विराटनगरका औषधी व्यवसायी रजक माथि निर्घात कुटपिट

 न्यूज विराट
विराटनगरका औषधी व्यवसायी रजक माथि निर्घात कुटपिट

विराटनगर । विराटनगरका एक जना औषधी व्यवसायीमाथि निर्घात कुटपिट भएको छ । विराटनगर ७ हस्पिटल चोकमा रहेको रजक फर्माका संचालक २५ वर्षीय राहुल कुमार रजकमाथि बुधबार निर्घात कुटपिट भएको हो ।

हस्पिटल चोकमा रहेको साईनो फार्मेशीका संचालक एमडि सजादले ६–७ जना गुण्डागर्दीमा संलग्न व्यक्तिहरु परिचालन गरि रजकलाई कुटपिट गरेका हुन् । एमडि सजादले रजकको फार्मेशीबाट एक लाख भन्दा बढी रकमको औषधी दुई वर्ष अगाडी बाँकी लगेका थिए । बाँकी लगेको औषधीको पैसाँ माग्न गएको तर संचालकले पैसाँ नदिएपछि पसल आइपुग्दा रजकमाथि ६–७ जनाको समूहले निर्घात कुटपिट गरेको पीडितले बताए ।

‘दुई वर्ष अगाडीदेखिको एक लाख भन्दा बढी बक्यौता रहेको थियो । बुधबार दिउँसो पैसाँ माग्न पसल गएको थिए । बाँकी बक्यौता दिनुपर्यो भनेको थिए । तेही निहु बनाएर मेरो पसलमा आएर मही माथि निर्घात कुटपिट गरे,’ अस्पतालको शैय्यामा उपचार भइरहेको रजकले भने, ‘सडकमा रहेको ईट्टाले प्रहार गरेर म माथि सांघातिक हमला गरेका छन् ।’ उनीहरुको कुटपिटबाट रजकको टाउँमा गहिरो चोटपटक लागेको छ । अहिले उनको उपचार विराटनगरस्थित न्यूरो अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमण गर्ने मुख्य व्यक्ति साइनो फार्मेसीका संचालक एमडि सजादसहित अन्य ६ जना फरार रहेका छन् । उनीहरुको खोजी कार्यमा प्रहरी लागी परेका छन् । पीडित परिवारले अहिले ढाडो उजुरी दिएका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गर्ने तयारी गरेका छन् ।

सम्बन्धित समाचार

कोशी अस्पतालमा बेथीति रोक्न माग, १७ बुद्धे मागसहित कर्मचारी युनियनले बुझाए ज्ञापनत्र

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालभित्र भएको गैरकानुनी नियुक्ति प्रक्रिया र निरन्तर भएको बेथीति रोक्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । अस्पताल विकास समितिका अध्यक्ष र मेसुबाट भएको गैरकानुनी नियुक्ति र विकास निमार्णको कामहरू रोक्न...

अस्पतालको झ्यालबाट हामफालेका ३ जना चिकित्सकको मृत्यु

एजेन्सी, बैशाख २५-कोरोना भाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न ३ जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रूपमा अस्पतालकाे झ्यालबाट हाम फालेको रसियाका सञ्चारमाध्यमहरूले बताएका छन् । ती चिकित्सकमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको छ...

प्रदेश १ मा आ १०७१ संक्रमित थपिए, ५ जनाको मृत्यु

विराटनगर, २६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३...

रंगेलीमा दुई युवकको खोलामा डुवेर मृत्यु

विराटनगर, २४ कात्तिक । मोरङको रंगेलीमा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । रंगेली–६ स्थित भन्सार टोलका सुरेस साहको घरमा छठ पर्व मनाउन पाहुना आएका दुई भारतीय युवकको स्थानीय बक्राह खोलामा डुबेर बुधबार मृत्यु...

ऋषिकेसका पुर्व स्वकीयसचिव धरौटिमा रिहा

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने मोरङ अदालतले आदेश दिएको छ ।मोरङ अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ठगी आरोपमा पक्राउ परेका...

चीनसँग सीमामा कुनै समस्या छैनः मन्त्री ज्ञवाली

काठमाडौं, १२ असार-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा क्षेत्रमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले बैठकमा बोल्दै चीनसँग सीमा समस्याको हल्ला गलत भएको बताएका छन् । हालै...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर, ३१ वैशाख-झापाको दमक नगरपालिका– ५, हरिओम कोलिनीको भित्री सडकखण्डमा टिपरको ठक्करबाट  १ साइकलयात्रीको मृत्यु भएको छ । बुधबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५५२४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर...

प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए

विराटनगर, २० साउन–प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्