तेली समाजको संगठन विस्तार, विराटनगरमा युवा कमिटि र बेलबारीमा समाज गठन
शनिबार, ०५ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । तेली समुदायका युवाहरुले तेली युवा कल्याण समाज मोरङ गठन गरेका छन् । विराटनगरमा शनिबार बसेको तेली युवाहरुको भेलाले समाज गठन गरेको हो ।
यसअघि तेली कल्याण समाज रहेको थियो । उक्त समाज अन्र्तगत रहने गरी युवा कमिटि पनि गठन गरेको हो । तेली युवा कल्याण समाज मोरङका अध्यक्षमा सिद्धार्थ साह रहेका छन् । साह लियो अन्तराष्ट्रिय ३२५ सि का पुर्व अध्यक्ष पनि हुन् । उनको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । समितिका उपाध्यक्षमा दिलिप कुमार साह र आशिष कुमार साह, सचिवमा नितेश कुमार साह रहेका छन् । कोषाध्यक्ष, सह–सचिव र एक जना महिला सदस्य पछि मनोनित गर्ने गरि सदस्यहरुमा कुन्दन साह, शुभम कुमार साह, शिवनारायण साह र आनन्द साह मनोनित भएका छन् । यसैगरी बेलबारी नगरपालिका भित्र पनि तेली कल्याण समाज गठन भएको छ । वेलवारीमा हाडवेयर व्यवसायी राजेश कुमार साहको अध्यक्षतामा १५ सदस्य समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा ईन्जिनियर सुजित कुमार साह, सचिवमा राधेश्याम साह, सह–सचिवमा कोशिला साह, कोषाध्यक्षमा राजेश साह छन् । सदस्यहरुमा प्रकाश साह, दिनेश साह, पवन साह, सत्यनारायण साह, शैलेन्द्र साह, गरिव साह, सञ्जय साह, सुरज साह, पर्ण प्रसाद साह र ईन्जिनियर सुजित साह छन् । तेली कल्याण समाज नेपालका मोरङ जिल्ला अध्यक्ष डा. बालकृष्ण साहको अध्यक्षतामा बसेको दुवै भेलामा जिल्ला सहसचिव सन्ताेष साह,जिल्ला काेषाध्यक्ष राेहित कुमार साह, सदस्यहरु गणेश साह, सत्रुधन साह, विराटनगर महानगरका अध्यक्ष सञ्जय कुमार साह, विराटनगर सचिव जगत लाल साहु, विराटनगर ८ का अध्यक्ष अलिपचन (सुरज) साह लगायत २५ जना युवाहरुको उपस्थिति रहेको थियो । बेलवारी वार्ड नम्बर ९ मा भएकाे भेलामा ५० जनाकाे उपस्थिति थियाे ।
नेपाल प्रहरीका ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिले ३२ एसपीको एकैपटक एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका...
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने र निबन्ध प्रतियोगिताको उत्कृष्ट २० जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको...
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरूले रकेट बनाउँदै ६ दिने विज्ञान सम्बन्धी कार्यशाला सकिएको छ । काठमाण्डौं बाहिर पहिलो पटक शिक्षादीप कलेजले विज्ञान सम्बन्धी यति ठूलो र भव्य कार्यशाला विराटनगरमा आयोजना गरेको थियो । उक्त...
सिन्धुली, २७ वैशाख-बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हुँदै काठमाडौं जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो । सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ...
विराटनगर । मोरङको बेलबारी नगरपालिका – ३ स्थित १५ शैय्याको कोशी प्रदेश प्रहरी अस्पताल रातारता सारेर सुनसरीको इनरुवामा लगिएको छ ।संचालनमा आएको ९ महिनापछि मंगलबार मध्य राती स्थानीय पालिकासँग कुनै समन्वय र सहकार्य नगरि प्रहरीले...
विराटनगर, ६ भदौ । जनता समाजवादी पार्टीबाट निर्वाचित भएका जहदा गाउँपालिका वडा नंः ४ का वडाअध्यक्ष जयनरथ गिरी सहित ७ सय ४५ जना नेपाल कम्यूनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । जहदा गाउँपालिका–२ स्थित...
विराटनगर । संञ्चार क्लब नेपाल उर्लाबारी मोरको अध्यक्षमा कुमार खड्का निर्वाचित भएका छन् । आज आएको मत परिमाण अनुसार खड्काले २१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । खड्का प्रतिस्पर्धी घनश्याम भण्डारीले १७ मत पाए...
काठमाडौं, १८ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दै नबसी स्थगित भएको छ ।बैठक नबसेपछि स्थायी समिति सदस्यहरु मन्त्रिपरिषद बैठकमा सहभागी हुन गएका छन् । बिहान ११ बजे बोलाइएको बैठकअघि प्रधानमन्त्री केपी...