टी–१० क्रिकेट प्रतियोगिता : दोस्रो खेलमा एनबीएससी लायन्स विजयी

 न्यूज विराट
टी–१० क्रिकेट प्रतियोगिता : दोस्रो खेलमा एनबीएससी लायन्स विजयी

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लब विजयी भएको छ ।

विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटनको दोस्रो खेलमा एनबीएससी लायन्सले फुलबारी क्रिकेट क्लबलाई ५० रनले हराउँदै विजयी भएको हो । जितसँगै एनबीएससीले २ अंक जोडेको छ ।

एनबीएससी लायन्सले निर्धातिर १० ओभरमा १ विकेट गुमाइ १५७ रन बनाएको हो । जसमा राहुल रोमाल्डले अर्धसतक कटाए । उनले २९ बलमा ८ छक्का र ४ चौका प्रहार गर्दै अविजित ७५ रन बनाए । सन्तोष कार्कीले २७ बलमा ६४ रनको योगदान दिए । उनले ७ छक्का र २ चौका हिर्काए ।
फुलबारीका एमडीले १ विकेट लिए ।
एनबीएससीले दिएको १५८ रनको विजय लक्ष्य पछ्याएको फुलबारीले निर्धारित १० ओभरमा ७ विकेट गुमाइ १०७ रन मात्रै बनायो । जसमा राजेस सिंहले १४ बलमा ४१ रन बनाए । दिपक राज जोशीले १८ बलमा २३ रन पारी खेल्दा भुवन कार्कीले १४ रन बनाए ।
एनबीएससका बलर फिरदोज अन्सारी, सन्तोष कार्की र दिपेश कन्डेलले समान २–२ विकेट लिए । प्लेर अफ द म्याच एनबीएससीका सन्तोष कार्की घोषित भए ।

दिवा रात्रीकालीन प्रतियोगिता सञ्चालनका लागि विराटनगर ६ बरमपुरामा १२ लाखको लागतमा बाँसको खम्बामा अस्थायी फलड्लाईटको व्यवस्था गरेको छ ।
विराटनगर ६ का वडाअध्यक्ष अक्षय सहनीका अनुसार विजेता टिमले ५ लाख, उपविजेताले २ लाख, तेस्रोले एकलाख र चौथो हुने टिमले ५० हजार पुरस्कार पाउने छ ।
प्रतियोगिता सञ्चालनकालागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमध्ये वडा कार्यालयले ७ लाख दायित्व बोक्ने र बाँकी रकम प्रायोजकबाट संकलन गर्ने लक्ष्य रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमदबावु कुरेसीले बताए ।
प्रतियोगिताको म्यान अफ द सिरिजलाई २५ हजार, हरेक म्याचको म्यान अफ द म्याचलाई तीन हजार र एक ओभरमा ६ छक्का हान्ने ब्याटरलाई पुरस्कार स्वरुप वासिङ मेसिनको व्यवस्था गरिएको कुरेसीले वताए । उनका अनुसार प्रतियोगितामा विश्वकप खेल्न अमेरिका पुगेका खेलाडी बाहेकका मुलुकका सबै खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा मुलुकका विभिन्न ७ वटा क्लबको सहभागिता रहने र ती हरेक क्लबमा चार जना विदेशी खेलाडीले सहभागिता जनाउने छन् ।

सम्बन्धित समाचार

कोरोनाबाट २४ घण्टामा ११ जनाको मृत्यु

काठमाडौं, ५ भदौ–शुक्रबार एकै दिन नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा १ महिला र १० पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान, २४ घण्टाको समय

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार सूचना निकालेर २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को...

संखुवासभामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु

संखुवासभा– संखुवासभामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन सुरु भएको वितरण शाखाकी प्रमुख आशा जबेगुले जानकारी दिइन्। राष्ट्रिय परिचयपत्रका लागि साउन ३ देखि विवरण संकलन गर्न थालिएको हो। राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश १...

आज विराटनगरमा ४ जना कोरोना संक्रमित थपिए

विराटनगर, ५ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास...

गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले पहल गर्नुपर्छःमन्त्री कार्की

लण्डन । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताएका छन् । मन्त्री कार्कीले राज्यले यसको उपयुक्त...

स्थानीय वायुको प्रभाव कायमै, आज हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, १३ जेठ-आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नेपालको पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली रहनुका साथै स्थानीय वायुको पनि प्रभाव रहेकाले आज पनि वर्षाका सम्भावना...

रुसले दियो कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती

एजेन्सी, जेठ २०–रुसले कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती दिएको छ । परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरसविरुद्धको औषधि प्रयोगमा स्वीकृति दिएको हो । योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि...

लिटल कोशीको फाइनल शनिबार, उपाधिको लागि ४४ जनाको प्रतिस्पर्धा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल शनिबार विराटनगरमा हुने भएको छ । उक्त प्रतियोगिताको उपाधि जित्नको लागि ४४ जना प्रतियोगिहरू प्रतिस्पर्धामा उत्रिदैछन् । जय मिडिया म्यानेजमेन्ट प्रालिले बालबालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्