लत्ताकपडाको तस्करी गर्ने दुर्गा घिमिरे पक्राउ, तस्करले फसाएको भन्दै न्यायको लागि चालक राईको याचना
बुधबार, ०५ भदौ, २०८१,
न्यूज विराट
विराटनगर । भारतबाट तस्करीको क्यारिङ गर्ने एक जना महिला पक्राउ परेकी छिन् । मोरङको सुन्दरहरैचा नगरपालिका – ८ घर भएकी दुर्गा घिमिरे पक्राउ परेकी हुन् । उनी चोरी पैठारी मुद्दामा फरार रहेकी थिइन् ।
उनीबिरुद्ध ७ माघ २०८० मा विराटनगर भन्सार कार्यालयले पक्राउ पूर्जी जारी गरेको थियो । लामो समयसम्म पनि उनी पक्राउ नपरेपछि पीडित भएका सवारी चालक विराटनगर ७ का ४२ वर्षीय जय कुमार राईसहित उनका आफन्तले सोमबार सुन्दरहरैचा ८ स्थित घरबाट नियन्त्रणमा लिएर इलका प्रहरी कार्यालय बेलबारीमा जिम्मा लगाएको छ ।
९ कार्तिक २०८० मा भारतबाट तस्करीको सामान क्यारिङ गर्ने घिमिरेले दुई जना व्यक्ति परिचालन गरेर लगत बिलबिजक र गलत सामान देखाएर राईको प्रदेश १–०४–००१ च ०११० नम्बरको बोलेरो पिकअपमा अवैध सामान लोड गरेका थिए । बिलबिजक पनि भएको र गुडियाको सामान भएको भनेपछि आफुले पनि नहेरि सुन्दरहैचना लैजाने सामान लोड गरिएको उनले बताए । गुद्रीबाट लोड गरेको सामान विराटनरको कन्चनबारी पुर्याएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि भन्सार लछी गरी ल्याएको सामान भएको भन्दै प्रहरीले भनेपछि मात्रै आफुले थाहाँ पाएको उनले सुनाए । बरामद गरेको सामान ७ लाख ५० हजार मुल्य बरावरको आठ सय ३४ थान कुर्तासलवार पिकअप गाडीबाट बरामद भएको थियो । सामान बरामद भएपछि लोड गर्ने दुई जना व्यक्ति फरार भए । सशस्त्र प्रहरीले पिकअप गाडीसहित राईलाई विराटनगर भन्सार कार्यालयमा बुझायो । नियन्त्रणमा परेको चारदिन पछि राईका परिवकारले ऋण खोजेर १३ कार्तिक २०८० मा ८ लाख ५० हजार ६ सय रुपैयाँ धरौटि बुझाएर रिहा भए । उनको गाडी अहिले पनि भन्सार कार्यालयै रहेको छ ।
भन्सारले कार्यालये पनि कपडा धनी क्यारिङ गर्नेलाई घिमिरेलाई नियन्त्रणमा लिएर उपस्थित गराए चालक राईलाई हेरिदिने भएपछि उनीहरु पक्राउ गर्न लागी परेका थिए । राई धरौटिमा रिहा भएको १० महिनापछि क्यारिङ गर्ने घिमिरेलाई पक्राउ गरि प्रहरीलाई जिम्मा लगाएको छ । प्रहरीले घिमिरेलाई बुधबार विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ ।
चालक जय कुमारद्धारा न्यायको अपिल क्यारिङ गर्ने महिलालाई पक्राउ गरि प्रहरीलाई जिम्मा लगाएपछि जय कुमार राईसहित उनका परिवारले न्यायोचित न्यायको लागि माग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी उनीहरुले धरौटि रकम पाउनुपर्ने र भन्सारमा रहेको गरिखाने पिकअप भेन फिर्ता दिनुपर्ने माग राखेका हुन् । ‘भएको यही गाडीले परिवार पाल्दै आएको थिए । गरिखाने यही पिकअप भेन चलाएर दैनिक गुजरा चलाउँदौ आएको थिए । बिलबिजकसहित सामान लिएर आएपछि लोड गरेर गन्तब्यसम्म जार्दै गर्दा मलाई फसाएर भन्सार छली गरेको सामान लोड गरेका रहेछन् । यसमा मेरो के गल्ती भयो र ? ऋण खोजेर भन्सारले भनेको धरौटि रकम बुझाए । त्यसपछि भन्सारले पनि कपडा धनीलाई नियन्त्रणमा लिएर बुझाए हेरी हेरिदिन भन्सार चिपसापले पनि भन्नुभएको थियो । हामीले नियन्त्रणमा लिएर पनि बुझाएका छौं,’ उनले भने, ‘मेरो अहिले एउटै मागर रहेको छ । मेरो धरौटि रकम र खरिखाने गाडी फिर्ता दिलाइदिनुर्यो ।’ क्यारिङ गर्ने महिला घिमिरले राईलाई थुप्रै आश्वसन पनि दिएकी थिइन् । ‘धरौटि रकम फिर्ता दिने र भन्सार बुझाएको गाडी पनि निकालिदिने वडा कार्यालयमा बसेर लिखित सहमति पनि गरेकी थिइन् । ‘हामी पनि सोझा मान्छे होला नि भनेको थियौं । तर, १० महिना भयो । हाम्रो गरिखाने गाडी नै निकालिदिए । क्यारिङ गर्ने घिमिरेले अत्यचार गरेपछि हामीले बाध्य भएर घरमा पुगेर पक्राउ गरि प्रहरीलाई बुझाउन पर्यो,’ राईले भने, ‘अहिले भन्सारमा बुझाएका छौं । हामी गरिव मान्छेलाई न्याय दिनुपर्यो । हाम्रो एउटै माग यही रहेको छ ।’
काठमाडौं, ९ असोज । नेपाली क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक डेभ वाटमोर भारतको बरोडा क्रिकेट एसोसियसनको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । यसै हप्ता ओमानमा भएको एकदिवसीय शृंखलापछि पारिवारिक कारण देखाउँदै उनले नेपाली राष्ट्रिय क्रिकेट...
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालभित्र भएको गैरकानुनी नियुक्ति प्रक्रिया र निरन्तर भएको बेथीति रोक्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । अस्पताल विकास समितिका अध्यक्ष र मेसुबाट भएको गैरकानुनी नियुक्ति र विकास निमार्णको कामहरू रोक्न...
काठमाडाैं, १३ असार-सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख रूपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान...
काठमाडौं, २४ जेठ-कोभिड-१९ को सङ्क्रमबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कोभिड-१९ का कारण मृत्यु भएका बिरामीको शव व्यवस्थानसम्बन्धी कार्यविधि-२०७६ पहिलो संशोधनमा मृत शरीरसँग...
काठमाडौं, १३ जेठ-प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिएको योगदान महत्वपूर्ण भएको जनाएको छ। इच्छुकको १८औँ स्मृति दिवसका अवसरमा सङ्गठनका संयोजक महेश्वर दाहाल र...
विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाले एक जना सेयर सदस्यको परिवारलाई मृत्यु राहत कोषबाट राहत रकम एक लाख रुपैयाँ वितरण गरेको छ ।सेयर सदस्य बुढीगंगा गाउँपालिका – १ की...
विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको लाइभ राउन्टमा ५० जना प्रतियोगि छनोट भएका छन् ।सेमिफाइनलमा पुगेका ११६ जनाबाट मंगलबार लाइभ राउन्टको लागि ५० जना छनोट भएका हुन् । विराटनगरस्थित एभरेष्ट स्कुलमा भएको सेमिफाइनल चरणबाट...
विराटनगर । मनमोहनप्राविधिकविश्वविद्यालयको आंगिकशिक्षालयमनमोहन स्मृतिपोलिटेक्निकमातीनदिने ‘स्र्पोट मिट’ सुरुभएको छ ।मोरङको बुढीगंगा गाउँपालिका १ हात्तीमुढा स्थित विश्विद्यालय परिसरमाआइतवारदेखीमनमोहन स्मृति‘स्र्पोट मिट’ २०८१ सुरु भएको हो ।आइतवार मनमोहनप्राविधिकविश्वविद्यालय संरक्षण समिति सदस्य सत्यनारायण चौधरीले उक्त्त‘स्र्पोट मिट’ को उदघाटन गरे...