खैरो हिरोईनसहित २ जना पक्राउ

 न्यूज विराट
खैरो हिरोईनसहित २ जना पक्राउ

विराटनगर । लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका वडा नं. ९ डाईनिया बजारमा रहेको बोलबम पेट्रोल पम्प अगाडीबाट लागूऔषध खैरो हिरोईनसहित दुई जनालाई पक्राउ गरेको हो ।

लागूऔषध ओसारपसार तथा बिक्री बितरण गर्दै आएको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएका प्रहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ । लागूआौषधसहित प्रहरीले भारत राज्य विहार जिल्ला अररिया, पोखरिया पञ्चायत वडा नं. ३ बस्ने वर्ष १९ का राहुल राजा र सुनबर्षी नगरपालिका वडा नं. ९ डाईनिया बस्ने बर्ष २४ का आदर्श दास पक्राउ गरेका परेका हुन् ।

उनीहरुको शरीर समेतको रितपुर्वक खानतलासी गर्दा राहुल राजाले दाहिने हातमा मुठ्ठी पारी लुकाईएको अवस्थामा कालो रंगको प्लाष्टिकको पोका फेला परेको र उक्त पोका खोली हेर्दा सेतो रङको प्लाष्टिकमा लागू औषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञान्देन्द्र बहादुर बस्नेतलले जानकारी दिए ।
उनीहरुले उनीहरुको साथबाट ६०.८५ ग्राम लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

पुर्व प्रहरीको दक्षता र विज्ञतालाई राज्यले सदुपयोग गर्नुपर्नेमा जोड

विराटनगर । पुर्व प्रहरीको दक्षता र विज्ञतालाई राज्यले सदुपयोग गर्नुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।नेपाल पूर्व प्रहरी संगठन परिवार केन्द्रीय कार्य समितिको दास्रो वार्षिक साधारणसभा तथा विराटनगर महानगर कार्यसमितिको दोस्रो अधिवेशनमा सहभागिहरुले...

कोरोनाका कारण टिकटमै गुम्यो सर्वसाधारणको करोडौँँ रुपैयाँ

वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ ।सरकारले हवाई कम्पनीलाई उड्न नपाएको रकम फिर्ता गर्न निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको...

मनसुन थप सक्रिय : धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी-पहिरोको जोखिम उच्च

काठमाडौँ, ७ भदौ । मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् ।यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि...

आमा-बाबुमा संक्रमण पुष्टि, एकवर्षे छोरामा भने देखिएन कोरोना

दैलेख, १४ जेठ-दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कोरोना सङ्क्रमित दम्पतिसँगै एकवर्षे बालक साथमा छन् । आरडीटी परीक्षण गरिएकामध्ये दम्पतिको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब सङ्कलन गरेर सुर्खेत प्रयोगशाला हुँदै नेपालगञ्ज पठाइएको थियो, रिपोर्टमा आमाबाबुको पोजेटिभ आए...

दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु

बुटवल, कात्तिक १ । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा डुवेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका ४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।...

घूस माग्ने विद्युत् प्राधिकरणका सुपरभाइजरविरुद्ध मुद्दा

काठमाडौं, १ जेठ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहालविरुद्ध मुद्दा दायार गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा उनीविरुद्धको मुद्दा दायार गरेको हो । रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल...

एसइई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, २७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत...

इगो त्यागेर पार्टी एकताको बाटोमा अग्रसर हुन सवै नेता कार्यकर्तालाई झलनाथको अपिल

काठमाडौं, असार २ । एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इगो त्यागेर पार्टी एकताको बाटोमा अग्रसर हुन सवै नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ । केही दिनदेखि अस्वस्थ भई नर्भिक अस्पतालमा उपचाररत नेता खनालले थप उपचारका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्