कृषि उपजको सूचना प्रवाह गर्ने ‘कृषि मुल्य सूचना प्रणाली’ सञ्चालन

 न्यूज विराट
कृषि उपजको सूचना प्रवाह गर्ने ‘कृषि मुल्य सूचना प्रणाली’ सञ्चालन

विराटनगर । कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । प्रमुख कृषि बजारहरुमा पाइने कृषि उपजहरुको सूचना प्रवाह गर्ने उद्देश्यले बुधबारदेखि उक्त सूचना प्रणाली संचालनमा ल्याएको हो ।

मूल्य सूचना प्रणाली सार्वजनिक उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले गरे । कोशी प्रदेशमा उत्पादन भएका कृषि उपजहरुको बारेमा उत्पादक किसान, व्यावसायी, उपभोक्ताहरुबीचमा सहज सूचना प्रवाह गर्न मूल्य सूचना प्रणाली प्रभावकारी हुने भएकोले कोशी प्रदेशमा पहिलो पटक सुरुवात गरिएको मन्त्रालयले जनाएको छ ।
उत्पादित उपजको बजार मूल्यको बारेमा जानकारी नपाउँदा किसानहरुले सस्तोमा वस्तु बिक्री गर्नुपर्ने बाध्यता हटाउने सूचना प्रणालीले सहयोग पुग्न सक्ने छ । फरक फरक बजारमा वस्तुको फरक मूल्य हुने भएकोले किसान र व्यापारीहरुले बजार छनौट गर्न सक्ने अवसर पनि यो प्रणाली उपलब्ध गराउने मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेलले बताए ।
यो प्रणालीमा कोशी प्रदेशका तीन ठूला कृषि बजारहरु बिर्तामोड, धरान र इनरुवाको थोक तथा खुद्रा मूल्य समावेश गरिएका छन् । विराटनगरको कृषि बजार भने मूल्य सूचना प्रणालीमा समावेश भएको छैन । विराटनगर कृषि थोक तथा खुद्रा बजार व्यवस्थापन समितिले आधिकारिकरुपमा वस्तुको मूल्य संकलन गर्ने परिपाटी विकास नगरेका कारण कृषि मूल्य प्रणालीमा समावेश गर्न नसकेको अधिकृत पोखरेलले जानकारी दिए । विराटनगर महानगरपालिकासँग समन्वय गरेर बजार व्यवस्थापन समितिलाई व्यवस्थित गरी सूचना प्रणालीमा समावेश गर्न समन्वय गर्ने मन्त्रालयले जानकारी दिएको छ ।
यस बाहेक अरु केही साना कृषि बजारहरुबाट पनि सूचना संकलन गरी नियमित वेवसाइटमा प्रकाशन गरिने कार्यक्रममा जानकारी दिइएको छ । कृषि उपज बिक्रेताहरुको सहजताका लागि प्रणालीमा काठमाडौंको कालिमाटी तरकारी बजारको मूल्य सूचिलाई पनि समावेश गरिएको छ ।
दैनिकरुपमा कृषि उपजहरुको मूल्य सूचि अद्यावधिक गर्न बजारहरुमा सूचना संकलकहरु परिचालन गरिएको र स्वीस सरकारको सहज परियोजनाको सहयोगमा सूचना प्रशोधनकर्तामार्फत नियमितरुपमा मूल्य सूचि अपलोड गर्ने व्यवस्था मिलाएको मन्त्रालयले जानकारी दियो ।
कार्यक्रममा बोल्दै प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले रियल टाइमको मूल्यका बारेमा जानकारी नपाउँदा किसानले वस्तुको उचित मूल्य पाउन नसकिरहेको विद्यमान अवस्था हटाउन यो प्रणालीको भरपुर सदुपयोग गर्नुपर्ने बताए । तीन तहका सरकारहरु मिलेर किसानहरुलाई उचित सूचना, मल, बिउ, तथा परामर्श आदि सेवाहरु दिँदै कृषि उत्पादन बढाउन लाग्नु पर्नेमा उनले जोड दिए । मन्त्री खत्रीले कृषि उत्पादनबाट मात्रै मुलुकको समृद्धि सम्भव भएको भन्दै आत्मनिर्भर कृषि उत्पादनतर्फ अगाडि बढ्नुको विकल्न नरहेको बताए ।
मन्त्रालयका सचिव लेखराज दाहालले कृषि सूचना प्रणालीलाई निरन्तरता दिँदै परिस्कृत गर्दै लगिने बताए । यसको लाभ सबैभन्दा बढी व्यापारीले र त्यसपछि किसानले लिनुपर्ने उनले बताए ।
स्थानीय तहका प्रमुखहरुको पनि उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका अध्यक्ष बलदेवसिंह गोम्देन तामाङले कृषि उत्पादनमा लाग्ने युवाहरु नहुँदा जमिन बाँझिन थालेको अवस्थामा किसानलाई सहयोग पुग्ने र कृषि कर्म गर्दा आत्मसम्मन र स्वाभिमान उँचो बनाउने खालका कार्यक्रम जरुरी रहेको बताए । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललगायतले कृषि मूल्य सूचना प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्ने बताए ।

सम्बन्धित समाचार

सकियो पाँच दिने टेबल टेनिस

विराटनगर । विराटनगरमा पाँच दिने टेबुल टेनिस तालिम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघ (आइटीटीएफ) को आर्थिक तथा प्राविधिक सहयोग तथा विराटनगर टेबुल टेनिस क्लबको आयोजनामा पाँच दिने तालिम सम्पन्न भएको हो ।...

भैरव गणमा पाँच दिने हातेमालो कार्यक्रम

विराटनगर । मोरङको थलहास्थित श्री भैरव गणको नेतृत्वमा पाँच दिने हातेमालो कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी साथै विपद व्यवस्थापनसँग सम्बद्ध निकायहरुसँग एक आपसमा जानकारी आदन प्रदान गर्ने उदेश्यले नेपाली सेनाको मोरङ स्थित...

छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । क्लबले जहदा गाउँपालिकास्थित बुधनगर स्कुलमा अध्ययनरत छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो । ...

आजदेखि संघीय संसद्को बजेट अधिवेशन

काठमाडौं, २६ वैशाख-संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक सुरू हुँदै छन् । कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरू अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी...

जुवाखालबाट ६ लाख रुपैयाँसहित कांग्रेस जिल्ला सभापति पक्राउ

काठमाडौं । बौद्धस्थित एक जुवाखालबाट दोलखाका कांग्रेस जिल्ला सभापति वर्मा लामासहितका जुवाडे पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा बिहीबार राति जुवाघरमा छापा मार्दा कांग्रेस नेता समातिएका हुन्। जुवाखालबाट ६ लाख रुपैयाँ पनि बरामद...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

असुरक्षित गर्भपतनले महिलाको मृत्यु, मेडिकल संचालक पक्राउ

विराटनगर । असुरक्षित गर्भपतन गराउने क्रमम झापाको एक जना महिलाको मृत्यु भएको छ । औषधि पसलले गर्भपतन गराउनका लागि दिएको औषधि सेवन गर्दा दमक नगरपालिका–४ की ४० वर्षीया कल्पना राईको मृत्यु भएको हो । मोरङको...

हिमालय दर्शन कलेजमा शेफ प्रतियोगिता, विराट विक्टोरियाले जित्य उपाधि

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजले अन्तर–कलेज शेफ प्रतियोगिता आयोजना गरेको छ ।कलेज परिसरमा शुक्रबार शेफ प्रतियोगिता गरेको हो । उक्त प्रतियोगिताको प्रथम विराट विक्टोरिया मेमोरियल स्कुल, द्धितीय सुकुना सेकेण्डरी स्कुल र तृतीय ब्राइट फ्यिूचर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्