पत्रकारको उपचार गर्दा लागेको खर्च र हराएको संचार उपकरणको क्षतिपूर्ति दिन पत्रकार महासंघको माग
आइतबार, २७ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्वार परीक्षण कार्यक्रमको समापनको अवसरमा ‘डेमो’ देखाउने क्रममा घाइते भएका संचारकर्मीको उपचार खर्च र क्षति भएको संचार उपकरणको क्षतिपूर्ती दिनुपर्ने माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराईले आइतबार प्रेस विज्ञाप्ती जारी गर्दै घाइते भएका पत्रकारको उपचार गर्दा लागेको खर्च र हराएको, बिग्रेको सामानको मूल्य बराबरको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन माग गरेका हुन् ।
सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्वार परीक्षण कार्यक्रमको समापनको अवसरमा ‘डेमो’ देखाउने क्रममा गत कार्तिक १७ गते सप्तकोशीमा डुङ्गा दुर्घटना भएको थियो । डुङ्गा दुर्घटनामा चार पत्रकारसहित ११ जनाको टोली डुबेका थिए ।
दुर्घटनामा कान्तिपुरकर्मी महाप्रसाद खतिवडा, देवनारायण साह र शम्भु पोखरेल रेडियो नेपालका कुमोद अधिकारी, जितेन्द्र ठाकुर, उदयपुरका स्थानीय सुशील सेँढाई, अर्जुन दाहाल, टंक शर्मा, तेजप्रसाद तिम्सिना, गोमा सेँढाई, विशाल दाहाल र अम्बिका निरौला घाइते भएका थिए । पानीमा डुबेर बेहोस भएका अधिकारी र खतिवडाको छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । दुर्घटनामा परी घाइते भएका विराटनगरस्थित रेडियो नेपालका पत्रकार कुमोद अधिकारीलाई ५ दिनसम्म धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियुमा राखेर उपचार गर्नुपरेको थियो । यस्तै कान्तिपुरका पत्रकार महाप्रसाद खतिवडालाई पनि केही दिन उपचार गर्नुपरेको थियो । सप्तकोशीमा डुब्दा पत्रकारहरुको मोवाइल, नगद तथा क्यामेरा गरी झण्डै ५ लाखको सामान काम नलाग्ने भएको जारी विज्ञाप्तीमा उल्लेख छ । सशस्त्र प्रहरी कोशी प्रदेशका प्रमुख डिआइजी अञ्जनी पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले क्षतिपूर्ति दिने भनिएपनि हालसम्म सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च दिन प्रदेश सरकार र सशस्त्र प्रहरीले आलटाल गरेको प्रति नेपाल पत्रकार महासंघ मोरङको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञाप्तीमा उल्लेख छ । ‘पत्रकारलाई उपचार खर्च र हराएको, बिग्रेको सामानको मूल्य बराबरको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन जोडदार माग गर्दछौं, महासंघको कार्यबहाक अध्यक्ष भट्टराईले हस्ताक्षर गरेको विज्ञाप्तीमा उल्लेख छ ।
काठमाडौं, १० वैशाख-अहिलेसम्म स्वाव नमुना संकलन (पिसिआर) र र्यापिड डाइग्नोष्टिक टेस्ट विधिबाट गरी ४० हजार बढीको नमुना परीक्षण भएको छ । अहिलेसम्म देशभरी ४० हजार बढी परीक्षण भएका छन् । पिसिआर र र्यापिड डाइग्नोष्टिक (आरडिटी)...
विराटनगर । मोरङको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको थप दुई वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । जहदा गाउँपालिका ७ मा रहेको तारिगामा र मधुमल्लामा बिहीबार बिओपी स्थापना गरिएको हो । स्थापना...
एजेन्सी, जेठ ५-जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । कोरोना भाइरसको महामारीका बीच ६६ दिनपछि पुनः सुरु भएको बुण्डेस लिगामा बायर्नले युनियन बर्लिनलाई उसकै मैदानमा २-० ले हराएको हो । बायर्नको...
काठमाडौं, १० साउन-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता, पूर्वमन्त्री सुनीलबहादुर थापाले शनिबार पार्टी परित्याग गरेका छन् । थापाले राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई शनिबार राजीनामा पत्र बुझाएका हुन् । उनीसँगै...
काठमाडौं, १५ जेठ-राष्ट्रिय योजना आयोगले आज दिउँसो १ बजेलाई बैठक डाकेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तयारी सकेर बजेट भाषणसमेत मुद्रण विभागमा छाप्न पठाएसँगै योजना आयोगले बैठक डाकेको हो । दिउँसो १...
विराटनगर । विराटनगरमा सहकारीको नाममा लगानी गरेर मिटरब्याज धन्दा चलाउने गरेको पाइएको छ । अचल सम्पत्ति सहकारीको नाममा धितो राखेर व्यक्तिगतरुपमा करोडौं लगानी गर्ने र मिटरब्याज असुलीको धन्दा चलाउने काममा सक्रिय रहेको गुनासो मंगलबार सार्वजनिक भएको...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्रसूती र बाल स्वास्थ्य सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । डाउनटाउनले आफ्नो सिर्भस प्रोजेक्ट अन्तर्गत प्रसूती र बाल स्वास्थ्य जागरूकतामा केन्द्रित कार्यक्रम आयोजना गरेको हो । सो...
काठमाडौं, १५ वैशाख-कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रोकथामका लागि देश लकडाउनमा रहेको १ महिनाभन्दा बढी भइसकेको छ । यसले मानवीय क्षति हुनबाट देशलाई जोगाएको छ । तर, अर्थतन्त्रमा भने इतिहासमै सबैभन्दा ठूलो असर पारेको छ...