मकालु एभरेष्ट हस्पिटलमा विरामीका लागि सहज, घरमै पुगेर नमूना संकलन

 न्यूज विराट
मकालु एभरेष्ट हस्पिटलमा विरामीका लागि सहज, घरमै पुगेर नमूना संकलन

विराटनगर । विराटनगरस्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टिस्पेशलिटी हस्पिटल प्रा. लि. द्वारा संचालित मकालु एभरेष्ट हस्पिटलमा विरामीको सहजको लागि ‘होम कलेक्सन सेवा’ सुरू गरेको छ ।

कुनै पनि विरामीको ल्याबमा स्वास्थ्य परीक्षण गरिनु परे हस्पिटलले नमूना संकलन गर्ने टिम तयार पारेको छ । अस्पतालले तयार पारेको आठ जनाको टिमले कुनै पनि विरामीको घरमै गएर स्वास्थ्य परीक्षण गर्नुपरे अस्पतालले टिम तयारी अवस्थामा रहने हस्पिटलका अध्यक्ष गोविन्द गुइटेलले जानकारी दिए । ‘विरामीको सहजताको लागि हामीले होम कलेक्सन सेवा पनि सुरु गरिएको छ । कुनै पनि विरामीले आफ्नो स्वास्थ्य परीक्षण गर्न मन लागेर घरबाटै सेम्पल दिन्छु र स्वास्थ्य अवस्था कस्तो रहेछ भन्ने मन गर्नुभयो भने हामीले होम डेलिभरी सेवा पनि दिने गरिएको छ,’ उनले भने, ‘हामीले तयार पारेको स्वास्थ्यकर्मीहरुको टिमले विरामीको स्याम्पल कलेक्सन गर्छ र ल्याबमा परीक्षण गरेर स्याम्पलको रिपोर्ट वाटसप अथवा फोन गरेर जानकारी गराइन्छ । स्वास्थ्य अवस्थामा बारेमा पनि जानकारी गराइन्छ ।’

स्याम्पल कलेक्सन गरेर ल्याएपछि सबैखालको परीक्षण हुने हस्पिटलका ल्याब इन्चार्ज रन्जन कुमार साहले जानकारी दिए । होम डेलीभरी सेवा प्रदान गरिन हस्पिटलले ८ जना स्वास्थ्यकर्मी छन् ।

सम्बन्धित समाचार

इक्युवालिटि कप क्रिकेटको उपाधि मोरङलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ । बिहिबार भएको फाइनल खेलमा सप्तरीलाई ८...

न्यूरो अस्पतालमा प्रदेश १ का सञ्चारकर्मीलाई सहुलियतमा उपचार

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का पत्रकारहरूको उपचार निःशुल्क र विभिन्न सेवाहरुमा छुटसहितको स्वास्थ्य सेवाहरुमा सहुलियत दिएको छ । अस्पतालले पत्रकारको उपचारमा सहुलिए दिएपछि न्यूरो र...

पीसीआर मेसिनले दियो गलत रिपोर्ट, जनकपुर अस्पतालमा स्वाब परीक्षण स्थगित

जनकपुरधाम, १२ वैशाख-प्रादेशिक अस्पताल जनकपुरधाममा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको छ । स्वाब परीक्षण गर्ने मेसिनमाथि नै शंका उत्पन्न भएपछि पीसीआर परीक्षण कार्य स्थगित गरिएको हो । सर्लाहीका १४ वर्षीय किशोरमा पीसीआर चेकजाँच...

रोटरी भवनमा मानसिक स्वास्थ्य सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोटरी भवनमा मानसिक स्वास्थ्य समन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा प्रख्यात मनोचिकित्सक डा. राजन मिश्राले मानसिक स्वास्थ्यमा देखा पर्ने समस्या र समाधानका उपायबारे प्रकाश पारे...

काठमाडौं उपत्यकामा थपिए १४२० संक्रमित

काठमाडौं, २५ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा तीन जिल्लामा ६ सय ३ महिला र...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६० जना डिस्चार्ज, २१८ संक्रमित थपिए

विराटनगर, ४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ६० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५ लसय ४०, मेची अस्पतालबाट सात, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पाँच, कोसी अस्पताल कोभिड१९ उपचार...

प्रदेश १ मा था ३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

विराटनगर, बैशाख २७–नेपालमा थप सात जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ जना पुगेको छ । शुक्रबार अबेर गरिएको परीक्षणमा उदयपुर, कपिलवस्तु र पर्सामा थप सात जनामा कोरोना पुष्टि...

तलब नपाएपछि यूएईको एमपी होटलमा कार्यरत मजदुर आन्दोलित

काठमाडौं, जेठ ४-यूएईको एमपी स्टार होटलमा कार्यरत नेपाली कामदारहरू आन्दाेलित भएका छन् । उनीहरू कम्पनीले विगत २ महिनादेखि तलब नदिएपछि आन्दोलनमा उत्रिएका हुन् । उनीहरूका अनुसार होटलले विगत २ महिनादेखि तलब दिएको छैन । साे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्