नोवेल साकोसद्वारा स्रष्टा सम्मान

 न्यूज विराट
नोवेल साकोसद्वारा स्रष्टा सम्मान

विराटनगर । विराटनगरस्थित नोवेल साकोस साहित्यिक संस्थाको आयोजनामा सम्मान तथा काव्यगोष्ठी सम्पन्न गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा साकोसले कवि जमुना पौडेललाई सम्मान गरेको छ ।

कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, प्रेस युनियन कोशी प्रदेश अध्यक्षसमेत रहेका युवाकवि मीनकुमार नवोदित, आयोजक संस्थाकी अध्यक्ष मञ्जु घिमिरे दाहाल, साहित्यकार देवी पन्थी, मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
त्यसैगरी काव्यगोष्ठीमा कवि हरि कट्टेल, प्रयाग न्यौपाने, उमेश लुइँटेल, मीनकुमार नवोदित, लक्ष्मी रायमाझी, भवानीप्रसाद पोखरेल, रोहिणी रसिक, रेनुका राई, उमानाथ भट्टराई, आयुष्मा कार्की, लक्ष्मी पोखरेल, प्रिन्स प्रमोद ढकाल, मदन भण्डारी, रामप्रसाद दाहालले सिर्जना वाचन गरे । त्यस्तै शरद प्रधानाङ्ग, शान्त भट्टराई, बरुण मिश्र, चन्द्रकान्त भट्टराई, रञ्जना कोइराला, मञ्जुरी भट्टराई, नानुमैया दाहाल, पुष्पा सायरा, ऋषि तिवारी, भूपाल अधिकारी, कुमार श्रेष्ठ, आज्ञा राई, अनुप कार्की, आकृति राई, मणि दाहाल, कस्मित खतिवडा, विश्वनाथ भट्टरार्ई, केशव रिजाल, वासुदेव नेपाल, चित्रप्रसाद दाहाल, शिखर भट्टराई, सुजा चापागाईं, शुभकुमारी राई, सुजाता राईलगायत चार दर्जनभन्दा बढी स्रष्टाहरुले आ–आफ्ना कविता, मुक्तक, गजल, गीत प्रस्तुत गरेका थिए ।
साकोसले हरेक महिनाको तेस्रो शनिबार नियमित साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष मञ्जु घिमिरे दाहालले जानकारी दिइन् । स्रष्टाहरुलाई मञ्च प्रदान गर्नका लागि तेस्रो शनिबार दाहाल प्रतिष्ठानको सभाहलमा एकजना साहित्यकारलाई सम्मानसहित काव्यगोष्ठी निरन्तर रुपमा सञ्चालन गरिने उनको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका विराट साहित्य संगमका संस्थापक अध्यक्ष बलराम पोखरेल, विशिष्ट अतिथि कवि एवं पत्रकार, पत्रकार वरुणकुमार मिश्र, साहित्यकार देवी पन्थी, आयोजक संस्थाका उपाध्यक्ष भूपाल अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

सम्बन्धित समाचार

काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प छैन : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीयतालाई स्थापित र संस्थागत गर्न काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प नभएकाे बताएका छन् । नेपाल क्षयराेग निवारण संस्थाकाे ४४ अैां केन्द्रीय सभाकाे वार्षिक अधिवेशनमा शुक्रबार मुख्यमन्त्री...

२ अर्ब बढीको मेडिकल सामग्री खरिद गरेको सेनालाई ढुवानी खर्च थप २५ करोड लाग्ने

नेपाली सेनाले मेडिकल सामग्री खरिदका लागि चीनको चिनियाँ सिनो फार्म इन्टरनेसनल कम्पनीसँग सम्झौता गरेको छ । चीनबाट ल्याउने भनिएको ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सिनो फार्मसँग सेनाले २ अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता...

प्रदेश १ मा संक्रमितको संख्या २ हजार १० पुग्यो

विराटनगर, ३२ साउन-प्रदेश १ मा आइतबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सवैभन्दा धेरै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र...

प्रदेश २ को चौथो अधिवेशन सुरू

जनकपुर, २२ जेठ-प्रदेश २ सरकारको प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरू भएको छ । बजेट ल्याउनु पर्ने चटारोका कारण प्रदेश २ को चौथो अधिवेशन कोरोना महामारीको त्रासकाबीच सुरू भएको हो । अधिवेशनमा प्रस्तुत गरिएकोे आगामी आर्थिक...

भारु १ हजार लिएर भारतीयलाई सीमा कटाउन खोज्ने पक्राउ

विराटनगर, बैशाख ३०–भारतीय मजदुरसंग रकम लिएर सीमा कटाउन खोज्ने दुईजनालाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । विराटनगर–१८ भेडियारी स्थित एकिकृत जाँचपास चौकी(आइसिपी) नजिकै दशगजाक्षेत्रबाट प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका २ जना विराटनगर–६...

नेपाल मेडिकल कलेज तोडफोड प्रकरण : छानविन गरी दोषीलाई कारवाही गर्न प्राइभेट मेडिकल कलेजको माग

विराटनगर । नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा अस्पताल तोडफोड गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गालीगलौज गरि अभद्र व्यवहार गरिएको घटनाको निन्दा गर्दै प्रशासनले घटनाको अनुसन्धान गरी दाषीलाई कारवाही गर्न एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल...

मदिरा पिएर आफ्नै घरमा आगजनी

पोखरामा १ व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् । महानगरपालिका छोरेपाटन-१७ का जनकराज पौडेलले मादक पदार्थ सेवन गरी सोमबार १० बजे आफ्नै घरमा आगो लगाएका हुन् । आगलागीबाट घरमा रहेका लत्ताकपडा, फर्निचर, भाडाँकुडा, धनमाल सबै...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं, जेठ २–सरकारको नीति तथा कार्यत्रम संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे संयुक्त बैठकमा नीति तथा कार्यत्रम प्रस्तुत गर्ने छिन् । नीति तथा कार्यक्रम पेस गर्न संसद्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्