विराटनगरमा शनिबारदेखि चौथो संस्करणको मारवाडी क्रिकेट लिग सुरु हुँदै
शुक्रबार, २१ बैशाख, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरमा चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता सुरु हुने भएको छ । यस वर्षको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता शनिबारदेखि संघीय राजधानी काठमाडौं, कोशी प्रदेशको राजधानी विराटनगर र भैरहवामा हुने भएको हो ।
मारवाडी समुदायका युवाहरुमा खेलकुद सम्वन्धी शिप एवम् प्रतिभा भएका युवाहरुलाई व्यक्तित्व निर्माण र दक्षता अभिबृद्धि गरी राष्ट्रिय प्रतिभा तयार गर्ने उद्देश्यले नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले सो प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्दै आएको छ ।
प्रतियोगितामा नेपाल राष्ट्रिय मारवाडढी युवा संगठन अन्तर्गत देशका विभिन्न भागमा रहेका २६ युवा मञ्चहरु मध्ये १५ वटा मञ्चको सहभागीता रहने आयोजकले जनाएको छ । सो मञ्चहरुबाट १४ वटा टिम बनाएर लिग प्रतियोगिता विराटनगर र भैरहवामा खेलिनेछ ।
लिग खेलका विजेताहरु मध्ये प्राप्त गर्ने अंकको आधारमा दुई÷दुई वटा टिम सेमिफाइनलका लागि छनौट हुनेछन् । प्रतियोगिताको सेमिफाइन र फाइनल खेल आगामी जेठ ४ र ५ गते काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा हुने नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष मनोज अग्रवालले जानकारी दिए ।
प्रतियोगिताको मूख्य प्रायोजक हुलास खमद्यान्न रहेको छ भने प्लाटिनियम स्पोन्सरमा हेवेल्स इन्डीया र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् ।
त्यसैगरी डाइमण्ड स्पोन्सरमा प्यूर टिस्यु पेपर, पिसिपिएस कलेज, गोल्ड स्पोन्सरमा रमपम तयारी चाउचाउ, इलेक्ट्रा इलेक्ट्रीक, धोनी भाँडा माझ्ने साबुन र कजारिया टायल्स रहेको नेपाल मारवाडी क्रिकेट लिग–४ का मुख्य संयोजक गोपाल अग्रवालले जानकारी दिए ।
उनका अनसार पावर्डवाईमा तानसेन सिमेन्ट, प्रिमियर वायर्स, हनर मोवाइल, सेन्चुरी स्पाईसेज र स्न्याक्स रहेका छन् ।
यसको एडभरटाइजिङ पार्टनर बालाजी एडभरटाइजिङ रहेको छ । प्रतियोगिताको मुख्य संयोजक गोपाल अग्रवाल, सह–संयोजकहरु माहित लालवानी, सुनिल सेठीया र प्रकाश केजरीया रहेका छन् ।
विराटनगर । विराटनगर महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ ।महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझेदार संस्थाका प्रतिनिधि, वातावरण तथा व्यवस्थापन महाशाखाका कर्मचारीसमेतको उपस्थितिमा भएको बैठकले...
एजेन्सी, असार १९-पाकिस्तानमा एउटा यात्रुबाहक बसलाई शुक्रबार ट्रेनले ठक्कर दिँदा बसमा यात्रारत २० जना सिख तिर्थयात्रीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएको उद्धारकर्मी एवं प्रहरीले बताएका छन् । यात्रुबाहक...
विराटनगर, १५ असार । गत २० जेठमा एक भारतीय मजदुरको मृत्यु र एक जना गम्भिर घाइते हुनेगरी भएको कार दुर्घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका रबिन कार्की विरुद्ध सवारी ज्यान मुद्धामा अभियोग दर्ता भएको छ...
विराटनगर । मोरङको एक जना मृगौला पीडित विरामीले सहयोगको याचना गरेका छन् । ३५ वर्षीय रमेशकुमार सुतिहाले मृगौला बिग्रिएपछि उपचारको लागि सहयोगको याचना गरेका हुन् । दुई वर्षअघि विदेशबाट फर्किएका रमेशकुमार सिकिस्त बिरामी छन् ।...
काठमाडौं, २५ असोज-चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा.डा. गोविन्द केसीले आइतबार बिहान अनशन तोडेका छन् । शनिबार राति अबेर सरकारसँग ८ बुँदे सम्झौता गरेका केसीले आइतबार बिहान अनशन तोडेका हुन् । शिक्षण अस्पताल महारागन्जमा...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोटरी भवनमा मानसिक स्वास्थ्य समन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा प्रख्यात मनोचिकित्सक डा. राजन मिश्राले मानसिक स्वास्थ्यमा देखा पर्ने समस्या र समाधानका उपायबारे प्रकाश पारे...
विराटनगर । शिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले...
सिरहा, ४ जेठ-कोरोना संक्रमित पुष्टि भएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ । सुखवानान्कारकट्टी गाउँपालिका-१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन...