सकियो वडा स्तरीय फुटबल प्रतियोगिता, विराटनगर ११ लाई उपाधि
शनिबार, २६ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि विराटनगर ११ नम्बर वडाले जितेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगर १२ नं.वडालाई ६– ३ गोलले हराउँदै विराटनगर ११ ले उपाधि जितेको हो । उपाधि संगै विराटनगर ११ ले ३१ हजार रुपैयाँ हात पार्यो । उपबिजेता विराटनगर १२ ले २१ हजार रुपैयाँमा चित बुझायो ।
जितको लागि विराटनगर ११ का सागर तिवारीले दुई गोल, मनोज मारिक , ज्योति मरिक, भुवन बस्नेत र बिवेक राइले १–१ गोल गरे ।
विराटनगर १२ को तर्फबाट रोशन राई ,अनुरोध चौधरि र बिमल राजवंशीले १–१ गोल फर्काए ।
फाइनल खेलको म्यान अफ द म्याच विराटनगर १२ का बिकास मगर घोषि भए । उनले १ हजार १ सय रुपैयाँ पुरस्कार पाए । खेलको म्यान अफ द श्रीरिज विराटनगर १२ का ज्ञानेन्द्र मगर, हाइस्कोर विराटनगर ११ का सागर तिवारी घोषित भए । सागरले प्रतियोगिता भरिमा चार गोल गरे।
विराटनगर १५ नम्बर वडाको आयोजना र मिल्स भेट्रान्स रानी विराटनगरको संयोजनमा भएको उक्त प्रतियोगितामा विराटनगरका आठ टिमको सहभागि रहेको विराटनगर १५ का वडाअध्यक्ष प्रकाश साहले जानकारी दिए ।
बिजेता हुने खेलाडी हरुलाई पुरस्कार वितरण विराटनगर १५ का वडाअध्यक्ष प्रकाश साह, विराटनगर १६ का वडाअध्यक्ष उद्वब भुजेल, विराट गोल्डकप टस्टका अध्यक्ष किशोर शाहीले पुरस्कार बितरण गरे ।
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका साथीहरूको साथ र संख्या पुगेमा संसदीय दलको नेता...
विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनमा धनबहादुर काफ्लेको समूहको चुनावी अभियान आक्रमक देखिएको छ । आफ्नो चुनावी प्रतिवद्धता सुनाउँदै अध्यक्षको उम्मेदवार काफ्लेको समूहको अभियान तिव्र...
काठमाडौं, साउन २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्तासँगै संघीय संसदमा १५ बुँदे सन्देश पठाउनु भएको छ । सन्देशमा ९ वटा विषयलाई गम्भीरतासाथ उठाइएको छ । सदनले साउन १५ गते विधेयक प्रमाणीकरणका लागि शीतल निवास...
विराटनगर । विराटनगरमा अवस्थित लर्डबुद्ध कलेजले शनिबार ‘फेरी भेटौला’ कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुको स्वागत तथा विदाई गरेको छ। यस कार्यक्रममा कक्षा १२ र बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको विदाई तथा एमबिएसको पहिलो सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरुको...
संस्कृति पर्यटन तथा नागरि उड्यन मन्त्रालयले पर्यटन क्षेत्रमा करिब १५ खर्ब रुपैयाँ लगानी भएको जनाएको छ । कोरोनाको संक्रमण देखिन थालेपछि गरिएको अध्ययनको आधारमा पर्यटन क्षेत्रमा १५ खर्ब रुपैयाँभन्दा बढीको लगानी देखिएको जनाइएको छ ।...
विराटनगर । धनकुटा पाख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । वडा अध्यक्ष भोगेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बालबालिकालाई सहयोग सामग्री वितरण गरिएको हो ।जाडोमा लगाउने ट्राकसुट...
एजेन्सी, ३१ भदौ-विश्वभरी कोरोना भाइरस संक्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जनाएको छ । डब्लुएचओका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार ३ सय ८९ जना कोरोना...