महिला क्रिकेट प्रतियोगिता सुरु, विराटनगरका चार स्कुल विजयी

 न्यूज विराट
महिला क्रिकेट प्रतियोगिता सुरु, विराटनगरका चार स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा महेन्द्र, सरस्वती , आर्दश र आर्दश बालिका स्कुल विजयी भएको हो ।
नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा सुरु भएको खेलमा महेन्द्र स्कुलले आर्दश स्कुललाई ४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १० ओभरमा ५ विकेट गुमाई ६९ रनको योगफल बनाएको छ । जसमा भुमिका राजवंशीले सर्वाधिक १० रनको योगदान दिइन् । आर्दशकी निशा मण्डलले २ विकेट लिइन् । ७७० रनको विजयी लक्ष्य पाएको आर्दशले निर्धारित ओभरमा ३ विकेट गुमाई ६५ रन मात्र बनाउँन सक्यो । जस्मा करुण राजवंशीले सर्वाधिक ८ रनको योगदान दिइन् । महेन्द्रकी प्लेयर अफ द म्याच नेहा पासवानले २ विकेट लिइन् ।

दोस्रो खेलमा सरस्रवतीले मिल्स माविलाई ५२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १० ओभरमा ४ विकेट गुमाई १ सय ५ रन बनाएको छ । जस्मा पुर्णिमा राजवंशीले सर्वाधिक नटआउट २१ रन बनाइन् । मिल्सकी गौरी महराले २ विकेट लिइन् । १ सय ६ रनको विजयी लक्ष्य पाएको मिल्सले निर्धारित ओभरमा ५ विकेट गुमाई ५३ रनमा सिमित भयो । जस्मा सुमन चौधरीले सर्वाधिक १६ रनको योगदान दिइन् । सरस्वतीकी प्लेयर अफ द म्याच कृष्णा धामीले ३ विकेट लिइन् ।

तेस्रो खेलमा आर्दश बालिका स्कुलले सत्यनारायण स्कुललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ४ विकेट गुमाई १ सय ७ रन बनाएको छ । जस्मा सम्झना पासवानले सर्वाधिक १९ रनको योगदान दिइन् । बालिकाकी कञ्चन राँयले २ विकेट लिइन् । १ सय ८ रनको विजयी लक्ष्य पाएको बालिकाले १५ दशमलव २ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा प्लेयर अफ द म्याच सकुन्तला सहनलिे सर्वाधिक नटआउट ४७ रनको योगदान दिइन् । सत्यनारायणकी दिपिका साहले १ विकेट लिइन् ।

चौथो खेलमा सरस्वती स्कुलले आर्दश स्कललाई ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्दशले निर्धारित १२ ओभरमा ३ विकेट गुमाई ६९ रन बनाएको छ । सरस्वतीकी प्लेयर अफ द म्याच चाँदनी यादवले ३ विकेट लिइन् । ७० रनको विजयी लक्ष्य पाएको सरस्वतीले ८ दशमलव २ बलमा १ विकेट गुमाई सो वियी लइष् पार गरेको थियो । जस्मा प्ररणा साुवनले २१ रनको योगदान दिइन् । आर्दशकी अर्पणा राजवंशीले १ विकेट लिइन् ।
पाँचौ खेलमा आर्दश बालिका स्कुलले मिल्स स्क्ुललाई ८ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको मिल्सले निर्धारित १६ ओभरको खेलमा ११ दशमलव ३ बलमा सवै विकेट गुमाई ४७ रन बनाएको छ । जूमा दुर्गा मलाहले सवाीधक ६ रनको योगदान दिइन् । बालिकाकी प्लेयर अफ द म्याच रचना उराँवले ३ विकेट लिइन् । ४८ रनको विजयी लक्ष्य पाएको बालिकाले ५ दशमलव ३ बलमा २ विकेट गुमाई विजयी लक्ष्य पार गरेको थियो । जस्मा सकुन्तला सहनीले सर्वाधिक नटआउट १४ रनको योगदान दिइन् ।मिल्सकी मौसम राँयले १ विकेट लिइन् ।
छैटौ खेलमा सत्तनारायण स्कलले महेन्द्र स्कुललाई १५ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ७ विकेट गुमाई ९१ रन बनाएको छ । जस्मा कृतिका चौधरीले सर्वारिक १२ रनको योगदान दिइन् । महेन्द्रकी धनवत् िराँये २ विकेट लिइन् । ९२ रनको विजयी लक्ष्य पाएको महेन्द्रले निर्धारित ओभरमा ५ विकेट गुमाई ७६ रनमा सिमित भयो । जस्मा शिवानी खातुनले सर्वाधिक नटआउट २१ रनको योगदान दिइन् । सतयनारायणकी प्लेयर अफ द म्याच दिपिक साह र कृचिका चौधरीले २–२ विकेट लिइन् । २० गतेसम्म उक्त प्रतियोगितामा प्रतियोगिता विराटनगरका ६ वटा सामुदायिक विद्यालयहरूको सहभागि हुने नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

नेपालकै पहिलो तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

धु्रवसागर शर्मा/गलेश्वर, २० असोज (रासस) : म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी...

राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित

राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । बैठकमा गृहमन्त्री...

भिसा नभएका विदेशी कामदारलाई २ साताभित्र मलेसिया छाड्न आदेश, हजारौँ नेपाली प्रभावित

काठमाडौं, २६ वैशाख-मलेसिया सरकारले अवैध रुपमा लुकेर काम गर्दै आएका आप्रवासी कामदारलाई देश छाड्न अपिल गरेको छ । कडा प्रवन्धबीच औद्योगिक क्षेत्र र मलहरू खुला गरेको मलेसियामा संक्रमितहरूको बृद्धिदर अहिलेकै अवस्थामा रहे त्यसलाई नियन्त्रण गर्न...

सचिवालय भाँडिएपछि नेकपा स्थायी समिति अनिश्चित

काठमाडौं, २४ वैशाख-नेकपाभित्रको आन्तरिक विवाद मिलाएर स्थायी समिति बैठकका एजेण्डा तय गर्न बसेको नेकपा सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि भोलि वस्ने भनिएको स्थायी समिति बैठक स्थायी समिति अनिश्चित बनेको छ । बैठक वीचमै छाडेर अध्यक्ष...

‘प्रधानमन्त्री सत्ताको खेलमा, जनता कोरोनाको सन्त्रासमा’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले लकडाउनको समयमा पनि सरकारको कामप्रति भएको विरोध बुझ्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा ट्वीटरमा सरकारको काममा हजारौँले कालो झण्डा देखाएको हेर्न पनि प्रधानमन्त्री...

उपराष्ट्रपति पुनको कोरोना परीक्षण

काठमाडौं, ३० वैशाख-संघीय संसद्को छैठौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ । संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार कोभिड–१९ परीक्षणका लागि...

१० बुँदे मागसहित प्रेस सेन्टर नेपाल मोरङले बुझायो ज्ञापनपत्र

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङ शाखाले सञ्चारकर्मीहरूको हकहित तथा प्रेस स्वतन्त्रताको रक्षा गर्दै १० बुँदे मागसहितको ज्ञापनपत्र संघीय सरकारलाई बुझाएको छ। सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी...

आजदेखि संघीय संसद्को बजेट अधिवेशन

काठमाडौं, २६ वैशाख-संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक सुरू हुँदै छन् । कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरू अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्