विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको आमन्त्रित प्रदेश सदस्यमा अमरेन्द्र कुमार साह मनोनीत भएका छन् । मोरङको सुनवर्षी निवासी साह संग मोरङको निर्वाचन क्षेत्रनम्बर २ का उम्मेदवार सुजाता कोईरलाले निर्वाचनको बेला गरेको सहमति अनुसार साहलाई आमन्त्रित प्रदेश सदस्यमा मनोनीत गरेको हो ।
तत्कालिन लोसपा नेपालका केन्द्रिय सदस्य तथा मोरङ ईन्चार्ज साह संग सुजाता कोईलाराले गरेको सहमति अनुसार उनलाई आमन्त्रित प्रदेश सदस्यमा मनोनीत गरेको हो । उनलाई शुक्रवार काग्रेसको कोशी प्रदेश सभापति उद्वव थापाले काग्रेसको विधान २०१७ (दशौं संसोधन २०७८) अन्तर्गत नियमावलीको अधारमा आमन्त्रित प्रदेश सदस्यमा मनोनयन गरेका छन् । साह मधेश आन्दोलनमा मोरङका अगुवा युवा नेताको रुपमा चर्चित बनेका थिए ।