दुर्घटना रोक्न सचेतना मुलक प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा

 न्यूज विराट
दुर्घटना रोक्न सचेतना मुलक प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्नुको साथै सडक अनुशासनको पालना गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सचेतना मुलक अभियानको थलानी गरेको छ ।

सचेतना मुलक सन्देश लेखेको प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा उभिएर बिहीबारदेखि अभियानको थलानी गरेको हो । ट्राफिक नियमको उल्लघंनको कारणले जिल्लामा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले सन्देशमुलक प्लेकार्ड बोकेर सडकमा उभिने अभियान सुरू गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानले जानकारी दिए । यो अभियान एक हप्तासम्म संचालन हुने उनले जानकारी दिए । ‘डियूटिमा रहेका ट्राफिक प्रहरीले सन्देश मुलक प्लेकार्ड बोकेर सडकमा उभिने अभियान सुरू भएको छ । जसले गर्दा सवारी चालकहरुले ट्राफिक नियमको पालना गराउन सहयोग पुग्नेछ,’ ट्राफिक प्रहरी निरीक्षक न्यौपानेले भने, ‘यो अभियान एक हप्तासम्म मोरङ जिल्ला भरीमा लागू हुनेछ ।’

यस्तो अभियानले सवारी दुर्घटनामा न्यूनिकरण हुने हामीले अपेक्षा राखिएको उनले बताए । ट्राफिक प्रहरीले तीव्र गति जीवन क्षति, मादक पदार्थ सेवन गरी सवाधारी साधन नचलाऔं, सवारी चलाउँदा मोवाइल फोनको प्रयोग नगरौँ, भन्ने जस्ता प्लेकार्ड बोकेर सडकमा उभिएका छन् ।

चालक र सहचालकलाई पनि दुर्घटना न्यूनीकरणका विषयमा जानकारी दिन थालिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘हामीले चालक र सहचालकलाई सवारी साधन ओभरटेक नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न सचेत गराएका छौं । प्रहरी निरीक्ष न्यौपानले भने, ‘सामूहिक रुपमा चालक र सहचालकलाई एकठाउँमा भेला गरेर हामीले प्रशिक्षण दिएका छौं ।’
ट्राफिक प्रहरीले थालेको सचेतना अभियानले सवारी दुर्घटनामा कमी आउने पनि अपेक्षा गरिएको उनले बताए । ट्राफिक प्रहरी पोस्ट निमुवाले पनि अभियान सुरु गरेको छ । दुर्घटना न्युनिकरणको लागि प्लेकार्ड बोकेर अभियान सुरु गरिएको ट्राफिक प्रहरी पोस्ट निमुवका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असइ) तुलामणि आचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सातौं स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको सातौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संविधान निर्माणको अगुवाइसमेत गरेका पूर्वप्रधानमन्त्री कोइरालाको २०७२ साल माघ २६ गते राति महाराजगञ्जस्थित निवासमा निधन भएको थियो...

सर्वोच्चले भन्योः लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्नू

काठमाडौं, २९ जेठ-सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी...

सगरमाथा स्कुलको भव्य भयो २८ औं अभिभावक तथा वार्षिकोत्सव

विराटनगर । विराटनगर – ११ पाञ्चालीमा रहेको सगरमाथा सेकेण्डरी बोर्डिङ स्कूलले २८ औं विद्यार्थी अभिभावक दिवस तथा वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना कालदेखि नै विद्यार्थीहरुलाई अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी...

काठमाडाैं आइपुग्याे लिउ जियाञ्चाओकाे टाेली

चिनियाँ कम्युनिस्ट पार्टीको ६ सदस्यीय टोलीको नेतृत्व गर्दै विदेश विभाग प्रमुख लिउ जियाञ्चाओ काठमाडाैं आइपुगेका छन् । टाेली एयर चाइनाको ४३७ नम्बर उडानबाट लिउ नेतृत्वकाे टाेली केही बेरअघि त्रिभुवन विमानस्थलमा अवतरण गरेकाे हाे । चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू फङ स्यौपिन,...

तिलोत्तमा हत्या प्रकरणः स्थानीयको अवरोधले शव उठ्न सकेन

बुटवल, २८ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० कान्छीबजारको एक पशु फार्ममा ५ जनाको हत्यामा संग्लनलाई सार्वजनिक गर्न माग गर्दै स्थानीयले मृतकको शव उठान अवरोध गरेका छन् । शव लैजान २ वटा एम्बुलेन्स घटनास्थल पुगि सकेका छन् ।...

युवा संघद्धारा विराटनगरमा राके जुलुस

विराटनर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयासको विरोधमा विराटनगरमा राके जुलुश निकालेको छ । एमालेका भातृ संगठन युवा संघ नेपाल मोरङले विरोध स्वरुप विराटनगरमा राँके जुलुश निकालेको हो । पार्टी अध्यक्ष...

प्रदेश १ मा १० जना संक्रमित थपिए

विराटनगर, १० साउन–प्रदेश १ मा आज १० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५, सुनसरीमा २, झापा, ते¥हथुम र खोटाङमा १÷१ जनामा संक्रमण देखिएको छ । मोरंगको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्