सन्तोषी श्रेष्ठ र कला डाँगी सम्मानित

 न्यूज विराट
सन्तोषी श्रेष्ठ र कला डाँगी सम्मानित

विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशले दुई जना महिला नेत्रीलाई सम्मान गरेको छ । खेलकुद विकास बोर्डका संस्थापक सदस्य, नेकपा एमाले केशी प्रदेश सदस्य तथा नेपाल खेलकुद महासंघका स्थायी कमिटि सदस्य सन्तोषी श्रेष्ठ र नेपाल सौन्दर्यकर्मी युनियन कोशी प्रदेशकी अध्यक्ष तथा समृद्ध समाज नेपालको अध्यक्ष कला डाँगीलाई सम्मान गरेको हो ।

सम्मानित भएका श्रेष्ठ र डाँगीलाई पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरले कदर पत्र प्रदान गरेर सम्मान गरेका थिए । उनीहरुले विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सफलता पुर्वक सम्पन्न गराएको भन्दै सम्मान गरेको हो । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा उक्त तालिम भएको थियो । बुधबार देखि सुरु भएको सो तालिम शुक्रबार सम्पन्न भएको छ ।
आत्मरक्षा तालिममा मोरङका सामुदायिक विद्यालयका ८, ९, १० र १२ कक्षामा अध्ययरत १०८ जना किशोरीहरुको सहभागि रहेको थियो ।

सम्बन्धित समाचार

चीनमा एकै दिन थपिए ९९ संक्रमित

एजेन्सी, चैत ३०-चीनमा कोरोना भाइरस (कोभिड-१९) का करिब सय नयाँ 'केस' भेटिएका छन् । चीनमा कोरोना भाइरस संक्रमणका ९९ केस भेटिका हुन् । पछिल्लो हप्तामा देखिएका नयाँ संक्रमितमध्ये शनिबारबार भेटिएका सबैभन्दा धेरै हुन् । नयाँ...

एमालेको पुरानो कमिटी ब्युँताउन अध्यक्ष ओली तयार

काठमाडौं, जेठ १९ । एमाले अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार हुनुभएको छ । कांग्रेस र माओवादी नेतृत्वको बिपक्षी गठबनधनमा सहभागी माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटनगरस्थित महेन्द्र रात्रि माध्यामिक विद्यालयमा निःशुल्क दन्त शिविर

विराटनगर, २० मंसिर । विभिन्न सामाजिक कार्यहरु निरन्तर गरिरहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निशुल्क दन्त शिविर र जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । वरिष्ठ दन्त चिकित्सक डा. अभिषेक कुमार र उनको टोलीसँगको सहकार्यमा...

विराट एक्स्पोमा नगद छुटदेखि विभिन्न उपहारसम्म

विराटनगर, फागुन ४–विराटनगरमा जारी विराट एक्स्पोमा उद्योगी र व्यापारीहरुले नगद छुटदेखि विभिन्न उपहार योजनाहरू ल्याएका छन् । एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न बिक्रेताहरूले नगददेखि विभिन्न उपहारहरूको व्यवस्था गरेको बताएका छन् । क्वालिटी थाइफुडका बाबुराम पोखरलेलले स्टलमा...

प्रदेश १ मा ९२ संक्रमित थपिए, ५० जना डिस्चार्ज

विराटनगर, १७ मंसिर–प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २६, सुनसरीमा २१, मोरंग, र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

कान्छी श्रीमती ल्याएको चाल पाएपछि बहुविवाह मुद्धा दर्ता

विराटनगर, २७ कात्तिक–मोरङको उर्लाबारी नगरपालिका–४ कि तारा गहतराजले पति र उनकी कान्छी श्रीमती विरुद्ध बहुविवाह मुद्धा दर्ता गराएकी छन् । पति दिवस गहतराजले कान्छी श्रीमती ल्याएको चाल पाएपछि आफुमाथि अन्याय भएको भन्दै जेठी श्रीमती ताराले...

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

९ असोज-नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन् । जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा...

कोरोनाका शंकास्पद व्यक्तिको नमुना परीक्षण अब विराटनगरबाट पनि

कोरोना भाइरस (कोभिड-१९) को शंकास्पद बिरामीको नमुना परीक्षण विराटनगरबाट पनि गरिने भएको छ । कोसी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमुना परीक्षण गरिने भएको हो । विराटनगरबाट कोरोना परीक्षणका लागि आवश्यक तयारी गरिएको प्रदेश-१ का सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्