राधाकृष्ण रथयात्रा मंगलबार निस्किदै, नेपाल र भारतका ५ लाख बढी भक्तजनहरुको सहभागिता हुने

 न्यूज विराट
राधाकृष्ण रथयात्रा मंगलबार निस्किदै, नेपाल र भारतका ५ लाख बढी भक्तजनहरुको सहभागिता हुने

विराटनगर । विराटनगरमा निकाल्ने ऐतिहासिक राधाकृष्ण रथयात्रा मंगलबार निस्कँदै छ । राधाकृष्णको युगल जोडीको रथयात्रा भाद्र ११ गते मंगलबार विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्कने भएको हो । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक वर्ष विराटनगरमा रथयात्रा निस्किदै आएको छ ।

राधाकृष्ण रथयात्रा समारोह समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै ९३ औं रथयात्राको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । समितिका अध्यक्ष कैलाश रेग्मीले भने, ‘यस पटक विगतभन्दा फरक र अझ भव्य रुपमा रथयात्रा निकाल्ने तयारी भइरहेको छ ।
रथयात्रामा नेपाल र भारतका ५ लाख बढी भक्तजनहरुको सहभागिता हुने अपेक्षा गरेका छौं । यो रथयात्रा नेपालको सबैभन्दा ठूलो र पुरानो भएकोले पनि यसको छुट्टै महत्व राख्ने भएकाले भक्तजनहरुको बाक्लो उपस्थिति हुने गरेको हो ।’

दिउँसा साढे ३ बजेतिरदेखि मन्दिरदेखि सुरु हुने रथयात्राले पुनः मन्दिरसम्म आइपुग्दा नगरको ९ किलोमिटर यात्रा तय गर्ने छ । रथयात्रा सम्पन्न हुन करिब ६ घण्टा लाग्ने बताउँदै, समितिका उपाध्यक्ष नन्दकिशोर राठीले भने, ‘भक्तजनहरुलाई युगल जोडी राधाकृष्णको रथलाई पूजाआजा गर्न सहज हुने गरी व्यवस्था मिलाएका छौं । जसका लागि ४३ स्थानमा विश्राम हुनेछ । रथयात्रामा विगतको जस्तो व्यवसायी प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएका छौं किनभने यसले रथयात्राको शोभा राम्रो देखिएन ।’

मन्दिर परिसरबाट सुरु भएको रथयात्राले तीनपैनी चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक, बिजुली अफिस चोक, बरगाछी चोक हुँदै पुनः मन्दिरमा पुगेर समापन हुनेछ ।

वि.सं. १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो ।

सम्बन्धित समाचार

आकस्मिक बाहेक सबै सेवा बन्द गर्न मेडिकल एसोसिएसनको आग्रह

विराटनगर, साउन १७–अस्पताल, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै नेपाल मेडिकल एशोसिएसन कोशीले आकस्मिक बाहेक सबै सेवा बन्द गरी घरबाटै सेवा दिन आग्रह गरेको छ । एशोसिएसनका अध्यक्ष फरवार्ड सिलवालले शनिबार प्रेस विज्ञप्ति...

पाटन अस्पतालमा कोरोना स‌ंक्रमित युवकको मृत्यु

काठमाडौं, १४ भदौ-पाटन अस्पतालमा उपचाररत कोरोना स‌ंक्रमित युवकको मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कोरोना पुष्टिपछि २८ साउनदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको...

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि

काठमाडौं, ४ असार-गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान गरिएको परीक्षणमा विभिन्न ४ जिल्लाका थप ३० जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का १३,...

रिल्ली घले समाजको पार्षद भेला सकियो

विराटनगर । रिल्ली घले वंशावली खोज एकता समाज नेपालको प्रथम ऐतिहासिक पार्षद भेला तथा वंश भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मोरङको बेलबारीमा शनिबार एक कार्यक्रम आयोजना गरी पार्षद भेला तथा वंश भेटघाट कार्यक्रम भएको...

‘प्रहरी सँग विद्यार्थी’ कार्यक्रम (फोटो फिचर)

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले ‘प्रहरी सँग विद्यार्थी’ कार्यक्रम आयोजना गरेको छ । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच, प्रहरी र नागरीक बिच सुमधुर सम्बन्धको विकास गर्ने उद्देश्यले प्रहरी...

विविएस तेस्रो वर्षको नतिजा प्रकाशित : मेरिल्याण्डकी कृति बोहरा प्रदेश प्रथम भएको दावी

विराटनगर । त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको विविएस तेस्रो वर्षको नतिजा अनुसार विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजले उत्कृष्ट नतिजा ल्याएको छ । मेरिल्याण्डकी छात्रा कृति बोहराले ७७.८ प्रतिशत (डिस्टीङ्सन) अंक प्राप्त गरी प्रदेश प्रथम भएको...

आज तीन वटा प्रदेशमा पानी पर्नसक्ने

काठमाडौं, २८ माघ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश भने...

मोरङ प्रहरीलाई सफलता : लखेटेर १५५ केजी गाँजासहित दुई कारोबारी पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रानी विराटनगरले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरीले मोरङको जहदा गाउँपालिकाको सीमावत्र्ती क्षेत्रदेखिले गाँजा बोक्ने स्कारपियोसँगै दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्