क्यान्सर पीडित साहको उपचारमा सहयोगको याचना, तेली समाजद्धारा ५१ ह्जार सहयोग

 न्यूज विराट
क्यान्सर पीडित साहको उपचारमा सहयोगको याचना, तेली समाजद्धारा ५१ ह्जार सहयोग

विराटनगर । बायाँ खुट्टमा क्यान्सर भएका एक जना क्यान्सर पीडित विरामीले उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । सुनसरीको दुहबी नगरपालिका – १० का २० वर्षीय नरेश कुमार साहका परिवारले उपचारको लागि सहयोगको याचना गरेका हुन् ।

साहको बाँया खुट्टाको घुडामा कन्यासर भएको छ । क्यान्सर भएपछि उनको उपचार भरतपुर क्यान्सर अस्पतालमा भइरहेको छ । उपचार गर्दा उनको परिवारको ८ लाख रुपैयाँ सकिएको छ । खुट्टाको शल्यक्रिया गर्न थप आठ लाख रुपैयाँ लाग्ने अस्पतालले बताएको छ । आर्थिक विपन्न परिवारका साह परिवारसँग भएको पैसाँ छोराको उपचारमा सकिएपछि थप उपचारको लागि आर्थिक अभाव भएको बावु विरेन्द्र कुमार साहले बताए । ‘छोराको उपचारमा ८ लाख रुपैयाँ सकियो । दुई कठ्ठा खेतीयोग्य जमिन बेचे । त्यसले नपुगेपछि आफन्त र छरछिमेकसँग ऋणपान गरेर आफुले भ्याएसम्म उपचार गरे । अब शल्यक्रिया गरिनुपर्ने चिकित्सकले सुझाब दिएका छन् । त्यसको लागि थप आठ लाख रुपैयाँ लाग्ने अस्पतालले भनेको छ,’ बावु विरेन्द्रले भने, ‘अहिलेसम्म ६ लाख रुपैयाँ सहयोग प्राप्त भयो । मनकारी व्यक्ति र संघसंस्थाहरुबाट सहयोग पनि जुटयो । अब दुई लाख रुपैयाँ जम्मा गर्न सकिए छोराको शल्यक्रिया हुने थियो ।’ थप दुई लाख रुपैयाँ अभावको कारणले अहिले छोराको उपचार हुन रोकिएको उनले सुनाए । छोराको सहयोगको लागि उनले अपिल गरेका छन् । उनको सम्र्पक नम्बर ९८११०३८०३४ रहेको छ । प्राइम बैंकको ०४२०१००००००३१२१०१६३७ खाता नम्बर रहेको छ ।

तेली समाजद्धारा ५१ ह्जार सहयोग
तेली कल्याण समाजले क्यान्सर पीडित नरेश कुमार साहलाई आर्थिक सहयोग गरेको छ । समाजले मंगलबार ५१ ह्जार रुपैयाँ नगद सहयोग गरेको हो । ५१ ह्जार मध्ये २१ ह्जार रुपैयाँ तेली कल्याण समाज विराटनगर १२ ले सहयोग गरेको थियो ।
नरेश कुमार साहका वावु विरेन्द्रलाई तेली कल्याण समाजका मोरङका अध्यक्ष डा. बालकृष्ण साह, कोषाध्यक्ष रोहित कुमार साह, विराटनगर महानगर अध्यक्ष सञ्जय साहको उपस्थिति आर्थिक सहयोग गरेका छन् ।
गत असारमा साहको खुट्टामा क्यान्सर भएको पत्ता लागेको थियो ।

सम्बन्धित समाचार

मोरङको ग्रामथानमा प्रथम रविदानन्द चौधरी स्मृति कप हुने, उद्घाटनमा आयोजक र युनाइटेड भिड्दै

विराटनगर । मोरङको ग्रामथानमा असोजको अन्तिम साताबाट प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।नेताचोक टाईगर क्लव ग्रामथानको आयोजनामा शिक्षासेवी रविदानन्द चौधरीको स्मृतिमा लिग कप नक आउट प्रतियोगिता असोज २९ गते...

आज १२ हजार ४४४ को परीक्षण गर्दा १ हजार ९११ कोरोना पुष्टि

काठमाडौं, १५ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

५ दिनसम्म मनाइने कान्तिभैरव जात्रा स्थगित

काठमाडौं, १० वैशाख-बन्दाबन्दीका कारण प्रत्येक वर्ष वैशाख कृष्ण चतुर्दशीको मध्यरातदेखि ५ दिनसम्म गोकर्णेश्वर नगर क्षेत्रमा मनाइने ऐतिहासिक कान्तिभैरव जात्रा स्थगन गरिएको छ । राजा मानदेवका पालादेखि हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा...

स्पाइनल कर्डमा भएको ८ सेन्टिमिटरको ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया, बालिकाले पाइन् नयाँ जिवन

विराटनगर । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल...

प्रदेश १ बाट मंगलबार ३४ जना कोरोना जितेर घर फर्किए

विराटनगर, जेठ २७–प्रदेश नं. १ बाट मंगलबार ३४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । विराटनगर स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट ६ र सुनसरीको धरानस्थ्ति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पतालबाट...

मोरङमा खुकुलो बनाउँदै असार १४ गतेसम्म निषेधाज्ञा थप

विराटनगर, ७ असार । मोरङमा जारी निषेधाज्ञा केही खुकुलो पार्दै एक साता लम्ब्याइएको छ । ८ गते राती १ बजेदेखि लागू हुने गरि असार १४ गते राति १ बजेसम्मका लागि थप गरिएको हो । यस...

प्रदेश १ मा मन्त्रालय फुटाउने निर्णय तत्काल फिर्ता लिन एमालेको माग

विराटनगर, १८ माघ । प्रदेश १ सरकारले मन्त्रालय फुटाउन गरेको निर्णय तत्काल फिर्ता लिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माग गरेको छ । एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालय फुटाएर...

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्