कटहरीले ल्यायो ७८ बुद्धे नीति तथा कार्यक्रम : कृषी, स्वास्थ्य र पूर्वाधारलाई प्राथामिकता
बिहिबार, ०६ असार, २०८१,
न्यूज विराट
विराटनगर । कटहरी गाउँपालिकाले शिक्षा, कृषि, उद्योग र पूर्वाधारलाई मुख्य प्राथामिकतामा राखेर आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले ७२ बुद्धे आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिहीबार दोस्रो अधिवेशनको पाँचौ गाउँसभामा प्रस्तुत गरेका हुन् । उनले कृषी, स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई मुख्य प्राथामिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको बताए ।
गाउँपालिकाले सबै बालविकास कक्षाहरुमा एलसीडि टिभी व्यवस्था गरी प्रविधिमैत्री शिक्षण शिक्षालाई अगाडी बढाउने भएको छ । यसैगरी विद्यालय उमेरका सबै बालवालिकाहरुको लागि सहज गुणस्तरीय शिक्षा उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आगमी आर्थिक वर्षमा १५ शैय्याको अस्पताल निमार्ण गर्ने भएको छ । १५ शैय्याको अस्पताल निमार्णको लागि न्यूनतम १५ कठ्ठा जग्गा निः शुल्क प्राप्त गर्ने प्रकृया सम्पन्न गरी संघीय सरकारसँगको सहकार्यमा अस्पताल निमार्ण गरिने अध्यक्ष चौधरीले बताए । कृषकहरुलाई पशुहरुको विरामीको अवस्था जाँच गरी जुकाको औषधी देखि एन्टीबायोटिक्स औषधीसम्म निःशुल्क वितरण गर्ने भएको छ ।
एजेन्सी, १४ असार ।बंगलादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यावसायिक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्...
विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित...
काठमाडौं ३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । १० दिनपछि बस्ने गरी बुधबारको बैठक सकिएको हो । आज बसेको बैठक १० दिनपछि पुन: बस्ने गरी सम्पन्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस...
चितवन, माघ ८–नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो । राति साढे ९...
काठमाडौं, १७ वैशाख-पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको विवादबारे पहिलोपटक मुख खोलेका छन् ।नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहँदा मौन रहँदै आएका महराले विज्ञप्ति जारी गरेर दलहरुबीच आन्तरिक एकता कायम गरी संवाद, सहमति...
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । बानेश्वरस्थित एक होटलमा बसेको नेपाल समूहको बैठकले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने...
विराटनगर, २८ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...
काठमाडौं, १५ असोज-नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ । निगमले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए...