गृहमन्त्री भएको कार्यक्रमदेखि एक सय मिटर अगाडी प्रदेश योजना आयोगको गाडीमा आगजनी

 न्यूज विराट
गृहमन्त्री भएको कार्यक्रमदेखि एक सय मिटर अगाडी प्रदेश योजना आयोगको गाडीमा आगजनी

विराटनगर । गृहमन्त्री रवि लामिछाने विराटनगर आएको बेलमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडी विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीहरुले आगजनी गरेका छन् । उनीहरूले आज विहान साढे १० बजे को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् ।

गृहमन्त्री लामिछाने उपस्थित भएको राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी आज विहानदेखि विराटनगरस्थित बिग होटलमा सुरु भइरहेको छ । उक्त कार्यक्रम स्थलदेखि करिब एक सय मिटर दक्षिण पुर्वमा गाडी आगजनी भएको हो ।

मोरङको रंगेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी)माथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरुलाई पक्राउ गरेको थियो । उनीहरुको रिहाईको माग राख्दै विद्यार्थीहरू शुक्रबारदेखि आन्दोलित रहेका छन् ।
पक्राउ परेको समूहले आफू विद्यार्थी रहेको र निजी विद्यालयहरुले आफूखुसी कानुन विपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाए भन्दै जेष्ठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको थिए ।

उनीहरुले यसअघि विराटनगरको रोडशेष चोकमा केही समय सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । पक्राउ परेका नेपाल विद्यार्थी संघका सदस्य दीपक सहितको टोलीलाई बिना शर्त रिहाई नगरे थप आन्दोलन गर्ने उनीहरुले बताएका छन् ।
प्रक्राउ पर्ने विद्यार्थीहरुमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन् । उनीहरुको पक्राउ परेका सबैलाई बिनासर्त रिहाई गरिनुपर्ने माग रहेको छ ।

सम्बन्धित समाचार

जम्मु र काश्मिरमा ९३ जना आतंककारी मारिएको दाबी

एजेन्सी, जेठ २६-भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा पछिल्लो ६ महिनामा कम्तीमा पनि ९३ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । भारतीय प्रहरीले सो क्षेत्रमा गएको६ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी...

मौद्रिक नीतिमार्फत घरजग्गा र सेयरधितो कर्जामा थप कडाइ

काठमाडौं- मौद्रिक नीतिमार्फत घरजग्गा र सेयरधितो कर्जामा थप कडाई गर्ने निष्कर्षमा नेपाल राष्ट्र बैंक पुगेको छ। जसका कारण सेयर बजार र घरजग्गा व्यवसायीका लागि आजदेखि सुरु भएको आर्थिक वर्ष पनि फलदायी नहुने देखिएकाे छ। नेपाल...

पीसीआर परीक्षणको मूल्य समायोजन

काठमाडौं, १५ भदौ-सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको मूल्य समायोजन गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार समायोजन भएको मूल्यअनुसार अब बढीमा ४ हजारमा पीसीआर परीक्षण गर्न सकिने छ ।...

चुनावको सम्पूर्ण तयारी सकियो : आयोग

निर्वाचन आयोगले आसन्न चुनावको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यलयबाट सम्पूर्ण तयारी सकिएको आयोगले जनाएको हो । चुनाव हुनुअगावै ३५५ जना निर्विरोध निर्वाचित भएका छन् भने ६ वडाध्यक्षसहित...

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको बैठक पर्यटकीय क्षेत्र जेफालेमा सम्पन्न

विराटनगर, १५ चैत । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको पूर्ण बैठक जिल्लाकै शुन्दर पर्यटकीय क्षेत्र जेफालेमा सम्पन्न भएको हो । महासंघको दोस्रो पूर्ण बैठक मोरङको केराबारी गाउँपालिका–२ स्थित पर्यटकिय क्षेत्र जेफालेमा सम्पन्न भएको...

प्रेस युनियन सुनसरीले १ सय ५० पत्रकारको वीमा गर्ने

विराटनरगर, जेठ ४–प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क वीमा सुरु गरेको छ । कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ सुनसरी आबद्ध तथा जिल्लामा क्रियासिल गरि १५० जना पत्रकारको...

लखनऊमा थपिए ८ नयाँ संक्रमित, १४ जनाको मृत्यु

एजेन्सी, बैशाख ५-उत्तर प्रदेशको राजधानी लखनऊमा ८ नयाँ सक्रमित भेटिएका छन् । भेटिएका संक्रमितमध्ये ५ जना सदर, ३ जना नजिराबादका हुन् । उनीहरूको बुधबार परीक्षणका लागि स्याम्पल लिएइएको थियो । उत्तर प्रदेशमा संक्रमितको संख्या ८...

अन्तर स्कुल क्रिकेट प्रतियोगिता, सरस्वती र सत्यनारायण स्कुल सेमिमा

विराटनगर । विराटनगरमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र सत्यनारायण स्कुल विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्