कोशी प्रदेशमा सकियो श्रमाधन रोजगार मेला : पाँच हजारले गरे अवलोकन, दुई हजारले दिए आवेदन

 न्यूज विराट
कोशी प्रदेशमा सकियो श्रमाधन रोजगार मेला : पाँच हजारले गरे अवलोकन, दुई हजारले दिए आवेदन

विराटनगर । विराटनगरमा दुई दिन भएको ‘श्रमाधान रोजगार मेला’को पाँच हजार बढीले अवलोकन गरेका छन् ।
संघीय सरकार, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा भएको उक्त मेला शुक्रबार समापन भएको हो ।

देशका सातै प्रदेशमा जारी मेलाको उद्घाटन विराटनगरस्थित सिटी प्यालेसमा राखिएको थियो । बिहीबार मेलाको उद्घाटन भएको थियो । आयोजकका अनुसार जेठ १७ गते बिहीबार तीन हजार र १८ गते शुक्रबार दुई हजार गरी पाँच हजारभन्दा धेरैले मेलाको अवलोकन गरेका हुन् । दुई दिनमा रोजगारीको खोजीमा मेलास्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् ।
मेलामा रोजगारदाताले स्वास्थ्य क्षेत्रमा ४२ जना र उत्पादनमूलक उद्योगमा दुई हजार चार सय ९५ गरी दुई हजार पाँच सय ३७ जना दक्ष कामदार माग गरेका थिए । मेलास्थलमै ४० भन्दा धेरैको रोजगारी सुनिश्चित भएको छ भने दुई सय ५० भन्दा धेरै आवेदकलाई रोजगारदाताले अन्तर्वार्ताका लागि बोलाएका छन् ।
मेलामा उद्योग प्रतिष्ठानका ३४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका सात, बैंक तथा वित्तीय संस्था र बिमासम्बन्धी चार तथा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासहितका स्थानीय तहका रोजगार सूचना केन्द्रसमेत गरी सात वटा स्टल राखिएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोेशी प्रदेशको संयोजनमा भएको मेलाको बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् । आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ‘श्रमाधान रोजगार मेला’को श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि आयोजकका रुपमा रहेका थिए । देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजक थिए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले पनि मेलामा विशेष सहयोग गरेका थिए ।

सम्बन्धित समाचार

प्रहरी हवल्दार गुणराज अधिकारी सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अधिकारीलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना संक्रमणमुक्त, १७७ संक्रमित थपिए

विराटनगर, १४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट सात र मेची अस्पतालबाट एक जना संक्रमणमुक्त भएका...

नवजात शिशु विक्री प्रकरण : डाक्टर कर्णसहित ६ जनाविरुद्ध मुद्दा दायर, मंगलबारदेखि प्रतिवादीको बयान सुरू

विराटनगर । हस्पिटलबाट नवजात शिशु बिक्री गरेर बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालयले १५ देखि २० वर्षसम्म कैदको माग दाबी लिएर...

रतुवामाईमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

विराटनगर, २३ जेठ । दक्षिणपूर्वी मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका—९ का २५ वर्षीय राजकुमार शर्मा रहेका छन् । रतुवामाइ–१ स्थित आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ मे...

युवा पुस्ताले संस्कृतीको जगेर्ना गर्नुपर्छः मुख्यमन्त्री राई

विराटनगर,१३ साउन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले युवापुस्ताले आफनो भाषा, संस्कृति र भेषभुषाका जगेर्ना गर्नुपर्ने बताउनु भएको छ। सष्ट्रा नेपालद्वारा आज साँझ विराटनगरमा आयोजित ‘ मिस विराटनगर’ अन्तिम प्रतियोगिताको उद्घाटन गर्दै उहाँले...

सीटीईभीटीले बढायो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टको शुल्क, के पढ्न कति खर्च ?

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा अन्तर्गतका विषयहरुको अध्ययनका लागि विद्यार्थीले तिर्नुपर्ने शुल्क बढाएको छ। सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा एचए र डिप्लोमा इन फार्मेसीको अध्ययन...

लागू औषध सहित चार जना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । सुन्दर हरैचना र बेलबारीबाट बुधबार प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता...

विराटनगरको ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमख कार्यकारी अधिकृत सञ्जय चाण्डोक पक्राउ

विराटनगर, १ भदौ । विराटनगर–१३ स्थित ट्राइकोट इण्डस्ट्रिज प्रा. लि. का प्रमख कार्यकारी अधिकृत सञ्जय चाण्डोकलाई प्रहरीले पक्राउ गरेको छ । तयारी पोशक उत्पादन गर्ने सो उद्योगका प्रमख कार्यकारी अधिकृत चाण्डोकलाई प्रहरीले महिला मजदुरमाथि दुव्र्यबहार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्