विराट क्षितिजमा नयाँ व्यवस्थापक, दक्ष शिक्षकबाट बीएसी सिएसआइटी र बीसिए कार्यक्रम
शनिबार, १९ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर – २ मा रहेको विराट क्षितिज कलेजमा नयाँ व्यवस्थापकिय टिम आएको छ । नयाँ आएको व्यवस्थापकिय टिमले अनुभवी र दक्ष शिक्षकहरू राखेर नयाँ शैक्षिक शत्रबाट बीएससी सिएसआइटी र बीसिए कार्यक्रम संचालन गर्ने भएको छ ।
कलेज परिसरमा शनिबार पत्रकार सम्मेलन गरी आइटिको क्षेत्रमा विराट क्षितिज कलेजलाई स्थापित गर्ने उद्देश्यले दक्ष शिक्षक र प्रध्यापकहरू राखेर कार्यक्रमहरू संचालन गर्ने योजना रहेको जानकारी गराएको हो ।
कलेजका संचालक दिनेश दाहालले नयाँ आएको व्यवस्थापकीय टिमले विराटनगरमा प्रविधिको क्षेत्रमा एक अब्बल शैक्षिक संस्थाको रुपमा विराट क्षितिज कलेजलाई स्थापित गर्ने योजना बनाएर अगाडी बढेको बताए । ‘त्यसको लागि हामीसँग प्रयाप्त मात्रमा पूर्वाधार र आइटिको ल्याब रहेको छ । थप नयाँ टेक्नोलोजीको बारेमा अपग्रेड बढाउनको लागि काठमाण्डौंबाट पनि हामी दक्ष प्राविधिक भित्र्याउने छौं र विराटनगरमा आइटि कलेजको रुपमा विराट क्षितिजलाई परिचित गराउने हाम्रो योजना रहेको छ,’ संचालक दाहालले भने ।
कलेजको नयाँ व्यवस्थापकिय र प्रशासकीय नेतृत्व दिनेश दाहाल, ज्ञानेन्द्र कार्की र कान्तिपुर एजुकेशन फाउन्डेशन मोरङ प्रालिले गर्नेछन् । प्रावाधिक शिक्षाको माग विश्व बजारमा बढीरहेकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने सक्षम र दक्ष जनशक्ति उत्पादन गर्दै अगाडी बढने अर्का संचालक ज्ञानेन्द्र कार्कीले बताए । कोशी प्रदेशको राजधानी रहेको विराटनगर शैक्षिक हबको रुपमा विकास भइरहेको अवस्थामा नयाँ व्यवस्थापकीय टिमले संचालन गरेको विराट क्षितिजले थप शिक्षा क्षेत्रमा थप नयाँ उचाइ हासिल गर्ने कान्तिपुर एजुकेशन फाउन्डेशनका प्रिन्सिपल भुवन नेपालले बताए । त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको विराट क्षितिजमा बीएससी सिएसआइटीमा ३६ र बी सिएमा ३५ जना विद्यार्थीको कोटा रहेको छ । सीमित विद्यार्थी भर्ना गरेर गुणस्तरीय शिक्षासँगै सिपयुक्त दक्ष जनशक्ति प्रदान गर्ने उनले बताए ।
विराटनगर, असार १८| फर्जि साधारणसभा, संस्थापक र साधारणसदस्यहरुको हस्ताक्षर किर्ते, आर्थिक अनियमितता, करछलीलगायतको पर्दाफास भएका विराटनगर स्थित मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा फेरी अर्को खुलासा भएको छ । दलित...
विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा इलाम र झापाले रोमाञ्जक जित निकालेको छ । बिहीबार भएको खेलमा इलामले घरेलु टिम मोरङलाई र झापाले सुनसरीलाई हराएको हो ।विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा...
काठमाडौं, ३ असार -नेपाल-भारतको सीमा क्षेत्र दार्चुलाको कालापानी निरीक्षण भ्रमणमा गएका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनाल दार्चुला पुगेका छन् । उनीसँगै नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी...
विराटनगर, २४ मंसिर–प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने भएको छ । अस्पतालबाट निस्किएका फोहोरको व्यवस्थापन अव्यवस्थित हुँदा संक्रमण फैलिने गरेको विभिन्न अनुसन्धानबाट देखिएकाले यसलाई व्यवस्थित गरिने भएको हो । प्रदेश १ का सामाजिक विकास...
विराटनगर । नेपाल विद्युतिय व्यवसायी महासंघका महासचिब गोपाल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न १३औं साधारण सभा तथा ५औं अधिवेशनबाट अग्रवाल सर्वसम्मत रुपमा महासचिवमा निर्वाचित भएका हुन् ।अग्रवाल विराटनगरका यूवा व्यवसायी...
विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।आइबार निवासबाटै प्रहरीको नियन्त्रणमा परेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘म अनुसन्धानलाई सहयोग पु–याउन हिँडे । अनुसन्धानलाई सहयोग पुर्याउनु...
गलेश्वर,२८ असोज-देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँ वासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ ।जिल्लाको बेनी नगरपालिका वडा नं ५ स्थित सो गाउँमा १०३ दलित परिवारको...
काठमाडौं, २ साउन-निजी क्षेत्र र बैंकरहरूको पटक-पटकको मागपछि नेपाल राष्ट्र बैकले कर्जा-पुँजी-निक्षेप कायम गर्नुपर्ने अनुपात (सीसीडी रेसियो) बढाएको छ । सीसीडी रेसियो कायम गर्दा ठूलो रकम लगानी गर्न नपाएको गुनासो बैंकरहरूले बताइरहेको अवस्थामा राष्ट्र बैंकले...