विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मच्छिन्द्र एफसि काठमाण्डौले कोलकाताको साउर्थन समिति एफसिलाई २–१ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । जितको लागि मच्छिन्द्रका विदेशी खेलाडी स्टेफन विनोङ नायक भए । टिमलाई सेमिफाइनलमा पु¥याउन दुवै गोल स्टेफनले गरे । खेलको प्लेयर अफ द म्याच पनि स्टेफन घोषित भए । उनले नगद ११ हजार पाए । कोलकाताको तर्फबाट सान्तवना गोल सोनु हल्दारले फर्काए ।
सेमिफाइनल प्रवेश गरेको मच्छिन्द्रले अब फाइनल प्रवेशका लागि बिहीबार सिक्किम ड्रागन भारतसँग सामना गर्दैछ । यसअघि घरेलु टिम सांग्रीला मोरङ एफए र विभाग्य टिम सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनलमा पुगिसकेका छन् । एपीएफले इटहरी गोल्डकप च्याम्प्यिन चर्च ब्वाईज युनाइटेड काठमाण्डौलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम सांग्रीलाले भुटानको आरटिसिएफसी ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो । प्रतियोगिता अन्तर्गत् पहिलो सेमिफाइनल खेलमा बिहीबार सांग्रीला र विभाग्य टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
अन्तिम क्वाटरफाइनलमा मच्छिन्द्रका विदेशी स्टेफन विनोङले खेल सुरु भएको १० औं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाए । मनिष डाँगीले निकालेको क्रस पासलाई स्टेफनले मध्ये भागबाट वललाई एक्लै लगेर कोलकताका गोलकिपर सुरजक मल्किलाई वीट गर्दै उत्कृष्ट फिनिसिङ गरे । मच्छिन्द्रले अग्रता लिएको २२ मिनेट बित्न नपाउँदै कोलकताका सोनु हल्दारले ३२ औ मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । सत्रिय बक्सीले निकालेको पासलाई सोनुले गोल गरेका थिए । पहिलो हाफ १–१ गोलको बराबारीमा सकियो । दोस्रो हाफदेखि मच्छिन्द्रले आक्रमक खेल पस्कियो । खेलको ५५ औं मिनेटमा स्टेफन विनोङल गोल गर्दै मछिन्द्रलाई २–० को जित दिलाए । सनीस श्रेष्ठले निकालेको पासलाई स्टेफनले टच गर्दा आकर्षक गोल भयो । ४१ औं मिनेटमा सत्रिय बक्सीले दाया बार च्यापेर प्रहार गोलेको बललाई मछिन्द्रका गोलपिकर विशाल श्रेष्ठले पन्च गरेर बारमाथिबाट फालिदिए । ४४ औं मिनेटमा मच्छिन्द्रका आयूष गलानले ३० यार्डदेखि गरेको प्रहार बारमा लागेर बाहिरिदा अग्रता तेब्बर बनाउने मौका गुमाए । ४७ औ मिनेटमा स्टेफनले डिबक्स भित्रबाट गरेको कडा प्रहार कोलकाताका कप्तान सुमनले गोल हुनबाट उत्कृष्ट बचाए । गोलकिपर सुरज मल्कि अगाडी बढदा सुमनले गोल हुनबाट जोगाए । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि दोस्रो हाफमा कोलकताले केहि राम्रो अवसर खेर फालेका थिए । ६५ औं मिनेटमा स्टिफीनले प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । यस्तै ७० औं मिनेट मनिष डाँगीले पासमा स्टिफिनकोे प्रहार कोलकत्ताका गोलकिपर सुरज मल्किले उत्कृष्ट बचाउ गरे । कोलकाताका खेलाडीको फिनिसिङ पक्ष कमजोर रहदा बारम्बार पाएको गोल गर्ने अवसर चुकाउँदा पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । हारपछि कोलकाताका प्रशिक्षक सौमेन्दु कुन्दुले खेलाडीहरुको थुप्रै अवसर पाउँदा पाउँदै पनि फिनिसिङ पक्ष कमजोर हुँदा पराजय भएको बताए । यता मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीहरुले योजना अनुसार आक्रमक खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताए । सेमिफाइनलमा मंगलबार भएको क्वाटरफाइनलमा भएको गल्ती सच्याएर अगाडी बढने बताए । सेमिफाइनलमा बिमल घर्तीमगरलाई मैदानमा उतात्रने योजना रहेको उनले सुनाए । ‘विमल मैदानमा रहदा अग्रपंन्ती थप मजदुत हुनेछ,’ उनले भने ।
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले विद्यार्थीहरूलाई मोटिभेसन तालिम दिएको छ । एसईई दिएर बसेका विद्यार्थीहरूको लागि कलेजले आइतबार मोटिभेसन कार्यक्रम आयोजना गरिएको हो । एइइको परीक्षा दिएर बसेका करिब पाँच सय बढी विद्यार्थीहरूलाई दुई समूह...
डडेल्धुरा, १३ असार-कैलालीका कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका- ७ का ५० वर्षीय पुरुषको बिहान ९ बजे चितवनको भरतपुर अस्पतालको आइसीयू कक्षमा मृत्यु भएको हाे । उनी क्यान्सरका बिरामी थिए। चितवनमा...
महोत्तरी, १२ जेठ-महोत्तरीको रामगोपालपुर नगरपालिका-७ सहसौलामा गएराती लागूऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा १ जनाको मृत्यु भएको छ । प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार मृत्यु हुनेमा रामगोपालपुर–७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेका छन्...
विराटनगर, २० भदौ । निरन्तर विभिन्न सामाजिक कार्यहरु रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क दन्त शिविर आयोजना गरेको छ । विद्यार्थीहरुका लागि क्लबले विराटनगर विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालयमा नौलखा डेन्टल केयरको सहकार्यमा निःशुल्क...
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।प्रदेश प्रमुख पर्शुराम खापुङ्गबाट सोमबार मुख्यमन्त्री कार्कीले शपथग्रहण गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीसँगै अन्य तीन मन्त्रीले...
काठमाडौं, १२ वैशाख-सरकारले विवादित अध्यादेश फिर्ता लिन निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डसँग भेट गरेका छन् । ओली, प्रचण्ड र देउवाबीच प्रधानमन्त्री निवासमा...
काठमाडौं, २५ असोज-चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा.डा. गोविन्द केसीले आइतबार बिहान अनशन तोडेका छन् । शनिबार राति अबेर सरकारसँग ८ बुँदे सम्झौता गरेका केसीले आइतबार बिहान अनशन तोडेका हुन् । शिक्षण अस्पताल महारागन्जमा...
विराटनगर । सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् । शुक्रवार साढे १२ बजे डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका मुख्य...