विराटनगर । पाँचौ कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ कास्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो ।
बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटले मोरङको बेलबारीमा सम्पन्न गरेको प्रतियोगितामा ११ वटा जिल्लालाई पछि पार्दै झापाले उपाधि हात पारेको छ । प्रतियोगितामा मोरङले ३ स्वर्ण, ३ कास्य र ७ रजत पदक जितेर द्धितीय भएको छ । सुनसरीले ३ स्वर्ण, ३ कास्य र ५ रजत पदक जितेर तृतीय भएको छ । प्रतियोगिता अन्र्तगत महिला ४०–४५ तौल समूहमा सुनसरीकी करुणा विष्ट प्रथम, आयोजक बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटकी बिलिसा माझी द्धितीय, तृतीय मोरङकी प्रिया माझी र पाँचथरकी चरितमा राई भएकी छिन् । यसैगरी ४६–५० तौल समूहको प्रथम सुनसरीकी एलिका बि.क., द्धितीय झापाकी नम्रता सिगु, तृतीय मोरङकी अनुस्का धिमाल र पाँचथरकी एलिसा सेलिङ्ग भइन् । यस्तै ५१–५५ तौल समूहको प्रथम सुनसरीकी बिट्नी राई, द्धितीय मोरङकी प्रिया राय र झापाकी रेसिका बराल भइन् । यस्तै ५६–६० तौल समूहको प्रथम भोजपुरकी सजिना तामाङ्ग, द्धितीय सुनसरीकी एलिजा राइ, आयोजक दिक्षा लिम्बु र पायल मगर तृतीय भइन् । यस्तै ६१–६५ तौल समूहको प्रथम झापाकी सेहना लिम्बु, द्धितीय आयोजक दिक्षा खड्का, तृतीय मोरङकी मनिषा भूर्तेल र इलामकी नैना खातुन भइन् । यस्तै ६६ प्लस तौल समूहको प्रथम आयोजक एलिजा राजवंशी, द्धितीय झापाकी सुष्मा आक्षमी भइन् ।
यसैगरी पुरुषको ४५–५० तौल समूहको प्रथम मोरङका प्रकाश शर्मा, द्धितीय झापाको सौरव श्रेष्ठ, तृतीय पाँचथरको मनिष राई र भोजपुरको दिपक राई भए । यस्तै ५१–५५ तौल समूहको प्रथम पाचथरको आलोक राई, द्धितीय सुनसरीको पियूष श्रेष्ठ, तृतीय झापाका सनम चौधरी र मोरङका आरकेस चौधरी भए । यसैगरी ५६–६० तौल समूहको प्रथम झापाका प्रितम धिमाल, द्धितीय इलामका दिपप्रसन राइ, तृतीय मोरङका कमल थापा र पाँचथरका सिमन सेलिङ्ग भए । यस्तै ६१–६५ केजी तौल समूहका प्रथम मोरङका लक्ष्मण राजवंशी, द्धितीय झापाका मनिष श्रेष्ठ, तृतीय आयोजक सोनुदेव पौदार र सुनसरीका आशिष मगर भए । ६६–७० तौल समूहको प्रथम मोरङका प्रथम कार्की, द्धितीय भोजपुरका सुन्दर गुरुङ्ग, तृतीय पाँचथरका सक्षम बराइली र सुनसरीका सुरज बराइली भए । यस्तै ७१ प्लस तौल समूहको प्रथम झापका अनोमल लिम्बु, द्धितीय आयोजक विकास ठाकुर, तृतीय मोरङका निशान्त भूजेल र धनकुटाका युनिक राई भए । दुई दिनसम्म भएको प्रतियोगितामा ११ जिल्लाका १६३ जना खेलाडीहरुको सहभागि भएको कार्यक्रम संयोजक धर्मेन्द्र लिम्बुले जानकारी दिए । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद मानबहादुर लिम्बुले तेक्वान्दो खेलको विकासमा लागि पर्ने बताए । बेलबारीमा खेलाडीहरुको अभ्यासको लागि कवड हल निमार्ण गरि खेलकुद क्षेत्रको विकासमा लागि पर्ने उनको भनाई छ । कार्यक्रममा बोल्दै नेपाल इन्टरनेश्नल तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कुमार कार्कीले राज्यले खेलकुद क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । ‘अहिले पनि राज्यले खेलकुद क्षेत्रमा प्रयायाप्त मात्रमा बजेट बिनायोजन नगरेको कारणले खेल क्षेत्र खच्किएको छ,’अध्यक्ष कार्कीले भने, ‘यस क्षेत्रको विकासको लागि तीन तहको सरकारले विशेष प्राथामिकतामा राख्नुपर्दछ । अनि मात्र खेलकुद क्षेत्रको विकास हुनेछ ।’ नेपाल खेलकुद महासंघका विराटनगर महानगरपालिका इन्चार्ज मनोज विक्रम शाहले आइटिएफ तेक्वान्दो खेललाई विकास गरेर अगाडी बढनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल आइटिएफका केन्द्रीय उपाध्यक्ष चर्तुलाल चौधरी, केन्द्रीय सदस्य तथा कोशी प्रदेशका संयोजक राजेन्द्र धिमाल, केन्द्रीय सदस्य विराटनगर ४ का वडाअध्यक्ष जितेन थापा, केन्द्रीय सदस्य नविन तामाङ्ग र प्रदेश सदस्य प्रलात राउतको उपस्थिती रहेको थियो ।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले तीन सदस्य मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार शपथ लिएसँगै मुख्यमन्त्री थापाले तीन सदस्य मन्त्रीमण्डल वितरण गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले बुधबार नै मन्त्री पदको शपथ लिएका छन्...
काठमाडौं, ३१ असार-बुधबार पनि देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार प्रदेश १, प्रदेश ५, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भने...
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) को १५ औँ वार्षिक उत्सवको अवसर पारेर विराटनगरमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रम निःशुल्क...
विराटनगर, चैत २६–विराटनगर महानगरपालिका–२ नं. वडा कार्यालयले दैनिक ज्यादादारी मजदुरी गर्ने अति विपन्न परिवारलाई राहत वितरण सुरु गरेको । सो वडाका ९ सय ३७ घरधुरीलाई वडा कार्यालय मार्फत राहत वितरण गर्न सुरु गरिएको हो ।...
विराटनगर, साउन २८-मोरङका थप १ जनाको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो...
विराटनगर । विराटनगर – ७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा अध्ययरत २० जना जेहन्दार छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरिएको छ ।स्वर्गीय श्रीमती सुमनदेवी गोयलको नाममा स्थापना भएको १४ लाखको छात्रवृत्ति कोषबाट बिहीबार स्कुल परिसरमा एक कार्यक्रमको बीच...
काठमाडौं, १२ असार-राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को बारेमा जानकारी दिने उद्देश्यले दैनिक ‘विपद् वुलेटिन’ सुरु गरेको छ। दिनभर कहाँकहाँ कस्ताकस्ता घटना भए, कहाँकहाँ जोखिम छ, वर्षा र बाढीको जोखिम कुन ठाउँमा छ...
विराटनगर । विराटनगरको गौरवका रुपमा हेरिँदै आएको विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । बिहीबार देखी विराटनगरको शहिद मैदानमा विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । यस अघि समिति मार्फत हुँदै आएको...