इप्रका रामपुर ठोक्सीलाको सक्रियता बढ्यो, ठूलो परिमाणमा सुपाडीसहित तीन जना पक्राउ

 न्यूज विराट
इप्रका रामपुर ठोक्सीलाको सक्रियता बढ्यो, ठूलो परिमाणमा सुपाडीसहित तीन जना पक्राउ

विराटनगर । उदयपुर बेलका नगरपालिका ५ जहडा स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डबाट प्रहरीले ठूलो परिमाणमा सुपाडीसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाका प्रहरी निरीक्षक ऋषिराम ढकालको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीबार ठूलो परिमाणको सुपाडीसहित तीन जनलाई पक्राउ गरेको हो ।

इप्रका रामपुर ठोक्सीला र प्रहरी चौकी लालबजार उदयपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्र१–०१–००१ख ४१०३ नम्बरको मात्री भाग्यरेखा यात्रु बाहक बसमा कर छलीगरी अबैध रुपमा ल्याउदै गरेको काचो सुपाडी ५९ बोरामा अन्दाजी तीन हजार केजी बरामद गरेको उदयपुर प्रहरीले जनाएको छ ।

बरामद गरेको अवैध सुपाडीसहित भारत दार्जेलिङ जिल्ला खोरीवारी थाना पानीट्याङ्की बस्ने बर्ष ४४ का निलकान्त सिंह , सोही ठाउँका ४४ वर्षे दुलाल देही , बर्ष ६४ कासंजय राजवंशीलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सुपाडी बरामद भएको बस समेतलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई राखी आबश्यक अनुसन्धान पश्चात कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको उदयपुर प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाका प्रहरी निरीक्षक ऋषिराम ढकाल आएपछि फरार अभियुक्त, अवैध सामन र चोरी तस्करीमा संलग्न प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी कारवाहीको दायारमा ल्याउन सफल भएका छन् ।

सम्बन्धित समाचार

विराटनगर गोल्डकप फुटबल प्रतियोगिता भोलीदेखि सुरु हुँदै, उद्घाटन खेलमा भूटान र नेपाल पुलिस क्लब भिड्दै

विराटनगर । विराटनगरको गौरवका रुपमा हेरिँदै आएको विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । बिहीबार देखी  विराटनगरको शहिद मैदानमा विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । यस अघि समिति मार्फत हुँदै आएको...

काठमाडौं र भक्तपुरका कोरोना संक्रमितमा लक्षण देखिएको छैन : अस्पताल

काठमाडौं, ३१ वैशाख-काठमाडौं र भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका संक्रमितमा लक्षण नदेखिएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि टेकु अस्पतालको आइसोलेसनमा रहेका उनीहरूमा लक्षण नदेखिएको अस्पतालले जनाएको हो । ‘भक्तपुर र काठमाडौंमा भेटिएका...

लागुऔषध सहित १ जना पक्राउ

विराटनगर, ६ फागुन । मोरङ बेलबारी ११ का ४३ बर्षीय प्रकाश बस्नेत लागुऔषध सहित पक्राउ परेका छन् । आज दिउसो १ बजे बिराटनगर १६ स्थितबाट उनलाई लुपिजेसिक १४ एम्पुल, डाईजापाम १४ एम्पुल, एभिल १४ एम्पुल,...

१ अर्ब बढीको कारोबार गर्दै ‘विराट एक्स्पो २०७६’ सम्पन्न

विराटनगर, फागुन १०–विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ आजबाट समापन भएको छ । लक्ष्य अनुसारको एक अर्ब बढीको कारोबारगर्दै एक्स्पो सम्पन्न भएको हो । गत फागुन २ गतेदेखि सुरु भएको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रर्दशनी शनिवारबाट...

घरदैलोमा भोट माग्दै महेश आचार्यले भने, ‘विकास प्रेमी नेता अमनलाल मोदीलाई जिताऊँ’

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा नेपाली काङ्ग्रेसका नेता महेश आचार्य हिँडेका छन् । प्रतिनिधिसभाका उम्मेदवार मोदी, प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीको...

लिपुलेक/कालापानीबारे सरकार सजग छः परराष्ट्रमन्त्री ज्ञवाली

भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले २ मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक/कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ । भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले आज...

एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न सकिन्न : प्रचण्ड

काठमाडौं, १७ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् ।कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औँ स्मृति दिवसका अवसरमा आयोजिक कार्यक्रममा अध्यक्ष दाहालले...

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा ढकाल निर्वाचित

विराटनगर।, २० पुस-नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा झापा विर्तामोडका उद्योगी टिका ढकाल निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सोेमबार सम्पन्न तेस्रो साधरणसभाबाट अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित भएका हुन् । संघको जिल्ला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्