विराटनगर । घरेलु टिम टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्यु २–१ गोलले हराउँदै कनकाई स्पोर्टिङ क्लब सुरुङगा सेमिफाइनलमा पुगेको हो ।
जितसँगै कनकाइले फाइनल प्रवेशको लागि बुधबार हुने पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) सँग खेल्नेछ ।
जितको लागि कनकाइका सन्दिप रसाइलीले दुई गोल गरे । उनी खेलको प्लयेर अफ द म्याच घोषित भए । टिडब्ल्युका आशिष राईले सान्तवना गोल फर्काए । खेलको अन्त्यमा टिडब्ल्युका खेलाडी समालिन नसक्दा हार व्यवहोर्यो ।
खेल सुरू भएको २७ औं मिनेटमा आशिषले डिबक्स भित्रबाट गोल गरी सुरुवाती अग्रता लिए । झापाका खेलाडीको खुट्टामा लागेर रिबाउन्ड भएको बललाई आषिकलले गोलमा परिणत गरे । टिडब्ल्युको अग्रता २७ मिनेट पनि टिक्न सकेन । दोस्रो हाफदेखि आक्रमक खेल पस्किदै ५० औं मिनेटमा कनकाइ स्पोर्टिङ क्लबका सन्दिप रसाइलीले गोल गरी खेल बराबारीमा ल्याए । खेल सकिन दुई मिनेट अगाडी कनकाइका खेलाडी श्याम मुर्मुलाई टिडब्ल्युका खेलाडीले डिबक्स भित्र फल खेलेपछि रेफ्री मदन काफ्लले पेलान्टी दिए । पेलान्टीमा कनकाइका सन्दिपले आकर्षक गोल गरि टिमको जित सुनिश्चत गरे ।
खेल सुरू भएको ९ औं मिनेटमा टिडब्ल्युका मनोज खड्काले डिबक्ब भित्रबाट गरेको कडा प्रहार कनकाइका गोलकिपर सन्तोष दनवारले पन्च गरेर बल बारमाथिबाट फालिदिए । त्यसलगतै ११ औं मिनेटमा कनकाइका श्याम मुर्मुको प्रहार टिडब्ल्युका गोलकिपर पूर्ण च्याम्जुङले बिफल पारिदिए । ४१ औं मिनेटमा कनकाइका श्यामले डिबक्स भित्रबाट गरेको प्रहार बाहिरयो । विराटनगरका खेलाडीले आधा दर्जन प्रहार गोल गर्न चुक्दा पहिलो खेलबाटै बाहिरियो ।
सोमबारको अन्तिम क्वारटफाइ खेल कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर र पूर्व बिजेता गोलबजार स्पोर्टिङ क्लब गोलबजारबीच हुनेछ ।
एजेन्सी, फागुन १४–भारतको राजधानी नयाँ दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा केही दिनदेखि जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । हिंसामा सर्वसाधारणको मृत्यु भएपनि प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका छन् ।...
काठमाडौं, १० जेठ-नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...
नेपालमा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....
धनगढी उपमहानगरपालिकाले घरमै पुगेर कोरोना भाइरसको जाँच सुरु गरेको छ ।शुक्रबार वडा नं १२ बाट सुरु गरिएको भाइरसको ¥यापिड टेस्ट शनिबार वडा नं ६ र ७ मा पनि सम्पन्न भएको छ । उपमहानगरपालिकाले भारतलगायत विभिन्न...
काठमाडौं, ११ कात्तिक-मंगलबार काठमाडौं उपत्यकामा २ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजर उपत्यकामा १ सय ५५ पुरुष र ९७ महिला गरी २ सय ५२ जनामा...
विराटनगर, २५ जेठ-खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आज बिहान स्थानीय ३६ वर्षीय शुभराज राईले सोही ठाउँका ६५ वर्षीय डिल्लीराज राई र उनकी...
विराटनगर, १० असोज । साढे ३३ किलो सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ आजदेखि सुरू भएको छ । साढे ३३ किलोग्राम सुन प्रकरणमा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको...
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संक्रमणमा देश अति जोखिममा रहेको बताएका छन् । उनले देशबासीको नाममा सम्बोधन गर्दै अहिलेसम्म ९ जनामा सीमित रहे पनि उच्च जोखिममा रहेको बताएका हुन् । उनले कोरोनाविरुद्धको लडाइमा सरकार ऐक्यबद्धता...