अपाङ्गता भएका बालबालिकालाई समावेशी शिक्षा दिनुपर्नेमा जोड
बुधबार, ३० साउन, २०८१,
न्यूज विराट
विराटनगर । अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा दिएर अगाडी बढनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । विराटनगरमा बुधबार भएको अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०८१ छलफल कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा उनीहरुले अपांगता भएका सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गरेर अगाडी बढाउनुपर्ने बताए । समतामुलक र न्यायपुर्ण अवसर सिर्जनाको माध्यमबाट समृद्ध नेपाल सुखि नेपालिको अबिष्ट पुरा गर्न स्थानीय तह, प्रदेश र संघिय तह एवं गैरसरकारी संघसंस्थाहरूसमेतको भूमिकालाई अर्थपूर्ण बनाइ अपाङगता भएका बालवालिकाहरुलाई पनि गुणस्तरिय शिक्षा प्रदान गरेर लैजानुपर्ने उनीहरुले बताए । कार्यक्रममा बोल्दै कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिब लक्ष्मी प्रसाद भट्टराईले नेपालको विद्यमान शिक्षा सम्बन्धी संवैधानिक व्यवस्था, ऐन, निती तथा योजना कार्यन्वयन गर्न अपांगता भएका बालवालिकाका लागि समावेशी शिक्षा सञ्चालन गरेर तीन तहको सरकार लागि पर्नुपर्ने बताए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका समावेशी शाखा अधिकृत दिपक माझीले अपाङगता भएका बालवालिकाको शिक्षा संचालन गर्ने विषयमा मापदण्ड बनेको बताए । ‘शिक्षा नीति २०७६ मा अपाङगत सम्बन्धी समावेशी शिक्षाको व्यवस्था गरेको छ । त्यसलाई पनि कार्यन्वय गर्न मापदण्ड बनाएको हो । जुन मापदण्डले अपाङगता भएका व्यक्तिले कसरी पढने, सेवा सुविधा कसरी पाउने, अभिभावको काम, संघ, प्रदेश र स्थानीय तहको अधिकारहरु स्पष्ट पार्न यो मापदण्ड बनाएको छ । त्यसको छलफल गर्दै अहिले देशभरीको जिल्लाहरुमा अपाङ्गता भएका व्यक्ति सरोकारवालाहरुसँग सुझाब संकलन गर्दै आएका छौं,’ उनले भने । छलफबाट आएको सुझाब समावेश गर्दै अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०८१ यही चालु आर्थिक वर्ष भित्रमा ल्याउने उनले बताए । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमले अपाङगता भएका व्यक्तिहरुलाई अध्यापन गराउने दक्ष शिक्षक प्रयाप्त नभएको कारण समस्या भएको बताए । उनले अटिजम बौद्धिक अपाङगता भएका व्यक्तिहरुलाई पठनपाठन गराउने प्रयाप्त शिक्षक नभएको कारण समस्या भएको भन्दै दक्ष जनशक्ति उत्पादन गराउनेतिर लाग्नुपर्ने सुझाब दिए । त्यसैगरी नेत्रहिन यूवा संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले सांकेतिक भाषा, ब्रेन लिपि तथा वैकल्पिक माध्यमबाट अपाङगता भएका बालवाकिलाहरुलाई समावेशी शिक्षा दिनुपर्ने बताए ।
विराटनगर । विराटनगर महानगरपालिका ५ बरगाछी अगाडी सवारी दुर्घटनामा परी नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनमा सहभागी एक जना प्रतिनिधिको मृत्यु भएको छ । आइतबार रातीदेखि चलेको बन्द सत्र स्थगित भएपछि होटेल फर्कने क्रममा आइतबार राती...
नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी नाम गरिएका व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको जनाएको छ । एमालेको प्रचार विभागमा एम अधिकारी पनि सदस्य भएपछि ती व्यक्ति गभर्नर...
विराटनगर, असार १–प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला...
विराटनगर । प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगितामा विराटनगरको रंगशाला भेट्रान्स फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । ग्रामथान गाउँपालिका ७ गणेश माविको खेल मैदानमा बुधबार भएको खेलमा जनता भेट्रान्स क्बललाई ४–२ गोलले टाइब्रेकरमा...
विराटनगर, जेठ १०–बन्दाबन्दीका कारण विहान बेलुका हातमुख जोर्न समस्या भएका विपन्न परिवारहरुलाई आज यहाँ युवा समूहले खाद्यान्न राहत वितरण गरेका छन् । विराटनगर महानगरपालिका वडा नं ११ का युवा मनिष गुरुङ एवं समूहले आफ्नो व्यक्तिगत...
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले यहाँ आज आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा ‘दोलखाली...
बूढानीलकण्ठ, १२ जेठ -बूढानीलकण्ठ नगरपालिकामा थप १ जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ– ३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए । कोरोना...
विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरी हवल्दार रमेश निरौलासहित तीन जना नगर प्रहरीलाई जागिरबाट हटाएको छ । नगर प्रहरीले विराटनगर ७ कोशी अस्पताल अगाडि स्नेहा फार्मेसीका संचालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई...