कटहरीको सडक कालोपत्रे गर्ने प्रतिबद्धतापछि आन्दोलन स्थगित
मङ्गलबार, २० चैत, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरको हाटखोला– रंगेली हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्ड कालोपत्रे गर्ने सहमति भएपछि स्थानीयले आन्दोलन स्थगित गरेका छन् ।
तीन महिना भित्र उक्त सडक कालोपत्रे गर्ने ठेकेदार कम्पनीले सहमति गरेपछि यहाँका स्थानीयले एक हप्तादेखी गर्दै आएको आन्दोलन मंगलबारदेखि स्थगीति गरेका हुन् ।
उक्त निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै कटहरीका स्थानीय १५ चैतदेखि ख निरन्तर रुपमा आन्दोलनमा रहेका थिए । स्थानीयले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीको उपस्थीतिमा आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् । तीन महिनाभित्रमा हुलाकी सडक खण्ड अन्र्तगत कटहरी क्षेत्रको सडक कालोपत्रे नभए पुनः आन्दोलनमा उत्रिने कटहरीका स्थानीय संन्जय मण्डलले बताए । ‘स्थानीय प्रशासनको उपस्थितीमा ठेकेदार कम्पनीले कटहरीको खाल्टाखुल्टी सडक पुर्ने र विहान बेलुका पानी लगाएर धुलो नउठाउने सहमति भएको छ,’ उनले भने, ‘तीन महिनाभित्रमा यो सडक कलोपत्रे गर्ने सहमति भएको छ । नभए फेरी हामी स्थानीय आन्दोलनमा उत्रिनेछौं ।’
सडक निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै यहाँका स्थानीयले १५ चैतदेखि दैनिक एक घण्टा सडक अवरुद्ध गरेर आन्दोलनमा होमिएका थिए ।
मोरङको रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको सिंघिया खोलासम्मको ४४ किलोमिटर खण्डको भौतिक प्रगति सुस्त हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो । तीन अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रकम खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र छ । २०७६ सालमा तीन वर्ष भित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० सालसम्म पु¥याइएको थियो । तर अहिलेसम्म जम्मा १६ किलोमिटर कालोपत्रे भएको छ । सडक निर्माण पूरा नहुँदा सर्वसाधारण कष्ट भोग्नु परेको छ । बर्खामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्न समेत समस्या हुने गरेको छ । ठेकेदार कम्पनी गजुरमुखी र श्रेष्ठ कन्स्ट्रसन प्रालिले ठेक्का लिएको कर्सिया सडक खण्ड हुँदै विराटनगर केशलीया सडकको काम भने ३० प्रतिशत मात्र भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक हुलाकी सडक अन्तर्गत मोरङमा पाँचवटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।
एजेन्सी, बैशाख १२-साउदी अरबमा ११ जना भारतीय नागरिकको मृत्यु भएको साउदी अरबस्थित भारतीय राजदूतावासले जानकारी गराएको छ । 'यही बुधबार (अप्रिल २२) सम्म राजदूतावासलाई प्राप्त जानकारीमा साउदी अरबको मदिनामा ४, मक्कामा ३, जेदामा २ गरी...
विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छली गरेको १२ लाख बढीको सामान प्रहरीले बरामद गरेको छ ।विराटनगर महानगरपालिका –१६ बिराटनगर जुट मिल छेउमा अवैध रूपमा भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा...
विराटनगर, २३ वैशाख । मोरङको बेलबारी नगरपालिकामा राप्रपाबाट मेयर उम्मेदवार बनेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । उनको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको...
जाजरकोट, ३० चैत-बारेकोट गाउँपालिका–२ की शान्ति नेपालीको मात्र होइन छिमेकीको घरमा पनि खाद्यान्न सकिन लाग्यो । पसलबाट सँधै उधारो ल्याउन असजिलो हुने भएपछि नेपालीलाई कसरी चुल्हो बाल्ने भन्ने चिन्ता परेको छ । शान्तिलाई जस्तै अयर्ना...
विराटनगर । नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमितिको अध्यक्षमा डा. यमबहादुर रोका चयन भएका छन् । नयाँ कार्यसमितिमा प्रा.डा राजीव झा, प्रेसिडेन्ट इलेक्ट, र डा. सुदन ढकाल उपाध्यक्षमा चयन भएका हुन् । त्यस्तै गरी सचिवमा...
काठमाडौं, पुस २ । प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पाउनु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको अपानिअनुसार प्रेस चौतारीको इञ्चार्ज प्रचार तथा प्रकाशन विभाग प्रमुख रहनुभएका उपमहासचिव...
विराटनगर, ३ जेठ । प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा...