कोशी अस्पतालमा बेथीति प्रकरण, आफु निकटको चिकित्सक नियुक्त गर्न खोलिएको विज्ञापन स्थगित

 न्यूज विराट
कोशी अस्पतालमा बेथीति प्रकरण, आफु निकटको चिकित्सक नियुक्त गर्न खोलिएको विज्ञापन स्थगित

विराटनगर । चौतर्फी विरोध भएपछि विराटनगरस्थित कोशी अस्पतालमा आफु निकटको चिकित्सक नियुक्त गर्न आव्हान गरिएको विज्ञापन स्थगित गरिएको छ ।

अस्पताल प्रशासनले बुधबार सूचना जारी गरि फागुन ११ गतेको लागि लिने भनिएको अन्तर्वार्ता अर्को सूचना नभएसम्मको लागि विज्ञापन स्थगित गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष डा.फरर्वड सिलवाल, मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झालगायतको स्वार्थ अनुसार अस्पताल एकपछि अर्को विवादमा फस्दै आएको छ । तीन जना मेडिकल अधिकृत नियुक्तको सूचना प्रकाशित गर्दा सम्बन्धित विभागीय प्रमुखलाई जानकारीसमेत दिइएको थिएन । अस्पताल प्रशासन र विकास समितिको मिलेमतोमा ३ जना मेडिकल अधिकृतलाई नियुक्ति दिने तयारीको साथ विज्ञापन आव्हान गरेको थियो । विकास समितिको निर्णयबिना नै अस्पतालले ३ महिने सेवा करारका लागि भनेर फागुन ४ गतेको मिति राखी ७ दिने सूचना वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । रिक्त दरबन्दीमा आठौं तहका चिकित्सक नियुक्त गर्ने भनेर दरखास्त आह्वान गरिए पनि आफूनिकटलाई भित्र्याउन व्यापक चलखेल भएको थियो ।

खुल्ला प्रतिस्पर्धाबिना अन्तरर्वार्ताको भरमा मात्रै चिकित्सक नियुक्तिका लागि सूचना जारी गरेर चलखेल गरेको विभिन्न संचार माध्यममा समचार र कोशी अस्पताल विकास समिति कर्मचारी यूनियन इकाइले विरोध जनाएपछि अस्पताले उक्त विज्ञापन स्थगित गरेको हो । ‘फागुन ११ गते हुने भनिएको विज्ञापन मेडिकल अधिकृत आठौ तहको अन्तर्वाता प्राविधिक कारणले गर्दा हाललाई स्थगित गरिएको व्यहरो अनुरोध छ । सो सम्बधन्मा अन्तवार्ता नयाँ मिति र समय अर्को सूचना प्रकाशिन गरी जानकारी गराइन्छ,’ मेसु चन्द्रभाल झाले हस्ताक्षर गरेको सूचनामा उल्लेखछ । अस्पतालले एमबीबीएस वा सो सरहको उपाधि प्राप्त गरेका फरेन्सिक विज्ञ, जनरल सर्जन र माइक्रोबायोलोजिस्टको माग गर्दै शंकास्पद एवं विवादास्पद हिसाबले दरखास्त आह्वान गरेको थियो । दरखास्त दिने व्यक्ति सम्बन्धित विषय (फरेन्सिक मेडिसिन, जनरल सर्जरी र माइक्रोबोयोलोजी तथा इन्फेक्सियन रोग)मा स्नातकोत्तर उपाधि प्राप्त गरी काउन्सिलमा दर्ता भइ अध्यावधिक भएको हुनुपर्ने सूचनामा उल्लेख छ । ‘आठौं तहका मेडिकल अधिकृतलाई अन्तरर्वार्ताका भरमा मात्रै नियुक्ति दिन खोजिनुले चलखेल प्रष्ट हुन्छ,’ एक चिकित्सक भन्छन्, ‘यसमा अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवाल, मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झालगायतको स्वार्थ जोडिएको छ ।’

तीन जना मेडिकल अधिकृत नियुक्त गर्न लाग्दा विभागीय प्रमुखलाई समेत थाहा दिएको थिएन । कर्मचारी यूनियनले अस्पतालले चलखेल गरी चिकित्सक नियुक्ति प्रक्रिया बिहीबार साझसम्म नसच्याए आन्दोलनमा उत्रिने पनि चेतवनी दिएका थिए । अस्पताल प्रशासनले निकिालको विज्ञापनको चौतर्फी रुपमा आलोचना भएपछि बाध्य भएर मेसु झा र अस्पताल विकास समिति अध्यक्ष सिलवाल बुधबार दिउँसो बैठक बसेर ११ फागुनको लागि लिने भनेको अन्र्तवार्ता स्थगित गरेको हो । अध्यक्ष सिलवालले अघिल्लो विकास समितिले नियुक्ति गरेको चिकित्सकको पनि अब छानविन गरिने बताए । ‘यसअघि विकास समितिले गरेको नियुक्ति प्रक्रियाको छानविन गरेर अब हामी अगाडी बढनेछौं,’ उनले भने, ‘त्यसपछि मापदण्ड पुरा भएकालाई हामी राख्नेछौं । पूरा नभएकोको करार थप हुनेछैन । त्यसपछि थप नियुक्तिको प्रक्रिया अगाडी बढनेछ ।’

सम्बन्धित समाचार

कञ्चनपुरका कोरोना संक्रमित पुरुषको तेस्रो रिर्पोट नेगेटिभ

सेती अस्पतालमा उपचारत कञ्चनपुरका कोरोना भाइरस संक्रमित पुरुषको रिर्पोट नेगेटिभ आएको छ ।कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो। सेती प्रादेशिक अस्पतालका अनुसार उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना...

मन्त्रिपरिषद बिस्तारको तयारी, प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच जुट्यो सहमति

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी अघि बढाउनु भएको छ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई आफ्नो सरकारमा सहभागी गराई मन्त्रिपरिषद बिस्तारको गृहकार्यमा प्रधानमन्त्री ओली जुटनुभएको हो । प्रधानमन्त्री ओलीले...

विरोध गर्दा खराब काम गरिएछ कि जस्तो पनि लाग्न छोड्यो : प्रधानमन्त्री ओली

काठमाडौं, २० साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रवृत्ति फेर्नु पर्ने बताएका छन् । कोभिड–१९ र रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारी सबैको साझा चुनाती भएकाले...

लिटिल कोशीको उपाधि ओसियन र उपासनालाई

विराटनगर । सातौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को उपाधि विराटनगरका ओसियन जंग थापा र धरानकी उपासना रामदामले जितेका छन् । विराटनगरमा सम्पन्न भएको उक्त प्रतियोगितामा मिस्टरतर्फ ओसियनले र मिसतर्फ उपासनाले उपाधि जितेकी हुन्...

इलाममा सवारी दुर्घटना एक जनाको मृत्यु

विराटनगर, १५ माघ । इलाम नगरपालिका–९ मा बुधवार दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । इलामबाट झापा तर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको...

अपडेट : आगलागीमा परी थप एक जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ...

प्रदेश १ मा थप ९ जनामा कोरोना पुष्टि

विराटनगर, जेठ ६–प्रदेश १ मा मंगलबार थप ९ जनामा कोरोना पुष्टि भएको छ । विराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापाको कचनकबल गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार सोही गाउँपालिकाका एक व्यक्तिमा...

सनसिटीका एकै परिवारका २ जनामा कोरोना देखिँदा १ जनामा भने दोस्रो पटक पनि नेगेटिभ

काठमाडौं, ३ वैशाख-काठमाडौंको पेप्सीकोला टाउनप्लालिङमा रहेको सनसिटी अपार्टमेन्टमा गरिएका र्‍यापिड टेस्टमा २९८ जनामा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा सनसिटीमा गरिएको र्‍यापिड टेस्टमा २९८ जनाको नेगेटिभ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्