विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उनले आफूले सय दिनभित्र गरेका ६० काम सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेका कतिपय उपलब्धिमा यसअघि नै बनिसकेका पुल उद्घाटनदेखि बजेटमा राखिएको कार्यक्रम र संघीय सरकारले गरेका कामलाई पनि समावेश गरिएको छ । प्रदेश सरकारले काम गरेन भन्ने गलत प्रचारलाई हटाउन पहिले सुरु भएर आफ्नो कार्यकालमा सम्पन्न भएका योजनाहरूलाई पनि समावेश गरेर सय दिनका उपलब्धि सार्वजनिक गरेको मुख्यमन्त्री कार्कीले बताए । प्रदेशमा वर्ष २०८१ लाई प्रदेश पर्यटन वर्ष घोषणा गर्नेदेखि विराटनगरको बरगाछी चोकमा ट्राफिक लाइट जडान गरेको विषयलाई पनि सय दिने उपलब्धि मानिएको छ । मुख्यमन्त्री कार्की गत वैशाख २७ गते तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सरकारले गरेका कामहरू सही ढंगले जनतामाझ प्रचारप्रसार नभएकोले सयदिने उपलब्धि सार्वजनिक गर्नुपरेको उनले बताए । केही महिनापछि कोशी प्रदेशमा विगत सात वर्षमा भएका विकास र प्रगति पनि सार्वजनिक गर्न लागेको मुख्यमन्त्री कार्कीले बताए । उनले सार्वजनिक गरेको एक सय दिने उपलब्धिमा तेह्रथुमको ओख्रे र सुनसरीको हरिपुरमा निर्माण भएको सडक उद्घाटन गरेको, कोशीलाई पूर्णखोप प्रदेश घोषणा गरेको र धनकुटाको भेंडेटारमा निर्माण भएको स्काईवाक उदघाटन गरेर सञ्चालनमा ल्याएको लगायत छन् । यसैगरी मुख्यमन्त्री कार्यालयमा प्रदेशबासीको गुनासो सुन्न हेल्लो सीएम कार्यक्रम सञ्चालनमा ल्याएको, विपदको सूचना दिन प्रदेश पोर्टल सञ्चालन गराएको, प्रदेशका पाँच पालिकामा उद्यमशीलता कार्यक्रम सञ्चालनमा ल्याएको र प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र खोल्न अध्ययन कार्यदल गठन गराएको पनि उपलब्धिमा राखिएको छ ।
यस्तै संखुवासभा र चीनसँग जोड्ने किमाथाङ्का नाका खुला गराएको, पहाडका ६ जिल्लामा भेटनरी उपचार केन्द्र सञ्चालन गराएको र विपदमा परेकाहरूलाई राहत तथा उद्धारमा सहयोग गरेको पनि उपलब्धिमा समावेश गरिएको छ ।
पाथिभरा, हलेंसी, बराहक्षेत्र धार्मिक क्षेत्र समिति, केचना कञ्चनजङ्गा पर्यटन समिति, संघीयता कार्यान्वयन र प्रदेश कानुन निर्माण कार्यदल गठन गराएको, चालु वर्षमै कोशी प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी थालेको लगायत पनि मुख्यमन्त्रीले उपलब्धिका रूपमा जनाएका छन् ।
यस्तै प्रदेश सरकारले दोस्रो आवधिक योजना निर्माण गरेर कार्यान्वयन थालेको पनि उनले बताए ।
विराटनगर, २३ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ३, सुनसरीमा ४८, झापामा ३३, तेहथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई÷दुई, पाँचथर, भोजपुर...
काठमाडौं, १९ असार-लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरको क्षति भएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति...
विराटनगर । नेपाल खेलकुद महासंघ दुहवी नगर कमिटीको अध्यक्षमा धिरज राई निर्वाचित भएका छन् । दुहवीमा मंगगलबार सम्पन्न नगर कमिटीको दोस्रो अधिवेशनबाट राई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । कमिटिको उपाध्यक्षमा सहवाज आलम, रचना...
काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न...
काठमाडौं, ३१ वैशाख-राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले नेपाल–भारत सीमाक्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन् । सीमाक्षेत्रमा रहेका नागरिकहरूलाई भारतीय गतिविधिले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरूले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् । सांसद...
काठमाडौं, ८ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकार टाढिएको भन्ने कुरामा सत्य नभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड र शर्माबीच कुनै मतान्तर नरहेको प्रचण्डका...
काठमाडौं, २१ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बैठकमा लकडाउनबारे समीक्षा र संसद अधिवेशन बोलाउनेबारे छलफल भइरहेको बताइएको छ । केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको अवलोकन गरेका थिए...
विराटनगर, बैशाख १०–उदयपुरको भुल्केमा थप तीन जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसअघि संकलित स्वाब परीक्षणको क्रममा बुधबार उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका २४ वर्ष, ६० वर्ष र ७२ वर्षका पुरुष संक्रमित पहिचान भएको...