जेटियुसीसीको सुनसरी – मोरङका औद्योगिक करिडोरमा निरीक्षण : अधिकांश प्रतिष्ठानमा कार्यान्वयन भएन न्यूनतम पारिश्रमिक
शुक्रबार, ३० चैत, २०८०,
न्यूज विराट
विराटनगर । सुनसरी – मोरङका औद्योगिक करिडोर भित्र रहेका उद्योग प्रतिष्ठानहरूले सरकारले तोकेको न्युनतम पारिश्रमिक र श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू नगरिएको पाइएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) सुनसरी – मोरङका औद्योगिक करिडोर भित्र रहेका उद्योग प्रतिष्ठानहरू निरीक्षणको क्रममा यस्तो पाइएको हो । सरकारले राजपत्रमा सूचना जारी लागू हुने गरी क्षेत्रगत आधारमा न्यूनतम मासिक, दैनिक, घण्टाको पारिश्रमिक तोकिदिएको थियो । सरकारले पारिश्रमिक लागू गरेको वर्षौ बितिसक्दा पनि यहाँका अधिकांश रोजगारदाताले यो व्यवस्था कार्यान्वयनमा ल्याएका छैनन् । अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय उपमहासचिव उपेन्द्र रायले सरकारले राजपत्रमा निकालेको न्यूनतम पारिश्रमिक अधिकांश क्षेत्रमा अझै कार्यान्वयन नगरिएको बताए । ‘जहाँजहाँ युनियनहरू छन्, त्यहाँत्यहाँ मात्रै कार्यान्वयनमा आएको पाइएको छ,’ उनले भने, ‘युनियनहरू बलियो भएका उद्योग प्रतिष्ठानहरूमा न्यूनतम पारिश्रमिक लागू भएको छ । तर, अधिकांश क्षेत्रमा तोकिएको न्यूनतम पारिश्रमिक श्रमिकले पाएका छैनन् ।’ उद्योग प्रतिष्ठानको निरीक्षणपछि विराटनगरमा आयोजित श्रमिकका सवालहरु बिषयक छलफल कार्यक्रममा सरकारले तोकेको न्यूनतम पारिश्रमिक पनि कार्यन्वयन नहुदा श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको बताए । आकासिँदो महँगीको अवस्थामा श्रमिकहरूको जीवनयापन नै कठिन बनेको भन्दै न्यूनतम पारिश्रमिक २५ हजार पु¥याएर कार्यन्वयन गरेरे लैजानुपर्नेम ाजोड दिए । सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँमात्रै छ । श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउँदै आएका छन् । श्रमिकले न्यूनतम पारिश्रमिक ९ हजार ३८५ मा महँगी भत्ता ५६१५ थप गरी १५ हजार रुपैयाँ पाउँछन् । यसका अतिरिक्त श्रम ऐनअनुसार सञ्चयकोष, उपदानसहितका सुविधा पनि उद्योग, प्रतिष्ठानले उपलब्ध गराउनुपर्ने हुन्छ । यही पारिश्रमिकसमेत कतिपय रोजगारदाताले लागू गरेका छैनन् । कार्यक्रममा देशका सबै क्षेत्रमा कार्यरत श्रमिकहरूको पारिश्रमिकमा एकरुपता ल्याउने गरी मासिक पारिश्रमिक कम्तीमा २५ हजार रुपैयाँ कायम गरेर कार्यन्व्यनमा लैजानुपर्ने उनीहरुले जोड दिए । उनीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोष पनि लागू गरेर लैजान जोड दिएका छन् । कार्यक्रममा जेटियुसीसी अध्यक्ष तथा ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष योगेन्द्र कुमाल, अखिल नेपाल ट्रेड युनियन माहासंघ केन्द्रीय अध्यक्ष जगत सिंखडा, जिफन्ट केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ तथा टे«ड युनियनका प्रदेशका अध्यक्ष, जिल्ला अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
विराटनगर । विराट गोल्डकप आयोजनाको जिम्मा पुन निजी क्षेत्रलाई दिइएको छ । पछिल्लो दुई वर्ष लगातार गोल्डकप घाटामा गएपछि यस पटक विराट गोल्डकप ट्रष्टले आयोजनाको जिम्मा विराटनगरका उद्योगी नवीन रिजाललाई दिएको हो । ५ औं...
पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५४८ नमुना परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् । आज १७ हजार...
सुर्खेत, ७ असार-कर्णालीमा आइतबार ११ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जना संक्रमित फेलापरेका हुन् । कर्णाली प्रदेश सामाजिक...
काठमाडौं, ११ वैशाख-बिहीबार थप २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा बिहीबार ५५ वर्षीय महिला पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या...
विराटनगर । विराटनगर–५ मा रहेको मदरल्याण्ड एकेडेमीले सरस्वती पूजाको अवसरमा भजन किर्तन प्रतियोगिताको आयोजना गरेको छ । स्कुल प्राङग्मा सोमबार राती सम्पन्न भएको भजन किर्तन प्रतियोगिताको उपाधि पोखरियाको राम जानकी आम समुहले जितेको छ ।...
ओखलढुंगा, ७ कात्तिक-ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन्...
काठमाडौँ, २३ कात्तिक-राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत हुनुहुन्छ । नेकपा (एमाले)का...
नेपाली सेनाको जहाजले मंगलबार विभिन्न ठाउँमा अत्यावश्यक सामग्रीहरूको ढुवानी गरिँदै छ । सेनाले सोमबार पनि केही स्थानमा ढुवानी गरेकामा आज पनि निरन्तरता दिइएको हो । देशका विभिन्न अस्पतालहरूमा औषधि तथा स्वास्थ्य सामग्री ढुवानीका लागि सेनाले...