लायन्सका सदस्यदेखि गभर्नरसम्म विराटनगरका विकास अधिकारी

 न्यूज विराट
लायन्सका सदस्यदेखि गभर्नरसम्म विराटनगरका विकास अधिकारी

विराटनगर । विराटनगरका युवा व्यवसायी विकाश अधिकारी लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सी का गर्भनरमा निर्वाचित भएका छन् ।

अधिकारी आगामी बर्ष सन् २०२४– २०२५ का लागि डिस्ट्रीक गभर्नरमा शनिबार निर्वाचित भएका हुन् । विराटनगरमा शनिबार भएको डिस्ट्रीक कन्भेन्सनबाट अधिकारी गभर्नरमा निर्वाचित भएका छन् ।

उनी यसअघि लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सीका प्रथम भाइस गभर्नर रहेका थिए ।
गर्भनरमा निर्वाचित हुनुभन्दा अगाडी अधिकारी इलेक्ट डिस्ट्रीक गभर्नरको पाँच दिने तालिममा अमेरिका पुगेर आएका थिए ।
नवनिर्वाचित गर्भनर अधिकारीले आगामी बर्ष अन्तराष्ट्रिय प्रोजेक्टहरू डिस्ट्रीकको ब्यस्थापन र समुदाय संघ जोडीएर लायन्सले काम गर्ने बताए । योजनाबद्ध तरिकाले सामाजिक क्षेत्रमा काम गरेर लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सी लाई एउटा उचाइमा पुर्याउने योजना रहेको उनले सुनाए । ‘ आगामी बर्ष अन्तराष्ट्रिय प्रोजेक्टहरू डिस्ट्रीकको ब्यस्थापन हुनेछ र समुदाय संघ जोडीएर लायन्सले सामाजिक काम गर्ने योजना रहेको छ,’ उनले भने, ‘आफ्नो कार्यकालभरी सामाजिक कार्यमा सक्रिय भएर लागि पर्नेछु ।’


कहिले के – के भए विकास ?

विराटनगर ४ कन्चनबारी निवासरी ४२ वर्षीय अधिकारीको जन्म २०३९ वैशाख १ गते भएको हो । हेल्थ केयर म्यानेजमेन्टमा स्नातकोत्तर गरेका अधिकारी सन् २०११ बाट लायन्समा सहभागि भए । उनले विराटगनर ग्रिनसिटीबाट सदस्य लिएर सन् २०१३ मा सचिब भए । त्यसपछि उनले लायन्स क्लब अफ विराटनगर मोरङ स्थापन गरे । उनी उक्त क्लबको संस्थापक अध्यक्ष पनि हुन् । २०१५ मा डिष्ट्रिय चेयरपर्सन हुँदै जोन चियरपर्सन, एरिया कोअर्डिनेटर, ट्रनिग पुलचिफ, क्याविनेट सेक्रेटरी, भिजनचिफ हुँदै सन् २०२२ मा सेकेन्ड भाइस डिष्ट्रक गभर्नर सम्म भएका थिए ।
उनी अन्य विभिन्न संघसंस्थाहरुमा पनि आवद्ध रहेका छन् । फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्सका संस्था सदस्य, एलाइड साइन्स ईनिष्टच्युसनल एसोशिएसन (एशिया) महासचिब, पूर्वाञ्चल विश्वविद्यालय फ्याकल्टी बोर्ड सदस्य, उद्योग परिसंघ कोशी प्रदेशका संस्थापक सदस्य समेत रहेका छन् । अधिकारी स्वास्थ्य र शिक्षा क्षेत्रका स्थापित युवा व्यवसायी हुन् । व्यवसायसँगै उनी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् ।
उनले विभिन्न अन्तर्राष्ट्रिय पदकबाट पनि सम्मानित भइसकेका छन् ।

सम्बन्धित समाचार

मोरङको लेटाङमा पनि एमाले विजयी

विराटनगर, ४ वैशाख । मोरङको लेटाङ नगरपालिकामा पनि एमाले विजयी भएको छ । मेयर उपमेयर दुवै पदमा विजयी भएको हो । मेयरमा एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन्...

प्रसिद्ध आरोही ‘हिउँ चितुवा’ आङरिता शेर्पाको निधन

काठमाडौं,  ५ असोज-प्रसिद्ध हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ। ‘हिउँ चितुवा’ उपनामले चर्चित आङरिता शेर्पाको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ। सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले...

मोरङमा पूँजीगत तर्फ ८४ प्रतिशत खर्च

विराटनगर,१५ साउन । मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालय अन्तर्गत रु ५५ अर्ब १२ करोड ९७ लाख छ हजार ८८१ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । कार्यालयको अनुसार...

कोशीमा खसेको ट्रक एकदिनपछि निकालियो

विराटनगर । सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक एकदिनपछि निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो ।...

होम आइसोेसनमा संक्रमितको मृत्यु

विराटनगर, २२ असोज–कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै राखिएका विराटनगर–५ का एक पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । विराटनगर ५ का ८२ वर्षीय वृद्धको ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।...

आज नागपञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै...

चितवनमा बढ्यो सवारी दुर्घटना : एक वर्षमा ४३५ दुर्घटना, १२८ जनाको मृत्यु

चितवनमा अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा ४३५ दुर्घटना भएका...

चोरीको आरोपमा एक जना पक्राउ

विराटनगर, १६ माघ । झापाको अर्जुनधारा नगरपालिका–५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहिवार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्