२७ करोड ५५ लाखमा मोरङको टंकीसिनवारीमा खानेपानी आयोजना संचालन

 न्यूज विराट
२७ करोड ५५ लाखमा मोरङको टंकीसिनवारीमा खानेपानी आयोजना संचालन

विराटनगर । २७ करोड ५५ लाख ४० हजार ९२८ रुपैयाँ लागतमा मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित टंकीसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्था संचालनमा आएको छ । बुढिगंगा–३ नेमुवाले ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत लगानीमा उक्त संस्था शुक्रबारदेखि संचालनमा भएको हो ।

खानेपानी आयोजना ४५० घन मिटरको दई ट्याङी रहनुका साथै एक सय ६६ किलोमिटर पाइप विस्तारवाट सो गाउँपालिकाको वडा नं १,२,३,४,५ र ६ का दुई हजार ७१ घरधुरी स्वच्छ र गुणस्तरीय पानी प्राप्त गर्न लाभान्वित भएका छन् ।
नवनिर्मित भवनको उद्घाटन खानेपानीमन्त्री राजेन्द्रकुमार राईले गरे । उनले कार्यक्रममा बोल्दै तीन तहको सरकारले जनतालाई स्वच्छ खानेपानी पिउन पाउने अधिकारको संरक्षण गर्नुपर्ने बताए । उनले संविधान र कानूनमा भएको व्यवस्था अनुसार जनताको खानेपानीको समस्या हल गर्दै जाने बताए ।
मन्त्री राईले नागरिकको आर्थिक समृद्धिवाट मुलुकमा विकास निर्माण कार्य सुचारु एवं समयमा सम्पन्न गर्न सकिने हुनाले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि कायम गर्ने दीशातर्फ अगाडी बढनुपर्ने बताए ।
सामुदायिक संस्थाका अध्यक्ष नवराज विष्ट,खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर, उपाध्यक्ष अमृता गच्छदार लगायतले जनसङ्ख्याको चापको वृद्धि अनुसार खानेपानीको आवश्यक्ता टड्कारो रहेको बताए ।

सम्बन्धित समाचार

कटहरी गाउँपालिकाले ल्यायो ५५ करोड ४९ लाखको बजेट

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैया बराबरको बजेट ल्याएको छ । कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी...

सांसद पोखरेल र मेयर राजवंशीले यसरी रोपे धान

विराटनगर, १५ असार । मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर धान रोपेका छन् । असार १५ राष्ट्रिय धान दिवसको अवसर पारेर सांसद पोखरेलले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा...

कोरोना संक्रमणबाट विराटनगरमा थप तीन जनाको मृत्यु

विराटनगर, १८ जेठ । कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र नोबेल शिक्षण अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो । कोसी अस्पताल कोभिड–१९...

झापामा ब्यान्डेजले घाँटी बेरेर ४० वर्षीय भीमराजकाे हत्या

झापा, ३ असार । झापाको मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आपसी...

डनबस्को स्कुलमा विज्ञान प्रदर्शनी

विराटनगर । विराटनगर – १ मा रहेको डनबस्को स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी विज्ञान प्रर्दशनी गरिएको हो ।विज्ञान प्रर्दशनीको उदघटन विराटनगर १ का कार्यवहाक अध्यक्ष लक्ष्मी...

७० अंकले घट्यो नेप्से, कारोबार ५ अर्बमा सीमित

सोमबार ७३ अंकले घटेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार नेप्से सूचक ७० दशमलव ०१ अंकले घटेर २६१५ दशमलव ४० अंकमा आइपुगेको हो । नेप्से सूचकसँगै आज सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२...

ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण मेरो पहिलो प्राथामिकता : ट्राफिक प्रहरी निरीक्षक लम्साल

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख लम्सालले...

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

विराटनगर, २९ वैशाख-प्रदेश-१ का छुट्टाछुट्टै २ स्थानमा भएका घटनामा २ जनाको ज्यान गएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका-१६ का ३५ वर्षीय विष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार विहान समयमा घर छेउमै रहेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्