिनेछौं ।’ कार्यक्रममा प्रतियोगिताका निर्णायक तथा साहित्यकार मीनकुमार नवोदितले विद्यार्थीहरूले पठनपाठनका अलाबा सिर्जनात्मक बनेर अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्ने बताए । कार्यक्रममा विज्ञान संकायका संयोजक नवीन रोय, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, कलेजका निर्देशक भुपेन्द्र दाहाल र रामचन्द्र अधिकारीलागयतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

कडा निगरानीमा उपत्यकाका सडक

काठमाडौं, १ जेठ-उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि नागरिकको आवतजावतमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयले वितरण गरेका पाससमेत रद्द गरेको सरकारले सडकमा सुरक्षाकर्मीको संख्यासमेत बढाएको छ । शनिबारदेखि लागू हुनेगरी पास रद्द गरेको सरकारले आजैबाट सडकमा आउजाउमा...

रवि आधरभूत विद्यालयमा स्वास्थ्य शिविर, झण्डै दुई सय जनाले गराए स्वास्थ्य परीक्षण

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका २ मा रहेको श्री रवि आधरभूत विद्यालयमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। शिविरमा विद्यार्थी र अभिभावक गरी १८० जनाले स्वास्थ्य परीक्षण गराएको विद्यालयका प्रधानाध्यापक जितेन्द्र सरदारले जानकारी दिए।‘हाम्रो...

सडक आश्रित महिलाको उद्धार

विराटनगर १४ असोज –प्रदेश १ सामाजिक विकास मन्त्रालयले बुधबार एक सडक आश्रित महिलाको उद्धार गरेको छ । सामाजिकविकास मन्त्रीजीवन घिमिरे, प्रदेश सांसद कुशल साम्वालगायतको टोलीले मोरङको बुढीगंगा १ बाट २१ बर्षीया धना विश्वकर्माको उद्धार गरेको...

प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत दोहोरिए, केन्द्रीय कमिटी १९९ सदस्यीय

नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा दोस्रो कार्यकालका लागि गणेश बस्नेत चयन भएका छन् । पोखरामा भएको संगठनको नवौँ महाधिवेशनबाट बस्नेतको अध्यक्षतामा १९९ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो । प्रेस चौतारीले १७...

प्रदेश १ मा १२ संक्रमित थपिए

विराटनगर, ५ साउन–प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा...

सुशान्तको कथामा ‘सुसाइड और मर्डर’ बन्ने

एजेन्सी, असार ९-अभिनेता सुशान्त सिंह राजपूतको आत्माहत्यापछि बलिउड निकै विवादित बनेको छ । सुशान्तको आत्माहत्याको कारण बलिउडकर्मी नै भएको भन्दै ८ जनाविरुद्ध फौजदारी मुद्दा दर्ता भइसकेको छ । बलिउडमा बढ्दो नेपोटिजम, ग्रूपीजम जस्ता कुराबाट सुशान्त...

सप्तरीमा प्रहरी र स्थानीयबीच झपड, महिलाको मृत्यु

राजविराज, १ वैशाख-खडक नगरपालिकामा प्रहरी र स्थानीयबीच झपड भएको छ । नगरपालिकाको वडा नम्बर ६ मा लकडाउन कार्यान्वयन गराउन इलाका कार्यालयबाट कल्याणपुर खटिएका प्रहरी र बासिन्दाबीच झडप भएको हो  । प्रहरीले बासिन्दालाई सडकमा ननिस्कन आग्रह...

सूचना नदिने २४ जना कार्यालय प्रमुखलाई कारबाही

काठमाडौं, १३ साउन-राष्ट्रिय सूचना आयोगले पछिल्लो १४ वर्षमा सूचना नदिने २४ जना कार्यालय प्रमुखलाई कारबाही गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले १४ वर्षको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्