विराटनगरको एचिभर्सले गर्यो भारतको पारूल युनिवर्सिटीसँग सम्झौता

 न्यूज विराट
विराटनगरको एचिभर्सले गर्यो भारतको पारूल युनिवर्सिटीसँग सम्झौता

विराटनगर । विराटनगर ९ स्थित अचिभर्स कन्सल्टिङ्ग सर्भिसेजले नेपाली विद्यार्थीको गुणस्तरीय शिक्षाको चाहनालाई साकार पार्न गुजरातको बरोडरा स्थित पारूल युनिवर्सिटीसँग सम्झौता गरेको छ । सोमबार एक कार्यक्रम आयोजना गरी दुई संस्थाबीच सम्झौता भएको हो ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै अचिभर्सका संचालक सुनिलकुमार जयसवालले शिक्षा मन्त्रालयबाट शैक्षिक परामर्शकालागि अनुमति प्राप्त विश्वसनीय अचिभर्सले सुलभ दरमा नेपाली विद्यार्थीले उच्च शिक्षा हासिल गरून् भन्ने उद्देश्यले पारूलसँग सम्झौता गरेको बताए ।

उनले अचिभर्सको ३ योजना रहेको सुनाए । नेपालमा नै बसेर एमबीबीएसदेखि इन्जिनियरिङ्गसम्मको उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीकालागि विश्व स्तरीय तयारी कक्षा अचिभर्सले संचालन गर्दै आएको बताए । भारतमा सुरक्षित वातावरणमा पारामेडिकल, इन्जिनियरिङ्ग, डिजाइन, होटल म्यानेजमेन्टजस्ता २ हजार ५ सयभन्दा बढी विषय र संकायमा अध्ययन गर्न चाहने विद्यार्थीकालागि चर्चित डबल ए प्लस क्याटोगरीको पारूल युनिवर्सिटीसँग सम्झौता गरिएको जायसवालले बताए ।

उनले बङ्गलादेश, अष्ट्रेलिया, युके, न्यूजील्याण्ड, युएसए, क्यानाडा र युरोपमा अध्ययन गर्नकालागि उचित परामर्शकासाथै त्यहाँका उत्कृष्ट विश्वविद्यालयमा विद्यार्थीलाई काठमाडौबाट उडान र सम्बन्धित ठाउँमा बसोबासको समेत व्यवस्थाका साथ भर्ना गरिने गरिएको बताए ।

पारूलका सहायक बजार व्यवस्थापक निरजकुमार साहले सस्तोमा उच्च शिक्षा प्रदान गर्ने प्रतिष्ठित विश्वविद्यालयमध्ये पारूल पनि एक रहेको बताए । उनले पारूल १५० एकडमा फैलिएको उत्कृष्ट युनिवर्सिटी रहेको बताए ।

पारूलमा अध्ययन गरिसकेका २४ हजारभन्दा बढी विद्यार्थीले २२०० कम्पनीमा रोजगारी पाएको बताए । साहले ७५ बढी देशबाट ३५ सय विद्यार्थीले पारूलमा अध्ययन गर्दै गरेको बताए ।

साहले आर्थिक अवस्थालाई ध्यानमा राख्दै जुनसुकै डिप्लोमा कोर्षमा भर्ना हुन चाहने नेपाली विद्यार्थीकालागि ५० प्रतिशत छात्रवृत्ति रहेको बताए । उनले नेपाल सरकारले तोकेका विषय बाहेकको कोर्षमा अचिभर्समार्फत पारूलमा आउने विद्यार्थीलाई प्रवेश परीक्षा दिन नपर्ने बताए ।

कतिपय कन्सलटेन्सी अनुमतिबीनापनि संचालनमा आउने गरेको र त्यस्ता संस्थाको भ्रममा परेर विदेशमा नेपाली विद्यार्थी अलपत्र पर्ने गरेका तथ्य बारम्बार बाहिरिने गरेको छ । तर अचिभर्समार्फत विद्यार्थीहरू विदेश अध्ययनकालागि जाँदा उच्च शिक्षा हासिल गरी भविष्य बनाएर नै स्वदेश फर्कने गरेको संचालक जायसवालले बताए । पारूलमा ४५०० नेपाली विद्यार्थी अध्ययनरत छन् ।

सम्बन्धित समाचार

हिसान स्पोर्ट्स मिट : फुटबलको उपाधि अर्किड कलेजलाई

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत फुटबलतर्फको दुवै स्पर्धाको उपाधि विराटनगरको अर्किड कलेजले जितेको छ । विराटनगरको शहिद मैदानमा मंगलबार राती सम्पन्न भएको फुटबलतर्फको दुवै स्पर्धाको उपाधिे अर्किड कलेजले जितेको हो ।पहिलो...

आयकरको सीमा घट्यो

काठमाडौं, साउन १ । साढे चार लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत मात्र लाग्ने करको सीमालाई बढाएर सरकारले ६ लाख रुपैयाँ पुर्याएको छ । आर्थिक बर्ष २०७९-८० को बजेट अनुसार आजदेखि नयाँ व्यवस्था लागू भएको हो...

नेपालमा एकै दिन थपिए ५ हजार संक्रमित

काठमाडौं, २४ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजारभन्दा धेरै‌लाई कोरोना भाइरस संक्रमण देखिएको छ । दैनिक संक्रमण हुनेमा यो अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा...

एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि पोलस्टार र माउण्ड मकालु स्कुललाई

विराटनगर । मोरङ जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पोलस्टार स्कुल र रंगेलीको माउण्ट मकालु सेकेण्डरी स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मारङको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर आइतबार...

ज्ञानसन ऋषिदेवको हत्या प्रकरण : एक जना प्रहरीको नियन्त्रणमा

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । यस घटनामा सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको...

जनकपुरका मेयरका छोरीज्वाइँसहित ३ जनामा कोरोना

काठमाडौं, २२ साउन-धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर शाहकी छोरी, ज्वाइँ र पीएमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू तीनै जनालाई लक्ष्मीनिया गाउँपालिकाको सपही आइसोलेसनमा भर्ना गरिएको छ । छोरी ज्वाइँ...

२० लाखसम्मको कारोबार गर्ने उद्योगीलाई आयकरमा ७५ प्रतिशत छुट

काठमाडौं, १५ जेठ-सरकारले वार्षिक २० लाखसम्म कारोबार गर्ने साना तथा घरेलु उद्योगी व्यवसायीहरूलाई आयकरमा ७५ प्रतिशत छुट दिने भएको छ । आगामी आर्थिक वर्ष ०७७/०७८ को अनुमानित आय व्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज...

परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, साउन १९ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ । परिवर्तनको अनुभूती नेता र कर्मचारीमा होइन, जनतामा हुनुपर्छ, मुख्यमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्