गौतम बुद्ध स्कुलमा ‘फन फेस्टा’ र सांस्कृतिक कार्यक्रम

 न्यूज विराट
गौतम बुद्ध स्कुलमा ‘फन फेस्टा’ र सांस्कृतिक कार्यक्रम

विराटनगर। विराटनगरस्थित गौतम बुद्ध स्कुलले ‘फन फेस्टा’ र विज्ञान प्रर्दशनी कार्यक्रम आयोजना गरेको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी फन फेस्टा, सांस्कृतिक कार्यक्रम र विज्ञान प्रर्दशनी कार्यक्रम आयोजना गरेको हो ।
स्कुलमा अध्ययरत विद्यार्थीहरुले तयार पारेका सामाग्रीहरु फन फेस्टामा राखेका थिए । उनीहरुले स्कुलमा पढाइसँगै सिकेका ज्ञानका कुराहरु फन फेस्टामा राखेका हुन् ।
त्यसैगरी विद्यार्थीहरुले विज्ञान प्रर्दशनी पनि राखे । स्कुलमा अध्ययरत विद्यार्थीहरुले विज्ञानसँग सम्बन्धी विभिन्न बस्तुहरु प्रर्दशनीमा राखेका थिए । फन फेस्टामा खानाको परिकारको साथै पेन्टिङ्ग, चित्रकलाल र साँस्कृतिक कार्यक्रम पनि आयोजना गरे ।
सोही अवसरमा विद्यालयले जेहन्दार र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत पनि गरेको छ । कक्षा नर्सरीदेखि कक्षा १० सम्म प्रथम, द्धितीय र तृतीय हुने ५१ विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिएको स्कुलका प्रिन्सिपल केशवलाल सिंह सुवालले जानकारी दिए । प्रथम हुने विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ती, द्धितीलाई ५० प्रतिशत र तृतीय हुने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ती दिने गरिएको स्कुलले जनाएको छ । उक्त छात्रवृत्ती प्रत्येक वर्षको शैक्षिक शत्रमा दिने गरेको छ । छात्रवृत्ती पाउने विद्यार्थीहरुलाई स्कुलका भाइस प्रिन्सिपल निकिता तम्रकार, विद्यालयका शिक्षक र शिक्षीकाहरुले पुरस्कार प्रदान गरेका थिए ।
फन फेस्टाको उद्घाटन कोशी प्रदेशका सांसद अमृत आर्यालले गरे । उनले कार्यक्रममा बोल्दै संस्कार र सिपसहितको शिक्षा विद्यालयले दिनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिल केशवलाल सिंह सुवालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै संस्कारसहितको रोजगारमुखी शिक्षा दिएर अगाडी बढेको बताए ।
सोही अवसरमा विद्यार्थीहरुले नृत्य, गीत पनि प्रस्तुत गरी सहभागि भएका अभिभावक र अतिथिहरुलाई दिनभरी भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

डा. गोविन्द केसीको समर्थन गर्दै साझा पार्टीद्धारा विराटनगरमा प्रदर्शन

विराटनगर, २२ असोज-डा. गोविन्द केसीको मागप्रती ऐक्यवद्धता जनाउँदै साझा पार्टी विराटनगरले प्रदर्शन गरेको छ । साझा पार्टी विराटनगर महानगर कमिटीले बिहिबार विराटनगरमा डा. केसीको मागप्रति ऐक्यवद्धता जानाउँदै शान्तिपूर्ण प्रदर्शन गरेको हो । सो पार्टीले सरकारलाई...

दिव्य ज्योती अस्पतालमा ६ महिनामा २५ जनाको आँखाको नानीको सफल प्रत्यारोपण (भिडिओ)

विराटनगर । विराटनगर १४ मलाय रोडमा रहेको दिव्य ज्योती अस्पतालमा हालसम्म २५ जनाको आँखामा नानी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । ६ महिनाको अवधिमा नेपाल आँखा बैकबाट आँखाको नानी ल्याएर सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।१५...

युवती मृत अवस्थामा फेला

विराटनगर, चैत २०–ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ की १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी मृत अवस्थामा फेला परेकी छन् । चैत्र १८ गते बिहान घाँस काट्न भनी जंगल तर्फ गएकी युवती बेलुका सम्म पनी...

‘क्वालिटी’ आइसक्रिम पार्लर विराटनगरमा

विराटनगर । दुबईको प्रख्यात ‘क्वालिटी’ आइसक्रिम पार्लर अब विराटनगरमा पनि उपलब्ध भएको छ। ५० वर्षको लामो इतिहास बोकेको यो विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड पहिलोपटक कोशी प्रदेशमा विराटनगरको सेन्ट्रल मलमा सञ्चालनमा आएको हो।सन इन्टरनेशनल इनकर्पोरेटेड प्रालि...

लेखा परीक्षणमा विश्‍वसनियता आवश्‍यक : अर्थमन्त्री खतिवडा

काठमाडौं, २१ साउन-अर्थमन्त्री डा. युवराज खतिवडाले लेखा परीक्षणमा थप विश्‍वसनीयताको आवश्‍यक रहेको बताएका छन् । अडिटर्स एसोसिएसनको स्थापना दिवसका क्रममा आयजित कार्यक्रममा खतिवडाले लेखा मापदण्ड, रिपोर्टिङ प्रणाली र अन्तिम लेखापरीक्षणको विश्वसनीयतामा सरकारले ध्यान दिइरहेको बताए...

च्याम्पियन टिमले सुरु गर्दै ‘घरघरमा कमेडी’

काठमाडौं, ७ असार-कमेडी च्याम्पियन टिमले 'घरघरमा कमेडी' नामक रियालिटी शो सुरु गर्ने भएको छ । लकडाउनका कारण घरमा थुनिएर बसेका दर्शकलाई लक्षित गर्दै यस रियालिटी शो सुरु गर्न लागिएको निर्देशक विशाल भण्डारीले बताए । यस...

सामान्य अवस्थामा पनि राजस्वको लक्ष्य पूरा हुन सक्दैन : विनोद चौधरी

काठमाडौं, १८ जेठ-कांग्रेस सांसद तथा उद्योगी विनोद चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि अनुमान गरेको राजस्व सामान्य अवस्थामा पनि उठ्न नसक्ने दाबी गरेका छन् । आइतबार बजेटमाथिको छलफलमा चौधरीले चालू वर्षमा १० महिना पूर्ण रूपमा...

धनुषामा हावाहुरी र असिनासहित भीषण वर्षा

जनकपुर, १२ वैशाख-धनुषामा हावाहुरी र असिनासँगै भीषण वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । आधा किलोसम्मको असिनाले बालीनालीमा क्षति पुर्‍याएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरमा असिनाले सयौं घरको छाना प्वाल पारेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्