कक्षा १२ को नतिजा सार्वजनिक, विराटनगरको कुन विद्यालयको कस्तो नतिजा ?

 न्यूज विराट
कक्षा १२ को नतिजा सार्वजनिक, विराटनगरको कुन विद्यालयको कस्तो नतिजा ?

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा विराटनगरका निजी र सामुदायिक विद्यालयको उत्कृष्ट नतिजा ल्याएका छन् । यहाँका विद्यालयहरुले आ–आफ्नै दावी गरेका छन् ।

विराटनगर – ३ मा रहेको पोखरीया माविको कक्षा १२ को परीक्षामा ७५.४५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजानिक गरेको नतिजा अनुसार पोखरीयाबाट ३ सय ३३ जना विद्यार्थीले दिएको परीक्षामा २४९ जना विद्यार्थीले ग्रेड प्राप्त गर्न सफल भए अर्थात् उत्तीर्ण भएका छन्। जसमध्ये ३.६ जीपीए भन्दा माथि ल्याउने ११ जना, ३.२ जीपीए देखि ३.६ जीपीएसम्म ल्याउने ७३ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ८८ जना, २.४ देखि २.८ जीपीए सम्म ल्याउने ६८ जना, २.जीपीए देखि २.४ जीपीएसम्म ल्याउने ९ जना विद्यार्थी रहेको स्कुलका प्रधानध्यापक खेमराज भट्टराईले जानकारी दिए । ८४ जना विद्यार्थी एनजी भएका छन् ।

यसैगरी निजीतर्फ शिक्षादीप कलेज विराटनगरको विज्ञान विषयतर्फ विनय प्याकुरेलले ३.९१ जीपीए र प्रशान्त कार्कीले ३.८८ ल्याएका छन् । म्यानेजमेन्टतर्फ तुलसी खतिवडाले ३.७७ जीपीए ल्याएर उत्तिर्ण भएको प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिएका छन् ।

यसैगरी आदर्श माध्यमिक विद्यालयबाट ३४१ जना सहभागी भएकामध्ये २९२ जना उत्तिर्ण भएको विद्यालयका प्राचार्य सन्तोष पोखरेलले जानकारी दिएका छन् । आदर्शमा ३ जीपीए भन्दा माथि ४६ जना विद्यार्थी उत्तिर्ण भएको जानकारी दिइएको छ । विद्यालयका ४९ जना विद्यार्थी नेन–ग्रेड रहेका छन् ।

यसैगरी विराटनगरको बिकेभिएम स्कुलकी विद्यार्थीले सिर्जना घिमिरेले ३.९६ जीपीए ल्याएर उत्तिर्ण भएको दावी गरिएको छ । विद्यालयका ७६ जना विद्यार्थीले ए प्लस ल्याएको दावी छ । यसैगरी भानु मोरङ कलेज विराटनगरको साइन्सतर्फ ४१ जनामध्ये ३८ जना विद्यार्थी उत्तिर्ण भएको जानकारी दिइएको छ । तीनजना विद्यार्थी नन–ग्रेड भएका छन् ।

मेरील्याण्ड कलेजका विद्यार्थीले सर्वोत्कृष्ट नतिजा ल्याएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले दाबी गरे । ६४५ जना विद्यार्थीले १२ को परीक्षा दिएको मध्ये दर्शिल बस्नेतले ३.८७ जिपिए र जतिन अग्रवालले ३.८७ जिपिए ल्याएको कलेजका प्रिन्सिपल ढकालले जानकारी दिए । उनका अनुसार ३.८७ ल्याउने दुई जना, ३.८६ जिपिए ल्याउने ४ जना, ३.८५ जिपिए ल्याउने ३ जना, ३.८१ जिपिए ल्याउने ६ जना, ३.७५ देखि ३.७८ जिपिए ल्याउने १४ जना, ३.६१ देखि ३.७५ जिपिए ल्याउने ८६ जनासहित ए प्लस ल्याउने ११५ जना, ए ल्याउने २९० जना, बी प्लस ल्याउने १८६ जना र बी ल्याउने ३० जना विद्यार्थी रहेका छन् ।

यसैगरी कान्तिपुर कलेज विराटनगरले ९२.३ प्रतिशत विद्यार्थी उत्तिर्ण गरेको दावी गरेको छ । विज्ञान र व्यवस्थापनका ७९८ जना विद्यार्थीमध्ये मन्जु अधिकारीले ३.८६ जीपीएसहित ३.६१ देखि ४ जीपीए ५३ जना र ३।२० देखि ३.६० जीपीए १३५ जनाले ल्याएको दावी छ ।

सम्बन्धित समाचार

मुख्यमन्त्री राईसँग मन्त्रीहरूको कार्यसम्पाद सम्झौता

विराटनगर,  १६ असोज-प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका हुन् । शुक्रबार आर्थिक मामिला...

आज केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २१ भदौ-आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसाे प्रदेश- १,  बागमती र गण्डकी प्रदेशका केही स्थानमा...

प्रदेश १ मा १० जना संक्रमित थपिए

विराटनगर, १० साउन–प्रदेश १ मा आज १० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५, सुनसरीमा २, झापा, ते¥हथुम र खोटाङमा १÷१ जनामा संक्रमण देखिएको छ । मोरंगको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २...

टी – २० क्रिकेट प्रतियोगिता : आर्मी सेमिफाइनलमा, दोस्रो खेलमा वागमतीको पहिलो जित

विराटनगर । टी–२० क्रिकेट प्रतियोगितामा क्रिभुवन क्लवको आर्मी र वागमती विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गर्दै सेमिफाइलनमा पुगेको हो ।आर्मीसँग...

कोशी सरकार गठन विरुद्धको रिटमा सुनुवाई  सकियो, रिट ‘हेर्दाहेर्दै’मा

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्तीका विषयमा सर्वाेच्चमा परेको रिटको  सुनुवाइ सकिएको छ । बुधबार  बहस  सकिएको हो । मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।  दुवै पक्षको सुनुवाइ सकेपछि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,...

भारतमा एकैदिन थपिए ६७ हजार कोरोना संक्रमित 

एजेन्सी, साउन २९-भारतमा गत २४ घण्टामा झण्डै ६७ हजार कोरोना संक्रमित थपिएका छन् । भारतीय सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९ सय ९९ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । केन्द्रीय...

मोरङको कानेपोखरीमा डुबेर एक बालिकाको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ । शनिबार बेलुका कानेपोखरी गाउँपालिका – ६ की उषा मगरको घरमा बस्दै आएकी ८ वर्षीय बालिका तुलसा रानामगरको ज्यामिरे भलुवा खोलामा डुबेर मृत्यु भएको...

विराट मेडिकल कलेजमा ३७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु 

मोरङ, ५ असोज-ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताए ।  उच्च रक्तचाप र  कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्