बरगाछी स्मारिकाको लोकार्पण

 न्यूज विराट
बरगाछी स्मारिकाको लोकार्पण

विराटनगर । गुराँस पुस्तकालय विराटनगरको ५४ औं स्थापना दिवसका अवसरमा पुस्तकालयद्वारा प्रकाशित बरगाछी स्मारिकाको लोकार्पण गरिएको छ ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मंगलबार बरगाछीको १७ औं अंक विमोचन गरेका हुन् । बरगाछी स्मारिका समालोचक दधिराज सुवेदीले सम्पादन गरेका हुन् ।

सो कार्यक्रममा स्वर्गीय मुत्तिप्रसाद–यदुनाथ चापागाई स्मृति सम्मानबाट समाजसेवातर्फ बरिष्ठ समाजसेवी दिनबन्धु गोयल सम्मानित भएका छन् । गोयललाई कार्यक्रमको प्रमुख अतिथि काँग्रेसका नेता कोइरालले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । यसैगरी राजनीतितर्फ पीताम्बर दाहाललाई सम्मान गरिएको छ ।

गुराँस पुस्तकालयका पूर्व सभापति रहेका नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंले आफ्ना हजुरबुबा मुक्तिनाथ र बुबा यदुनाथ चापागाईंको स्मृतिमा सो सम्मान स्थापना गरेका हुन् ।

मुक्तिनाथ चापागाईं नेपाली कांग्रेस मोरङका भूतपूर्व सभापति हुन् । यस्तै लाइफगार्ड अस्पतालका सञ्चालक डा. कैलाश श्रेष्ठले स्थापना गरेको पूर्णकुमारी श्रेष्ठ छात्रवृत्ति कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

कोरोनाका शंकास्पद व्यक्तिको नमुना परीक्षण अब विराटनगरबाट पनि

कोरोना भाइरस (कोभिड-१९) को शंकास्पद बिरामीको नमुना परीक्षण विराटनगरबाट पनि गरिने भएको छ । कोसी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमुना परीक्षण गरिने भएको हो । विराटनगरबाट कोरोना परीक्षणका लागि आवश्यक तयारी गरिएको प्रदेश-१ का सामाजिक...

ईद पर्वमा विदा दिनुपर्ने माग राख्दै मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीले लगाए ताला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको प्रशासनिक भवनमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । इस्लाम धर्मावलम्बीहरूको ईद पर्व सोमबार पर्ने सम्भावना रहेको दिन समेत परीक्षा तालिका राखिएकोले त्यसलाई रद्द गर्न माग गर्दै विद्यार्थीले...

मतदाताको घर–घर पुगेर आशिर्वाद लिँदै रंगेली–७ का स्वतन्त्र उम्मेदवार श्रेष्ठ, भन्छन्–वडालाई नमुना वडाको रुपमा विकास गर्छु

रंगेली, २६ वैशाख । सञ्जिव श्रेष्ठ रंगेली–७ का लागि निकै परिचित नाम हो । निरन्तर विभिन्न सामाजिक काममा सकृय रहँदै आएका श्रेष्ठको छवि समाजमा उच्च छ । निरन्तर समाजका लािग केही न केही गरिरहने श्रेष्ठप्रती...

पर्सामा २ सेनाका जवानसहित थप ५ जनाले जिते कोरोना

जनकपुरधाम, २२ जेठ-वीरगञ्जको विशेष कोरोना अस्पतालबाट कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई जितेर आज ५ जना घर फर्किएका छन् । योसहित प्रदेश २ बाट कोरोना जित्नेको संख्या १ सय ९ पुगेको छ । आज पर्साको जिराभवानी...

अध्यादेशका बारेमा पार्टीलाई केही जानकारी छैनः खनाल

नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिक दलसम्बन्धी अध्यादेशका बारेमा पार्टीलाई केही जानकारी नभएको बताएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा पार्टी फुटाउन सहज हुने गरी संसदीय दल वा केन्द्रीय समितमा ४० प्रतिशत सदस्य पुगे...

विश्व बाताबरण दिबसमा बुद्धोदय सहकारीद्धारा वृक्षारोपण

विराटनगर । विश्व बाताबरण दिबसको अबसरमा बुद्धोदय बचत तथा ऋण सहकार संस्था लि. लिे वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । विराटनगर ३ मा रहेको सहकारीले बुधबार वृक्षारोपण गरेको हो । सहकारीले अन्य विभिन्न संघसंस्थाको आयोजनामा...

र्‍यापिड टेस्ट किट गडबडीबारे मन्त्रालयले निकाल्यो विज्ञप्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरिएको र्‍यापिड टेस्ट किटको विषयमा विज्ञप्ति निकाल्दै विभिन्न सञ्चारमाध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा र्‍यापिट टेस्ट किटका बारेमा सञ्चारमाध्यममा...

पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भयो : समाजवादी प्रेस संगठन

काठमाडौँ । समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भएको आरोप लगाएको छ । अध्यक्ष विश्वमणि सुवेदीले आइतार जारी गरेको विज्ञप्तिमा मतगणनाक्रममा महासंघमा उम्मेदवार बनेका व्यक्तिहरूबाटै शनिबार राति केन्द्रीय कार्यालयमा तालाबन्दी भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्