दादुरा–रुबेलाको खोप अभियान, विराटनगरमा ५५ हजार बालवालिकालाई खोप लगाउने

 न्यूज विराट
दादुरा–रुबेलाको खोप अभियान, विराटनगरमा ५५ हजार बालवालिकालाई खोप लगाउने

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र यही फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ । अभियानभरीमा महानगरपालिका भित्र ५५ हजारलाई खोप लगाउने लक्ष्य रहेको छ ।

खोप अभियानका लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य महाशाखाका खोप अधिकृत दिलिपकुमार यादवले जानकारी दिए ।

स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरूलाई अभियानका विषयमा अभिमुखीकरण तालिमसमेत सञ्चालन गरिसकेको यादवले बताए । महानगरको १९ वटै वडामा एकैसाथ सञ्चालन हुने अभियानका लागि २ सय ३० वटा खोप केन्द्र रहने खोप अधिकृत अमरदीप देवले जानकारी दिए । ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई उक्त खोप दिइने छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय, स्वास्थ्य चौकी र बढी बालबालिका भएको टोलमा खोप केन्द्र रहनेछन् ।
खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित जना परिचालित हुनेछन् । महानगर क्षेत्रका ५५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको खोप अधिकृत देवले बताए । उनका अनुसार हालसम्म महानगरभित्र दादुरा–रुबेलाका बिरामी भेटिएका छैनन् । अन्य क्षेत्रमा भेटिएकाले लक्षित बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउन देवले आग्रह गरे ।

अभियान कम्तीमा एक हप्तासम्म सञ्चालन हुनेछ । त्यसपछि पनि छुटेका बालबालिकाहरुलाई स्वास्थ्य चौकीमा लगेर खोप लगाइने देवले बताए ।
कार्यक्रममा मेयर नागेश कोइरालाले जनप्रतिनिधि र स्वास्थ्य कर्मचारी लागेर मात्रै अभियान सफल नहुने भएकाले सहयोग गर्न सबैलाई आग्रह गरे । उनले समाजका सबै क्षेत्रका व्यक्तिको सामूहिक प्रयासले मात्रै खोप अभियान पूर्ण रुपमा सफल हुने बताए । “यो अभियानलाई सफल बनाउन जनप्रतिनिधि र कर्मचारी लागेर मात्रै हुँदैन,” उन भने, “यसमा पत्रकारसहित समाजका सबै व्यक्तिहरू लाग्नुपर्छ । विशेष गरी आफ्ना बालबालिकाहरूलाई खोप लगाउन सम्पूर्ण अभिभावकहरूलाई आग्रह पनि गर्दछु ।” सो अवसरमा वडाध्यक्षहरू तीर्थेन्द्र नेउपाने, कुमार पोखरेल, सन्तोष न्यौपोने, अर्जुन गिरी र जितेन्द्रकुमार साहले वडास्तरबाट पनि खोप अभियान सफल बनाउन व्यापक तयारी गरेको बताए ।
नेपाल सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग उन्मुलन गर्ने लक्ष्य राखेको छ । गत वर्ष विराटनगर महानगरपालिका भित्र ९५ प्रतिशत बालवालिकाहरुले खोप लगाएका थिए ।

सम्बन्धित समाचार

नवराजलाई मरणोपरान्त १ लाख राशिको सरकारी पुरस्कार

काठमाडौं, १५ असार-सरकारले नवराज विकलाई मरणोपरान्त पुरस्कृत गर्ने भएको छ । रूकुम-पश्चिम घटनामा मारिएका जाजरकोटका विकलाई सरकारले मरणोपरान्त भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत गर्ने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६...

हेर्दाहेर्दै नेपालमा फलफूलदेखि दूधसम्म किनेर खानुपर्ने अवस्था आयो : मन्त्री भुसाल

काठमाडौं, १३ असार-कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको बताएका छन् ।एसोसिएशन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्वारा राष्ट्रिय धान दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४०...

मंसिर २३ गतेसम्ममा जग्गा वर्गीकरण गरिसक्न मन्त्रालयको परिपत्र

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ भित्र देशभरका सबै स्थानीय तहभित्रका जग्गाहरूको वर्गीकरण गरिसक्न परिपत्र गरेको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै आगामी मंसिर सम्ममा कम्तिमा कृषि क्षेत्र र...

नेप्से घट्न रोकिएन, बुधबार पनि दोहोरो अंकको गिरावट

बुधबार पनि नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ । लगातार घटिरहेको नेप्सेमा बुधबार पनि निरन्तरता पाएको हो ।  नेप्से परिसूचक १६ दशमलव ९७ अंकले घटेर २८०१ दशमलव १३ अंकमा पुगेको हो । नेप्सेसँगै कारोबार...

नेपाली सीमा चौकीमा आक्रमणको प्रयासः भारतीय पक्षले माग्यो माफी

झापा, २४ वैशाख-झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मंगलबार माफी मागेको छ । झापा गाउँपालिका-४ सुकुम्वासी बस्तीमा १५० को संख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ...

पद चाहिने भए महाधिवेशन कुर्नुपर्छ : गोकुल बाँस्कोटा

नेकपाका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिने पार्टीको आउँदो महाधिवेशन कुर्न आग्रह गरेका छन् । उनले शुक्रबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१, सापिङस्थित रिट्ठेमा आज सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे भवनको उद्घाटनका क्रममा नेकपामा पदको...

सोमबारदेखि परेको अविरल वर्षाका कारण इटहरी डुबानमा

विराटनगर, २ कात्तिक । सोमबारदेखि परेको अविरल वर्षाका कारण इटहरी डुबानमा परेको छ । इटहरीस्थित बिभिन्न खोलाहरूमा आएको बाढीका कारण शहरदेखि भित्री गाउँसम्म डुबानमा परेको हो । वर्षाका कारण इटहरीका अधिकांश भूभागहरू जलमग्न बनेका छन्...

चन्द्रागिरिमा रामदेवले दिए योग प्रशिक्षण

योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका थिए । शुक्रबार साँझ त्यहाँ पुगेका उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्