विराटनगर । मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ । प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक विद्यालयलाई प्रविधिको प्रयोग हुन थालेको हो ।
कटहरीमा रहेको ३ मावि र १६ वटा सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाए अगाडी बढाउन पालिका लागि परेको कटहरी गाउँपालिका अध्यक्ष देबराज चौधरीले बताए । प्रविधिको उपयोग गरेर शिक्षण सिकाइ उपलब्धी बनाउन लागि परेको उनले बताए । तेही अनुसार गाउँपालिकाले आइतबार एलइडी, खेलकुदका सामाग्री, शैक्षिक सामाग्रीलगायतका विभिन्न सामाग्रीहरु बितरण गरेको छ । केही दिन भित्रमा वाइटबोर्ड पनि बितरण गर्दैछ । यसअघि पनि यहाँको सामुदायिक विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ ।
गाउँपालिकाले विद्यालयहरुमा डिजिटल हाजिरीको शुरुवात गरेको छ । डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुग्ने विद्यालयले अपेक्षा गरेको छ । शिक्षक समयमै उपस्थित हुने, पूरा समय अध्यापन गर्ने कार्य गरे शैक्षिक सुधारका धेरै सूचक पूरा हुने अध्यक्ष चौधरीले बताए । ‘कम्प्युटर कक्षा मल्टीमिडिया प्रयोग गरेर पढाउन शुरु गरिएको छ । गाउँपालिका भित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउने हाम्रो योजना हो । त्यसै अनुसार अहिले पालिका भित्र रहेका विद्यालयहरुमा प्रविधिका सामाग्रीहरु वितरण गरिएकोे छ,’ अध्यक्ष चौधरीले भने । प्रविधीसँग जोडेर विद्यार्थीहरुको शिक्षण सिकाइ उपलब्धी मुलक बनाउनुको साथै गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको उनले बताए । ‘शिक्षाको सार्थक परिणामका लागि गाउँपालिका लागि परेको छ । प्रविधिसँगै शिक्षालाई अद्यावधिक गर्नसके शैक्षिक रुपान्तरण गर्न सहज हुने छ,’ उनले भने , ‘प्रविधिसँग जोडेर विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्ने गाउँपालिको योजना रहेको छ । अहिले हामी यसरी योजनाबद्ध तरिकाले अगाडी बढेका छौं ।’
विराटनगर,४ माघ । फरक क्षमता भएकाहरुका लागि दिएको तालीम उपयोगी हुनेका साथ सजह जीवनयापनमा सहयोग पुग्ने सरोकारबालाहरुले बताएका छन् । व्यवहारीक रुपमा उपलव्ध गराइएको तालीमले अपाङगता ऐन, अपाङगता परिचय पत्र, प्रजातान्त्रिक नेतृत्वमा सम्वन्धमा अविश्वमरणीय रहेको...
विराटनगर । विज्ञान संकायमा मात्रै होइन व्यवस्थापन र होटल म्यानिजमेन्टको क्षेत्रमा पनि अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी व्यवस्थापन...
काठमाडाैं, २९ वैशाख-सत्तारूढ नेकपाका सांसद पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ३ महिनापछि संसदमा बोलेका छन् ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि बढाउँदा स्वीस कम्पनीका नेपाली एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि...
काठमाडौं, १५ वैशाख-शङ्खमूल बस्दै आएकी शर्मिला तामाङले घरबेटीले पटकपटक ताकेता गरेपछि गत साता घरभाडा तिरिन् । कहिले भारी बोक्ने त कहिले भाँडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आएकी उनलाई खानै धौधौ परेको थियो । काठमाडौंको...
जनकपुर, १४ वैशाख-आरडीटीमा पोजिटिभ देखिएकी पर्साको वीरगञ्जकी १ युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आज बिहान मृत्यु भएको हो । ब्लडक्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै...
मोरङ, २३ वैशाख-प्रदेश-१ मा द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने परीक्षणबाट आजसम्म ८ हजार ३५ जनाको नमुना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ...
अन्तरिक्षमा अनियन्त्रित बनेको चीनको सबैभन्दा ठूलो रकेट मालदिभ्सनजिकै हिन्द महासागरमा खसेको छ । रकेटको धेरैजसो भाग वायुमण्डलमै जलेको स्पेस इन्जिनियरिङलाई उद्धृत गर्दै चिनियाँ मिडियाले उल्लेख गरेका छन् । अन्तरिक्षमा चासो राख्ने संसारका थुप्रै मानिसले चीनको ‘लन्ग...
काठमाडौं, १५ जेठ-सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा बढाउँदै थप २ लाख नागरिकलाई रोजगारी दिने लक्ष्यसहित ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । आफ्नो गाउँ आफैँ बनाऔँको भावनाअनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणमा...