ईडेनवर्ग कलेजले गर्यो विद्यार्थीहरुलाई स्वागत तथा विदाई कार्यक्रम एउटै मञ्चबाट
बिहिबार, १० जेठ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर ९ स्थित ईडेनवर्ग कलेजले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम एकै पटक गरेको छ । कलेजले बिबिएस र बिबिएमा अध्ययन पुरा गरेका विद्यार्थीहरुको विदाई तथा सोहि संकायमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेको हो । विराटनगरमा आज एक कार्यक्रम आयोजना गर्दै विद्यार्थीहरुको स्वागत तथा विदाई गरिएको हो ।
कार्यक्रमकाबीच यसबर्ष बिबिए र बिबिएसमा भर्ना हुन आएका ४ सय २१ जना विद्यार्थीलाई स्वागत तथा नयाँ व्यवस्थापनबाट सञ्चालन भएको पाँचौ ब्याचका २ सय ५० जना विद्यार्थीलाई विदाई गरिएको ईडेनबर्ग कलेजका प्रिन्सिपल दिपनारायण साहले जानकारी दिए । सो अवसरमा बिबिएस तेश्रो बर्षमा अध्ययरत सृजना कुमारी मेहतालाई स्वर्गिय कृष्ण देवान स्मृति पुरस्कार २०८१ बाट पुरस्कृत गरिएको छ । पुरस्कार अन्र्तगत मेहतालाई एकबर्षमा लाग्ने सम्पुर्ण शुल्क उपलब्ध गराईएको छ । उक्त पुरस्कार कलेजका पुर्व कर्मचारी स्वर्गिय कृष्ण देवानको स्मृतिमा उहाँका छोरा पत्रकार प्रेम देवानले स्थापना गरेका छन् । यसैगरि बिबिएस दोश्रो बर्षमा अध्ययनरत आरिफ अंसारीलाई कलेजको तर्फबाट छात्रबृति प्रदान गरिएको छ । हाल ईडेनबर्ग कलेजमा १ हजार ३ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको कलेजका सञ्चालक भुवन नेपालले जानकारी दिए । सो अवसरमा विद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत प्रर्दशन गरेका थिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह–परीक्षा नियन्त्रक डा.डिल्ली प्रसाई र कोबास कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठ लगायतले बोलेका थिए । कलेज ब्यवस्थापन समितिका अध्यक्ष विष्णु दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
काठमाडौं, २२ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गरेकी छिन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा. गौतमलाई महासचिवमा नियुक्त गरिएको हो । राष्ट्रपति कार्यालयका...
विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा विराट शिक्षा स्कुलले ओडिसि स्कुललाई ६–० गोलले...
विराटनगर, १ पुस । निरन्तर विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले विराटनगर बखरीस्थित बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३० जना बालबालिकाहरुलाई...
विराटनगर । विराटनगर – ८ मधुमारामा रहेको नमुना विद्या मन्दिर स्कुलले सातौं वार्षिकउत्सव तथा दीक्षान्त कार्यक्रम आयोजना गरेको छ । स्कुलले विराटनगरको आरोहण गुरूकुलमा शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।वार्षिकोत्सवसँगै...
सप्तरी, ३० असार । एक सातायता बढेको तापक्रमले सप्तरीको जनजीवन निकै प्रभावित भएको छ। दिनभर चर्को घाम लाग्ने, हावा नचल्ने भएपछि सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको हो । यहाँको तापक्रम लगातार तीन दिनदेखि ३६ डिग्री सेन्टिग्रेट...
चितवन, १३ वैशाख-कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका २ जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । २ पटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् । उनीसँगै...
विराटनगर, ९ भदौ-विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ५५ जना स्वाथ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखिको पारिश्रमिक नपाएको तथा स्वास्थ्यकर्मीको सुरक्षामा अस्पतालले विभेद गरेको भन्दै कलेजको इमरजेन्सी विभागमा कार्यरत ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन्...
काठमाडौं, १ भदौ-महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलबाटै समाधान खोज्ने निष्कर्ष निकाल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । सोमबार बिहान बालुवाटार बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको इच्छाअनुसार...