मोरङ कारागारमा स्वास्थ्य शिविर, ६ सयबढी कैदीबन्दीले गराए स्वास्थ्य जाँच

 न्यूज विराट
मोरङ कारागारमा स्वास्थ्य शिविर, ६ सयबढी कैदीबन्दीले गराए स्वास्थ्य जाँच

विराटनगर । विराटनगरस्थित मोरङ कारागार भित्र रहेका कैदीबन्दीहरुको लागि निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको छ । गिरी फाउन्डेसनको आयोजनामा शनिबार कारागारमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

शिविरमा कैद भुक्तान गर्र्दै आएका ६ सय बढी कैदीबन्दीहरुले स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य शिविरमा सबैभन्दा बढी छालाका विरामीहरु बढी रहेका थिए । गिरी फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीको पहलमा कारागार भित्र स्वास्थ्य शिविर आयोजना गरेको हो । कारागारभित्र कैदीबन्दीहरुको स्वास्थ्यमा धेरै समस्या हुने भएकाले बेलैमा उपचार गरे ठिक हुनसक्ने भएकाले शिविर गरिएको गिरी फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले बताए ।


विराटनगरको पारस हस्पिटलको प्राविधिक सहयोगमा उक्त शिविर भएको हो । पछिल्लो समय युवा नेता गिरीले सामाजिक सेवाको काममा सक्रिय भएर लागि परेका छन् ।
उनले यसअघि पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक सामाग्री पनि वितरण गर्दै आएका छन् । विभिन्न सामुदायका मानिसहरुलाई पनि खाद्यान्य र लत्ताकपडा पनि बितरण गर्दै आएका छन् ।

सम्बन्धित समाचार

विराटनगर महानगरको बजेट तीन अर्ब ६२ करोड

विराटनगर, १० असार । विराटनगर महानगरपालिका नगर सभाको १० औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक भएको छ । आगामी आर्थिक वर्षमा कुल रु.तीन अर्ब ६२ करोड ५५ लाख ६७ व्यय...

जब मुख्यमन्त्री राईले मन्त्रालयकै गरे अनुगमन…

विराटनगर, ९ साउन–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज सामाजिक विकास मन्त्रालयको अनुगमन गरेका छन् । मुख्यमन्त्री राईले मन्त्रालयको अनुगमन पछि मन्त्रालयका सचिव, महाशाखा प्रमुख लगायत कर्मचारीहरुलाई निर्देशन पनि दिएका छन् । सामाजिक विकास मन्त्रालयले...

नागरिकता विधेयकको विरोधमा देशभर प्रदर्शन गर्ने जसपाको निर्णय

काठमाडौं, १० असार-नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले देशभर प्रर्दशन गर्ने निर्णय गरेको छ । अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रावधानको विरोध गर्दै जसपाले देशभर प्रदेश गर्ने निर्णय गरेको हो । आज प्रेस...

विराटनगर भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ ।विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारीको रकम सरकारी कोषबाटै मिलान गरिने

काठमाडौं, जेठ १२-सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध मजदुर तथा कर्मचारीको कोषमा तिर्नुपर्ने योगदन रकम सरकारी कोषबाट मिलान गर्ने भएको छ । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘योगदानमा आधारित सामाजिक सुरक्षा...

संविधानसभाकाे रेकर्ड झिकाउन माग, प्रधानन्यायाधीशले भने- आवश्यक परे झिकाइन्छ

काठमाडौं, ४ माघ-वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड मगाउन माग गरेका छन् । आइतबारको इजलासमा उनले संविधानसभामा संविधान बनाउँदा यो विषयमा बृहत् छलफल भएकाे भन्दै रेकर्ड झिकाउन माग गरेका हुन् । त्रिपाठीलाई...

मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन आयोजना गरेको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा भारतको इंदौर शहरबाट आएको सन टु ह्युमेन फाउण्डेसन  संस्थामार्फत विराटनगरको सबै रोटरी क्लब,...

कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा ८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा चार महिला र चार पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्