तेस्रो मिल्स टि– २० क्रिकेट : उपाधिको लागि आज होराइजन र वाइआरसीसी

 न्यूज विराट
तेस्रो मिल्स टि– २० क्रिकेट : उपाधिको लागि आज होराइजन र वाइआरसीसी

     
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि – २० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन र वाइआरसिसी क्रिकेट क्लब फाइनलमा पुगेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै होराइजन उपाधि नजिक पुगेको हो । उपाधिको लागि उनीहरू आज मंगलबार दिउँसो १ बजे भिड्नेछन् ।
यसअघि विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाइआरसिसि फाइनलमा पुगिसेको छ ।

आइतबारको खेलमा कटिहारले दिएको १७४ रनको लक्ष्य होराइजनले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ पूरा गर्यो । फाइनमा पुर्याउन होराइजनका ओपनर सन्तोष कार्कीले आक्रमक ब्याटिङ गरे । उनले अविजित ५३ बलमा ७५ रन बनाए । उनले ७ छक्का र ४ चौका हिर्काए । सर्वोधिक रन बनाउने सन्तोष प्लेर अफ द म्याच घोषित भए । दिपेश कन्डेलले १५ बलमा ३० रनको योगदान दिए । उनले २ छक्का र ३ चौका हिर्काए । सोनु अन्सारी र धिरेन शाक्यले समान १८–१८ रन बनाए ।
कटिहारका भानु आनन्द र अशोक कुमारले समान २–२ विकेट लिए । अजित राजले १ विकेट लिए ।
यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको कटिहारले १९ ओभरमा सबै विकेट गुमाइ १७३ रन बनाएको थियो । कटिहारका करण कुमारले ३८ बलमा ७४ रन बनाए । उनले ८ छक्का र ४ चौका प्रहार गरे । सरोजले २४ बलमा ३३ रन, अन्सुनी कुमारले २२ रनको योगदान दिए ।
होराइजनका फिरोसजन अन्सारी र श्रवर्ण किस्कुले समान ३–३ विकेट लिए । अभिषेक तिम्सिनाले २ विकेट र सन्तोष कार्कीले १ विकेट लिए ।

सम्बन्धित समाचार

एभरेष्ट बैंकको २९ औं वार्षिकोत्सवमा मानव सेवा आश्रममा खाद्यान्य वितरण

विराटनगर । एभरेष्ट बैंकले विराटनगरस्थित मानव सेवा आश्रमलाई एक लाख मुल्य बरावरको खाद्यान्य वितरण गरेको छ । बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर बिहीबार आश्रममा एक कार्यक्रम आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो...

झापाको दमकका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि

झापा,  २० असोज-झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा...

मोरङको केराबारीमा पनि एमालेको शानदार जित

विराटनगर, ४ जेठ । मोरङको केराबारी गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकी मनमाया मगर निर्वाचित भएका हुन् । बुधबार विहान सार्वजानिक भएको अन्तिम मत परिणाम अनुसार गाउँपालिका...

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, २६ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बोलाएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा कोभिड-१९ को...

केरल विमान दुर्घटना : मृतकको १८ संख्या पुग्यो, २५ को अवस्था गम्भीर

एजेन्सी, साउन २४-भारतमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको संख्या १८ पुगेको छ । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार दुर्घटनामा परेर अरू कैयौँ यात्रु घाइते पनि भएका छन् । एयर इन्डिया एक्सप्रेसको जहाज विमानस्थलमै दुर्घटनामा...

बालुवाटारमा प्रधानमन्त्री र ‘प्रचण्ड’बीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड शनिबार अपरान्ह ४ बजेतिर पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । भेटमा कोरोना भाइरसपछिको संकटको अवस्था, लकडाउनका...

निश्हित भए एसविएससि सिङ्गिङ स्टार

विराटनगर । मोरङ पथरीमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्हित विश्वकर्मा पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्हितले सिङ्गिङ स्टारको उपाधि...

दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको गाउँमा पनि सचेतना अभियान

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि मोरङको ग्रामीण क्षेत्रमा रहेको गाउँ– गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्