विराटनगर महानगर क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी

 न्यूज विराट
विराटनगर महानगर क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् ।
विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ । तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले क्षयरोगको अवस्था विश्वमै भयावह बन्दै गएको बताउनुभयो । उहाँले नेपालमा हरेक दिन ४४ जनाको क्षयरोगकै कारण मृत्यु हुने गरेको दाबी गर्नुभयो । उहाँका अनुसार वर्षमा यस रोगका कारण १६ हजार जनाले ज्यान गुमाउने गरेका छन् । विराटनगरमा १ सय ९१ जना क्षयरोगी भेटिँदा मोरङमा १ हजार २ सय ३८ जनामा क्षयरोगको संक्रमण भेटिएको उहाँले बताउनुभयो । झापा, मोरङ र सुनसरीमा क्षयरोगका बिरामी बढी भेटिने गरेका छन् ।
विश्वका ३० देशमा सबैभन्दा क्षयरोगी भेटिएका छन् । त्यसमध्ये सबैभन्दा बढी क्षयरोगी भएको मुलुकमा नेपाल ९ औं स्थानमा पर्दछ । महानगरका जनप्रतिनिधि र विभिन्न तहका कर्मचारीहरुलाई क्षयरोगमुक्त नेपाल अभियानसम्बन्धी अभिमुखीकरणमा मेयर नागेश कोइरालाले वडास्तरदेखि नै क्षयरोगमुक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ५ का सन्तोष न्यौपाने, ७ का कार्यबाहक अध्यक्ष कल्याण तिम्सिना, ९ का विश्वनाथप्रसाद भगत, १० का अर्जुन गिरी, ११ का अध्यक्षसहित तीर्थेन्द्र नेउपानेसहित विभिन्न शाखा र महाशाखाका प्रमुख र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप अभियान

काठमाडौँ, २२ असोज-काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज...

२४ घण्टामा थप ५२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार ९५७ पुग्यो

काठमाडौं, २९ साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ५२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

यातायात व्यवस्था कार्यालयमा ५ करोडको भ्रष्टाचार, १७ जनाविरुद्ध मुद्दा

काठमाडौं, २५ जेठ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजश्व हिनामिना गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा सङ्कलित राजश्व हिनामिना भइरहेको...

प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, १९ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले भेटवार्ता गरेकी छन्। प्रचण्ड निवासमा शुक्रबार बिहान भएको भेटवार्तामा कोरोनाभाइरस रोकथामका लागि भइरहेको प्रयासबारे कुराकानी भएको बताइएको...

उच्च शिक्षा अध्ययनका लागि दुई छात्रालाई छात्रबृत्ति

विराटनगर, २८ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउने जेहेन्दार छात्राहरुलाई छात्रबृत्ति वितरण गरेको छ । उच्च शिक्षा अध्ययनका लागि क्लबले दुई जना छात्राहरुलाई छात्रबृत्ति वितरण गरेको हो । छात्राहरुलाई अध्ययनमा सहयोग भनेर दुई जनालाई...

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री पाैडेल

काठमाडौं, ३ पुष-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरूपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै...

‘ह्वाइट मुन’ सेनेटरी प्याड बजारमा

विराटनगर । विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले नयाँ प्रोडक उत्पादन सुरु गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसनवारीमा रहेको इन्डष्ट्रिजले उच्च गुणस्तरको सेनेटरी प्याड बजारमा ल्याएको हो । ‘ह्वाइट मुन’ नाम दिएको सेनेटरी...

औषधीको दुरूपयोग रोक्न सबैको साथ सहयोगको खाँचो

विराटनगर । लागु तथा मनोद्धिपक औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधी व्यवसायीहरुले विक्री वितरण गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । चिकित्सकको प्रेसक्रिप्सन विना लागु तथा मनोद्धिपक औषधि बिक्री वितरण गर्दा यसको दुरूपयोग बढेको कारणले सरोकारवालाहरूले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्